२०८२, ३ माघ शनिबार

काभ्रेका नवनिर्वाचित सासंदहरुले भने प्रदेश नम्बर ३ को राजधानी काभ्रे नै हो

काभ्रेका नवनिर्वाचित सासंदहरुले भने प्रदेश नम्बर ३ को राजधानी काभ्रे नै हो


धुलिखेल/काभ्रेपलाञ्चोक जिल्लाका नवनिर्वाचन सासंदहरुले एउटै मञ्चमा भेला काभ्रे जिल्लालाई प्रदेश नम्बर ३ को राजधानी बनाउन पहल भइरहेको बताएका छन् । उनीहरुले आर्थिक, सामाजिक र भौगोलिक रुपमा समेत काभ्रे जिल्ला उपयुक्त रहेको भन्दै प्रदेश राजधानीका लागि पहल भइरहेको बताएका हुन् ।

बैशाख ३१ मा सकिएको स्थानीय तहबाट निर्वाचित जनप्रतिनिधि र गएको मंसिर २१ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाबाट विजयी भएका सासंदलाई एउटै मञ्चमा भेला गराउने साइत भने नेपाल पत्रकार महासंघ काभ्रे शाखाले जुराएको थियो । आइतबार बनेपामा सम्पन्न शाखाको रजत जयन्ती महोत्सवमा प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ गंगा बहादुर दोङ (बमध्वज) यहि क्षेत्रको प्रदेश (१) रत्न ढकाल, प्रदेश (२) चन्द्र बहादुर लामा र निर्वाचन क्षेत्र नम्बर २ को प्रदेशसभा २ का सासंद लक्ष्मण लम्साल उपस्थिति भएका थिए ।

त्यस्तै जिल्लाको ६ नगरपालिका मध्ये पाँचखाल बाहेक मण्डनदेउपुर, धुलिखेल, पनौती, नमोबुद्ध र बनेपा नगरपालिकाका प्रमूख÷उपप्रमूख सहित बेथानचोक गाउँपालिका, महाभारत गाउँपालिकाका प्रमूख समेत उपस्थित भएका थिए ।

प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ का सासंद गंगा बहादुर दोङले चुनावअघि जनताको घर दैलोमा पुग्दा गरिएको बाचा कुनै पनि हालतमा पुरा गरेरै छाड्ने प्रतिबद्धता दोहोर्याए । उनले प्रदेश राजधानीका लागि पत्रकारिता क्षेत्रले समेत सघाउनु पर्नेमा जोड दिए ।

त्यस्तै प्रदेशसभा तर्फका सासंद ढकाल, लामा र लम्सालले पनि काभ्रेलाई प्रदेश राजधानी बनाउन पहल अघि बढिसकेको र आर्थिक समृद्धिको यात्रा सुरु गर्नेमा कुनै शंका नगर्न आग्रह गरेका थिए । शाखाले महासंघका संस्थापक, पूर्वअध्यक्ष लगायत महासंघलाई सहयोग गर्ने विभिन्न क्षेत्रका ब्यक्तिलाई सम्मान गरेको थियो । उनीहरुले स्थानीय निकायसँग मिलेर काम गर्ने र सबै पक्षलाई समेट्ने प्रतिबद्धता समेत ब्यक्त गरे ।

प्रकाशित मिति : २०७४, २ पुस आईतबार  ७ : १५ बजे

एमाले सचिवालय बैठक सुरु, प्रतिनिधिसभा उम्मेदवार टुंग्याउने तयारी

काठमाडौं । नेकपा (एमाले)को केन्द्रीय सचिवालय बैठक सुरु भएको छ।

कांग्रेसमा एकताको दबाबः देउवालाई ‘अभिभावक’ बनाउँदै नेतृत्व सुदृढीकरणको प्रयास

काठमाडौं । नेपाली कांग्रेसमा पार्टी एकता कायम राख्ने दबाब बढ्दै

भक्तपुरमा छोराद्वारा आमाको हत्या, अभियुक्त डिप्रेसनका बिरामी

भक्तपुर । भक्तपुरमा डिप्रेसनका बिरामी छोराले आफ्नै आमाको धारिलो हतियार

घ्याङलेख बैंक डकैतीमा संगठित गिरोह पर्दाफास, ७ पक्राउसहित २ करोड ६६ लाख रुपैयाँ बरामद

सिन्धुली । सिन्धुलीको घ्याङलेख गाउँपालिका-२ हायुटारस्थित नेपाल एसबिआई बैंक शाखामा

प्रतिनिधि सभा निर्वाचनका लागि एमाले उम्मेदवार टुंग्याउन सचिवालय बैठक आज

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका