सुनसरी । सुनसरी क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसका बिजयकुमार गच्छदार ३२१ मतान्तरमा प्रतिनिधिसभा सदस्य विजयी भएका छन् । शुरुदेखि नै कायम रहेको एमालेकी भगवती चौधरीको अग्रता तोड्दै गच्छदारले ३८ हजार ९७२ मत प्राप्त गरी बिजयी भएका हुन ।
उनको निकटतम प्रतिस्पर्धीमा रहेकी एमालेकी भगवती चौधरीले ३८ हजार ६५१ मत प्राप्त गरेकी छन् । यसअघि २०७० को संविधानसभा निर्वाचनमा पनि चौधरी गच्छदारसँगै डेढ सय मतान्तरमा पराजित भएकी थिइन् । मतगणनामा आफूले अग्रता लिइरहँदा गच्छदारले प्रमुख जिल्ला अधिकारी र निर्वाचन अधिकृतसँग सेटिङ मिलाएर मुचुल्का बिनाका मतपत्र निकालेको भन्दै उजुरी दिएकी थिइन् । निर्वाचनकै विषयलाई लिएर चौधरीले अहिले ३ वजे पत्रकार सम्मेलनको आयोजना गरी अदालत जाने तयारी गरेकी छन् ।
उनले त्यसपछि मतगणनानै बहिस्कार समेत गरिन् ।
प्रतिक्रिया