२०८२, २३ मंसिर मंगलबार

काभ्रेको सबै सिटमा बाम गठबन्धनको सानदार जीत

काभ्रेको सबै सिटमा बाम गठबन्धनको सानदार जीत


काठमाण्डौँ/काभ्रेपलाञ्चोक जिल्लामा रहेको २ प्रतिनिधिसभा र ४ प्रदेशसभाको पुरै सिटमा बाम गठबन्धनका उम्मेदवार विजयी भएका छन् । प्रतिनिधिसभा क्षेत्र नम्बर १ मा बामगठबन्धनका तर्फबाट माओवादी केन्द्रका नेता गंगावहादुर दोङ (बम्ध्वज) ले निवर्तमान सांसद एवं नेपाली कांग्रेसका तिर्थ लामालाई पराजित गरेका छन् । बमध्वजले ४३ हजार ६ सय ३१ मत प्राप्त गरे भने उनका निकटतम् प्रतिद्धन्द्धी तिर्थ लामाले ३९ हजार ६ सय ५ मत प्राप्त गर्नुभयो ।

त्यस्तै प्रतिनिधिसभा क्षेत्र नम्बर १ को (क) मा माओवादी केन्द्रका रत्न ढकाल विजयी हुदाँ उनका प्रतिद्धन्द्धी सिबी लामाले पराजय ब्यहोरे । ढकालले २५ हजार १ सय ६ मत प्राप्त गरे । लामाले १७ हजार ८ सय ५५ मत प्राप्त गर्नुभयो । प्रतिनिधिसभा १ को (ख) मा २४ हजार ४ सय ४७ मत प्राप्त गरी नेकपा एमालेका चन्द्र लामा विजयी हुदाँ नेपाली काँग्रेसका गणेश लामाले पराजय ब्यहोरे । गणेशले २० हजार २ सय ७० मत पाएका छन् ।

त्यस्तै प्रतिनिधिसभा क्षेत्र नम्बर २ मा बाम गठबन्धनका साझा उम्मेदवार एमालेका गोकुल बाँस्कोटाले सानदार जीत हासिल गरे । बाँस्कोटाले ५४ हजार ४ सय २७ मत पाउँदा कांग्रेसका मधु आचार्यले ३६ हजार ५ सय ७९ मत पाएका थिए । आचार्यसंग बास्कोटाको मतान्तर १७ हजार ८ सय ४८ रहेको छ ।

त्यसैगरी क्षेत्र नम्बर २ को (क) मा एमालेका लक्ष्मण लम्साल विजयी भएका छन् । लम्सालले २७ हजार ६ सय २१ मत प्राप्त गरे । उनका प्रतिद्धन्द्धी नेपाली काँग्रेसका सुन्दरमणी आचार्यले १६ हजार ५ सय ८९ मत प्राप्त गर्नुभयो । क्षेत्र नम्बर २ को (ख) मा एमालेकै बसुन्धरा हुमागाईले विजयी हासिल गरे । उनले २८ हजार ६ सय ७३ मत ल्याई निवर्तमान सांसद तथा तत्कालिन उद्योग राज्य मन्त्री कञ्चनचन्द्र वादेलाई पराजित गरेका हुन् । वादेले २१ हजार ७ सय ५५ मत प्राप्त गरेका थिए ।

मंसिर २१ गते जनताले दिएको मतका आधारमा निर्वाचित सांसदहरुलाई सोमबार औपचारिक रुपमा मुख्य निर्वाचन अधिकृतको कार्यालयले प्रमाणपत्र वितरण गरेको थियो ।

प्रमाणपत्र थापेपछि बाम गठबन्धनले विशाल विजयी जुलुस तथा र्याली निकाले । सोमबार अपराह्न मत गणना स्थल धुलिखेलको शैक्षिक तालिम केन्द्रबाट सुरु भएको र्याली बनेपामा पुगेर कोणसभामा परिणत भएको थियो ।

हजारौँ नेता, कार्यकर्ता, शुभचिन्तकले धुलिखेल र बनेपा नगरका विभिन्न भाग परिक्रम गर्दै परिणत भएको कोणसभामा बोल्दै उम्मेदवारहरुले मतदातालाई धन्यवाद दिदैँ चुनाव प्रचारप्रसारका बेला ब्यक्त गरेका प्रतिबद्धता पुरा गरेरै छाड्ने बताएका छन् । उनीहरुले एकै स्वरमा काभ्रेलाई प्रदेश नम्बर ३ को राजधानी बनाउन पहल गर्ने उद्घोष समेत गरे ।

प्रकाशित मिति : २०७४, २५ मंसिर सोमबार  ९ : ०७ बजे

चार महिनाका छोराको हत्या गरी फरार नेपाल प्रहरीका असई पक्राउ

काठमाडौं । आफ्नै चार महिनाका छोराको हत्या गरेको आरोपमा प्रहरीले

वीरगञ्जमा नयाँ तरकारी-फलफूल थोकबजार सञ्चालन

वीरगञ्ज। वीरगञ्ज महानगरले रेल्वेसडकस्थित छपकैयाँमा निर्माण गरेको तरकारी तथा फलफूल

नागढुङ्गा-नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने

काठमाडौँ। सडक निर्माणको गति बढाउन सरकारले नागढुङ्गा–नौबिसे मलेखु सडकखण्ड आंशिक

११४ दललाई निर्वाचन चिन्ह प्रदानः एमालेको ‘सूर्य’ पहिलो, जलोपाको ‘भैँसी’ अन्तिम

काठमाडौँ। निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका

दाङको लमहीमा होटल सञ्चालक मृत भेटिए

दाङ। दाङ देउखुरीको लमहीमा एक होटल सञ्चालक मृत अवस्थामा फेला