२०८३, ३१ भाद्र बिहीबार

काभ्रेको सबै सिटमा बाम गठबन्धनको सानदार जीत

काभ्रेको सबै सिटमा बाम गठबन्धनको सानदार जीत


काठमाण्डौँ/काभ्रेपलाञ्चोक जिल्लामा रहेको २ प्रतिनिधिसभा र ४ प्रदेशसभाको पुरै सिटमा बाम गठबन्धनका उम्मेदवार विजयी भएका छन् । प्रतिनिधिसभा क्षेत्र नम्बर १ मा बामगठबन्धनका तर्फबाट माओवादी केन्द्रका नेता गंगावहादुर दोङ (बम्ध्वज) ले निवर्तमान सांसद एवं नेपाली कांग्रेसका तिर्थ लामालाई पराजित गरेका छन् । बमध्वजले ४३ हजार ६ सय ३१ मत प्राप्त गरे भने उनका निकटतम् प्रतिद्धन्द्धी तिर्थ लामाले ३९ हजार ६ सय ५ मत प्राप्त गर्नुभयो ।

त्यस्तै प्रतिनिधिसभा क्षेत्र नम्बर १ को (क) मा माओवादी केन्द्रका रत्न ढकाल विजयी हुदाँ उनका प्रतिद्धन्द्धी सिबी लामाले पराजय ब्यहोरे । ढकालले २५ हजार १ सय ६ मत प्राप्त गरे । लामाले १७ हजार ८ सय ५५ मत प्राप्त गर्नुभयो । प्रतिनिधिसभा १ को (ख) मा २४ हजार ४ सय ४७ मत प्राप्त गरी नेकपा एमालेका चन्द्र लामा विजयी हुदाँ नेपाली काँग्रेसका गणेश लामाले पराजय ब्यहोरे । गणेशले २० हजार २ सय ७० मत पाएका छन् ।

त्यस्तै प्रतिनिधिसभा क्षेत्र नम्बर २ मा बाम गठबन्धनका साझा उम्मेदवार एमालेका गोकुल बाँस्कोटाले सानदार जीत हासिल गरे । बाँस्कोटाले ५४ हजार ४ सय २७ मत पाउँदा कांग्रेसका मधु आचार्यले ३६ हजार ५ सय ७९ मत पाएका थिए । आचार्यसंग बास्कोटाको मतान्तर १७ हजार ८ सय ४८ रहेको छ ।

त्यसैगरी क्षेत्र नम्बर २ को (क) मा एमालेका लक्ष्मण लम्साल विजयी भएका छन् । लम्सालले २७ हजार ६ सय २१ मत प्राप्त गरे । उनका प्रतिद्धन्द्धी नेपाली काँग्रेसका सुन्दरमणी आचार्यले १६ हजार ५ सय ८९ मत प्राप्त गर्नुभयो । क्षेत्र नम्बर २ को (ख) मा एमालेकै बसुन्धरा हुमागाईले विजयी हासिल गरे । उनले २८ हजार ६ सय ७३ मत ल्याई निवर्तमान सांसद तथा तत्कालिन उद्योग राज्य मन्त्री कञ्चनचन्द्र वादेलाई पराजित गरेका हुन् । वादेले २१ हजार ७ सय ५५ मत प्राप्त गरेका थिए ।

मंसिर २१ गते जनताले दिएको मतका आधारमा निर्वाचित सांसदहरुलाई सोमबार औपचारिक रुपमा मुख्य निर्वाचन अधिकृतको कार्यालयले प्रमाणपत्र वितरण गरेको थियो ।

प्रमाणपत्र थापेपछि बाम गठबन्धनले विशाल विजयी जुलुस तथा र्याली निकाले । सोमबार अपराह्न मत गणना स्थल धुलिखेलको शैक्षिक तालिम केन्द्रबाट सुरु भएको र्याली बनेपामा पुगेर कोणसभामा परिणत भएको थियो ।

हजारौँ नेता, कार्यकर्ता, शुभचिन्तकले धुलिखेल र बनेपा नगरका विभिन्न भाग परिक्रम गर्दै परिणत भएको कोणसभामा बोल्दै उम्मेदवारहरुले मतदातालाई धन्यवाद दिदैँ चुनाव प्रचारप्रसारका बेला ब्यक्त गरेका प्रतिबद्धता पुरा गरेरै छाड्ने बताएका छन् । उनीहरुले एकै स्वरमा काभ्रेलाई प्रदेश नम्बर ३ को राजधानी बनाउन पहल गर्ने उद्घोष समेत गरे ।

प्रकाशित मिति : २०७४, २५ मंसिर सोमबार  ९ : ०७ बजे

औपचारिक रूपमा नेपाल न्यूज बैंकको प्रमुख सम्पादन सल्लाहकारमा आबद्ध भए धर्मेन्द्र झा

काठमाडौं । वरिष्ठ पत्रकार तथा साहित्यकार धर्मेन्द्र झा ‘धर्मेन्द्र विह्वल’

एमालेले देशभर संविधान दिवस मनाउने, रचनात्मक कार्यक्रम गर्न महासचिवको निर्देशन

काठमाडौं । नेकपा एमालेले आगामी असोज ३ गते संविधान दिवस देशभर

बागमती प्रदेश सरकारले ल्यायो ‘हेलो सिएम’ सेवा, अब सोझै मुख्यमन्त्रीलाई समस्या राख्न सकिने 

काठमाडौं । बागमती प्रदेश सरकारको ‘हेलो सिएम’ सेवामार्फत  अब प्रदेश

एनसेलको २१ वर्ष : नेपालको सञ्चार क्षेत्रमा परिवर्तनको महत्वपूर्ण यात्रा

२१ वर्षमा एनसेल : मेरो मोबाइलबाट हातहातमा पुगेको दूरसञ्चार सेवा

भृकुटीमण्डपमा घरजग्गा मेला सुरु, विपद् प्रतिरोधी आवासमा विज्ञहरूको बहस

काठमाडौँ । राजधानीको भृकुटीमण्डपमा आजदेखि नवौँ नेपाल जग्गा तथा आवास एवं निर्माण