२०८३, २८ असार सोमबार

दोलखामा समानुपातिकतर्फ पनि एमाले पहिलो बत्तीस उम्मेदवारको जमानत जफत

दोलखामा समानुपातिकतर्फ पनि एमाले पहिलो बत्तीस उम्मेदवारको जमानत जफत


काठमाडौ / दोलखाको समानुपातिकतर्फको मतगणना सम्पन्न भएको छ। मतगणनासँगै समानुपातिकतर्फ पनि एमाले नै पहिलो भएको छ। प्रतिनिधिसभा र प्रदेशसभा सदस्य प्रत्यक्षतर्फको भन्दा समानुपातिकतर्फमा एमाले–कांग्रेस मतान्तर आधाभन्दा बढीले घटेको छ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय चरिकोटले बताएअनुसार नेकपा ९एमाले०ले प्रतिनिधिसभाको समानुपातिकतर्फ ३८ हजार ४७ तथा प्रदेशसभातर्फ ३७ हजार ८३० प्राप्त गरेको छ भने नेकाले प्रतिनिधिसभाको समानुपातिकतर्फ २४ हजार ४७ तथा प्रदेशसभातर्फ २३ हजार तीन मत प्राप्त गरेको छ ।

त्यसैगरी नेकपा ९माओवादी केन्द्र०ले प्रतिनिधिसभाको समानुपातिकतर्फ १८ हजार ७०२ तथा प्रदेशसभातर्फ १९ हजार १११ प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत प्रकाशकुमार काफ्लेले जानकारी दिए। जम्मा प्रतिनिधिसभातर्फ ८० हजार ८९६ र प्रदेशसभातर्फ ७९ हजार ९४७ मतगणना भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय चरिकोटले जनाएको छ ।

प्रत्यक्षका लागि प्रतिनिधिसभा र दुई प्रदेशसभा रहेको दोलखामा ८७ हजार ४९८ मत झरेको थियो । जसमा प्रतिनिधिसभातर्फ नेकपा ९एमाले०का उम्मेदवार पार्वत गुरुङले ५५ हजार ९५४ मत ल्याएर विजयी भएका थिए भने उनका प्रतिस्पर्धी कांग्रेसका उम्मेदवार रुद्रबहादुर खड्काले २५ हजार ८०१ मत ल्याएका छन्। गुरुङ नेपाल अधिराज्यभर सबैभन्दा बढी मतान्तरले विजयी हुने उम्मेदवार भएका छन् ।

बत्तीस उम्मेदवारको जमानत जफत

प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि दोलखा जिल्लाबाट उम्मेदवार बनेका ३२ जना उम्मेदवारको जमानत जफत भएको छ ।

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन ऐन २०७४ अनुसार उम्मेदवार बनेका दोलखा जिल्लाका ३८ मध्ये ३२ जना उम्मेदवारले निर्वाचन ऐनअनुसारको मत ल्याउन नसक्दा जमानत जफत भएको हो । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७१ को उपदफा १ बमोजिम ३२ जना उम्मेदवारको जमानत जफत भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय चरिकोटले जनाएको छ ।

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७१ को उपदफा १ मा निर्वाचनमा मतदान गरिएको जम्मा सदर मतको १० प्रतिशतभन्दा कम सदर मत पाउने उम्मेदवारको धरौटी जफत हुनेछ भन्ने कानून रहेको छ ।

प्रकाशित मिति : २०७४, २६ मंसिर मंगलबार  ६ : ४२ बजे

अमेरिकी आक्रमणपछि इरानको कडा चेतावनी : सहयोग गर्ने खाडी राष्ट्र पनि निशानामा पर्ने

काठमाडौं । अमेरिकाले हालै इरानमाथि गरेको आक्रमणपछि इरानले खाडी क्षेत्रका

‘गौरव’को नाममा २७ आयोजना, उपलब्धि शून्यजस्तै ! योजना आयोगको निष्कर्ष-अब १० वटामै सीमित गरौं

काठमाडौं । वर्षौंसम्म बजेट खर्चिए पनि अधिकांश राष्ट्रिय गौरवका आयोजना

गणेश नेपाली मृत्यु प्रकरण : महानगर र नगर प्रहरीविरुद्ध ज्यानसम्बन्धी कसुरमा जाहेरी

काठमाडौं। आफ्नै शरीरमा पेट्रोल खन्याएर आगो लगाई ज्यान गुमाएका मुगुका

कर्रा खोलाको बाढीले ट्रक बगायो, चालकले पौडिएर जोगाए ज्यान

काठमाडौं । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१७ स्थित कर्रा खोलामा आएको बाढीले

अविरल वर्षापछि देशभरका राजमार्ग प्रभावित, बिपी र अरनिकोसहित धेरै सडक बन्द

काठमाडौं । लगातारको अविरल वर्षासँगै आएको बाढी र पहिरोका कारण