२०८३, २८ असार सोमबार

काभ्रेमा ४६ जना उम्मदेवारको जमानत नै गुम्यो

काभ्रेमा ४६ जना उम्मदेवारको जमानत नै गुम्यो


धुलिखेल/ गएको मंसिर २१ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा काभ्रेपलाञ्चोक जिल्लाका ५२ जना उम्मेदवारको जमानत जफत भएको छ । दुई प्रतिनिधिसभा र चार प्रदेशसभामा गरी ४६ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा थिए । जिल्लामा नेपाली काँग्रेस, एमाले र माओवादी बाहेक अन्य दलका उम्मेदवारको धरौटी जफत भएको जिल्ला निर्वाचन अधिकारी मधुकर प्रसाद पौडेलले जानकारी दिए ।

प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ मा १५ उम्मेदवार रहेकामा १३ जनाको जमानत जफत भएको छ । प्रतिनिधिसभा तर्फ यो क्षेत्रमा १ लाख ३३ हजार ७७८ मतदाता रहेकोमा ९३ हजार ५७१ मत खसेको थियो । ८९ हजार ३४२ मत सदर भएकोमा ४ हजार २२९ मत बदर भएको छ ।

त्यस्तै यहि प्रतिनिधिसभाको प्रदेश १ मा ७ जना उम्मेदवार रहेकोमा ५ जना उम्मेदवारको जमानत जफत भएको छ । कुल मतदाता ६६ हजार २८५ रहेको यो प्रदेशमा ४५ हजार ०३१ मत खसेको थयो । ४३ हजार ८५९ मत सदर हुदाँ १ हजार १७२ मत बदर भएको जिल्ला निर्वाचन अधिकारी पौडेलले बताए । त्यसैगरी प्रदेश २ मा प्रतिस्पर्धामा रहेका १० जना उम्मेदवार मध्ये ८ जनाको जमानत जफत भएको छ । यो प्रदेशमा ६७ हजार ४९३ मतदाता थिए । ४८ हजार ५५७ मत खसेकोमा ४६ हजार ७५७ मत सदर भएको थियो । १ हजार ८ सय मत बदर भएको थियो ।

जिल्लाको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ मा ११ जना उम्मेद्वार थिए । तर ९ जनाको जमात जफत भएको छ । १ लाख ३८ हजार ५१४ मतदाता रहेकोमा १ लाख ७५४ मत खसेको थियो । ९३ हजार ७७६ मत सदर हुदाँ प्रतिनिधिसभा तर्फ ४ हजार १९८ मत बदर भएको थियो ।

यो प्रतिनिधिसभाको प्रदेशसभा १ मा ५ जना उम्मदेवारको जमानत जफत भएको छ । एमाले र काँग्रेस सहित ७ जना उम्मेदवार प्रतिस्पर्धामा थिए । ६७ हजार २०१ मतदाता रहेपनि मत भने ४६ हजार ६७१ मत खसेको थियो । ४५ हजार ३५० मत सदर हुदाँ १ हजार ३२१ मत बदर भएको थियो । त्यस्तै प्रदेश २ मा ८ जना उम्मदेवार प्रतिस्पर्धामा रहेकामा ६ जनाको जमानत जफत भएको छ । ७१ ह्जार ३१३ मतदाता रहेको यो प्रदेशमा ५४ हजार ८८ मत खसेको थियो । ५७ हजार ४८८ मत सदर भएको थियो भने १ हजार ६ सय मत बदर भएको छ ।

निर्वाचन कार्यालयमा प्रतिनिधिसभा तर्फ १० हजार र प्रदेशसभा तर्फ ५ हजार धरौटी राखेर उम्मेदवारहरु चुनावी प्रतिस्पर्धामा होमिएका थिए । महिला, दलित, अतिविपन्न वर्गका उम्मेदवारलाई भने उम्मेदवारी दर्तामा ५० प्रतिशत छुट रहेको जिल्ला निर्वाचन अधिकारी मधुकर प्रसाद पौडेलले बताए । “विजयी भएका र प्रतिद्धन्द्धि बाहेक अन्य सबै उम्मेदवारको जमानत जफत भएको छ, पौडेलले भने “प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन ऐन २०७४ मा ब्यवस्था भए अनुसार कुल सदर मतको १० प्रतिशत मत नल्याउने उम्मेदवारको जमानत जफत भएको हो ।” विजयी भएका र प्रतिद्धन्द्धि उम्मेदवारको भने धरौती छिट्टै फिर्ता गर्ने उनले बताए ।

जमानत जफत जोगाउन नसक्नेमा स्वतन्त्र सहित, विवेकशील साझा पार्टी, नेमकिपा, नयाँ शक्ति पार्टी, राजपा, नेपाल कम्युनिष्ट पार्टी(माले), संघीय समाजवादी फोरम, नेपाली जनता दल, देशभक्त जनगतान्त्रिक मोर्चा नेपाल लगायतका दल रहेका छन् ।

प्रकाशित मिति : २०७४, १ पुस शनिबार  २ : ४० बजे

अमेरिकी आक्रमणपछि इरानको कडा चेतावनी : सहयोग गर्ने खाडी राष्ट्र पनि निशानामा पर्ने

काठमाडौं । अमेरिकाले हालै इरानमाथि गरेको आक्रमणपछि इरानले खाडी क्षेत्रका

‘गौरव’को नाममा २७ आयोजना, उपलब्धि शून्यजस्तै ! योजना आयोगको निष्कर्ष-अब १० वटामै सीमित गरौं

काठमाडौं । वर्षौंसम्म बजेट खर्चिए पनि अधिकांश राष्ट्रिय गौरवका आयोजना

गणेश नेपाली मृत्यु प्रकरण : महानगर र नगर प्रहरीविरुद्ध ज्यानसम्बन्धी कसुरमा जाहेरी

काठमाडौं। आफ्नै शरीरमा पेट्रोल खन्याएर आगो लगाई ज्यान गुमाएका मुगुका

कर्रा खोलाको बाढीले ट्रक बगायो, चालकले पौडिएर जोगाए ज्यान

काठमाडौं । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१७ स्थित कर्रा खोलामा आएको बाढीले

अविरल वर्षापछि देशभरका राजमार्ग प्रभावित, बिपी र अरनिकोसहित धेरै सडक बन्द

काठमाडौं । लगातारको अविरल वर्षासँगै आएको बाढी र पहिरोका कारण