२०८२, ९ माघ शुक्रबार

काभ्रेका नवनिर्वाचित सासंदहरुले भने प्रदेश नम्बर ३ को राजधानी काभ्रे नै हो

काभ्रेका नवनिर्वाचित सासंदहरुले भने प्रदेश नम्बर ३ को राजधानी काभ्रे नै हो


धुलिखेल/काभ्रेपलाञ्चोक जिल्लाका नवनिर्वाचन सासंदहरुले एउटै मञ्चमा भेला काभ्रे जिल्लालाई प्रदेश नम्बर ३ को राजधानी बनाउन पहल भइरहेको बताएका छन् । उनीहरुले आर्थिक, सामाजिक र भौगोलिक रुपमा समेत काभ्रे जिल्ला उपयुक्त रहेको भन्दै प्रदेश राजधानीका लागि पहल भइरहेको बताएका हुन् ।

बैशाख ३१ मा सकिएको स्थानीय तहबाट निर्वाचित जनप्रतिनिधि र गएको मंसिर २१ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाबाट विजयी भएका सासंदलाई एउटै मञ्चमा भेला गराउने साइत भने नेपाल पत्रकार महासंघ काभ्रे शाखाले जुराएको थियो । आइतबार बनेपामा सम्पन्न शाखाको रजत जयन्ती महोत्सवमा प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ गंगा बहादुर दोङ (बमध्वज) यहि क्षेत्रको प्रदेश (१) रत्न ढकाल, प्रदेश (२) चन्द्र बहादुर लामा र निर्वाचन क्षेत्र नम्बर २ को प्रदेशसभा २ का सासंद लक्ष्मण लम्साल उपस्थिति भएका थिए ।

त्यस्तै जिल्लाको ६ नगरपालिका मध्ये पाँचखाल बाहेक मण्डनदेउपुर, धुलिखेल, पनौती, नमोबुद्ध र बनेपा नगरपालिकाका प्रमूख÷उपप्रमूख सहित बेथानचोक गाउँपालिका, महाभारत गाउँपालिकाका प्रमूख समेत उपस्थित भएका थिए ।

प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ का सासंद गंगा बहादुर दोङले चुनावअघि जनताको घर दैलोमा पुग्दा गरिएको बाचा कुनै पनि हालतमा पुरा गरेरै छाड्ने प्रतिबद्धता दोहोर्याए । उनले प्रदेश राजधानीका लागि पत्रकारिता क्षेत्रले समेत सघाउनु पर्नेमा जोड दिए ।

त्यस्तै प्रदेशसभा तर्फका सासंद ढकाल, लामा र लम्सालले पनि काभ्रेलाई प्रदेश राजधानी बनाउन पहल अघि बढिसकेको र आर्थिक समृद्धिको यात्रा सुरु गर्नेमा कुनै शंका नगर्न आग्रह गरेका थिए । शाखाले महासंघका संस्थापक, पूर्वअध्यक्ष लगायत महासंघलाई सहयोग गर्ने विभिन्न क्षेत्रका ब्यक्तिलाई सम्मान गरेको थियो । उनीहरुले स्थानीय निकायसँग मिलेर काम गर्ने र सबै पक्षलाई समेट्ने प्रतिबद्धता समेत ब्यक्त गरे ।

प्रकाशित मिति : २०७४, २ पुस आईतबार  ७ : १५ बजे

बाबुराम भट्टराईले गोरखा-२ बाट उम्मेदवारी फिर्ता लिए

काठमाडौँ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले गोरखा निर्वाचन क्षेत्र नम्बर-२

रौतहटमा दुई मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

रौतहट । रौतहट जिल्लामा दुई वटा मोटरसाइकल आपसमा ठोक्किँदा दुई

संविधान, लोकतन्त्र र राष्ट्रिय स्वाधीनताको रक्षाका लागि निर्णायक संघर्ष : मनोजजंग थापा

सिन्धुली। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई मुलुकको अस्तित्व,

सभापति बनेपछि पहिलो पटक पार्टी मुख्यालय सानेपा जाँदै गगन थापा

काठमाडौं। नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापा नेतृत्वको

प्रचण्ड बिरुद्ध सिन्धुली नेकपामा विद्रोह, राजन विरुद्ध महेश्वर दाहालले दिए उम्मेदवारी

सिन्धुली नेकपामा बिद्रोह भएको छ । जिल्लाको शिफारिश बिपरित प्रचण्डले