२०८२, २ श्रावण शुक्रबार

काभ्रे क्षेत्र नम्बर १ मा बामगठबन्धनको क्लिनस्वीप

काभ्रे क्षेत्र नम्बर १ मा बामगठबन्धनको क्लिनस्वीप


काठमाण्डौ/ काभ्रेको प्रतिनिधिसभा क्षेत्र नम्बर १ र दुई वटा प्रदेशसभा सदस्यमा बामगठबन्धनले विजयी हासिल गरेका छन् । प्रतिनिधिसभा तर्फ बाम गठबन्धनका साझा उम्मेदवार माओवादी केन्द्रका गंगा बहादुर दोङे बमध्वजले ४३ हजार ६३१ मत ल्याएर विजयी भए । मध्यरातमा सार्वजनिक अन्तिम परिणाम अनुसार बमध्वजका प्रतिद्धन्द्धी नेपाली काँग्रेसका तीर्थ लामाले ३९ हजार ६०५ मत पाएका छन् । बमध्वज र तीर्थ बीचको मतान्तर ४ हजार २६ रहेको छ ।

 

यहि प्रतिनिधिसभा क्षेत्र नम्बर १ को प्रदेश क मा बाम गठबन्धनका उम्मेदवार रत्न ढकाल भारी मतका साथ विजयी भएका छन् । ढकालले २५ हजार १०६ मत ल्याएका छन् भने उनका निकटतम प्रतिद्धन्द्धी नेपाली काँग्रेसका उम्मेदवार सिबी लामाले १७ हजार ८५५ मत ल्याएका थिए । ढकाल र लामाको मतअन्तर ७ हजार २५१ रहेको छ ।

त्यस्तै सोहि निर्वाचन क्षेत्रको प्रदेश ख मा बाम गठबन्धनका उम्मेदवार चन्द्र लामा विजयी भएका छन् । चन्द्रले २४ हजार ४४७ मत ल्याएका छन् भने नेपाली काँग्रेसका उम्मेदवार गणेश लामाले २० हजार २७० मत पाए । चन्द्र र गणेश लामा बीचको मतान्तर ४ हजार १७७ रहेको छ ।

प्रकाशित मिति : २०७४, २४ मंसिर आईतबार  ११ : २५ बजे

आजको तरकारी र फलफूलको मूल्य कति ?

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज

श्रमिकको न्यूनतम तलब बढेर १९ हजार पाँच सय ५० पुग्यो

काठमाडौं । सरकारले श्रमिकको न्यूनतम तलब बढाएको छ । श्रमिकको

एमालेमा वरिष्ठ उपाध्यक्ष खारेज गर्दै ११ सदस्यीय पदाधिकारी र १९९ सदस्यीय केन्द्रीय समिति हुने

काठमाडौं । सत्तारुढ नेकपा एमालेले सचिवालयमा गरमागरम बहश भएको छ ।

काठमाडौँमा डेङ्गीको जोखिम बढ्यो, सचेत रहन आग्रह

काठमाडौं । नियमित पानी परेकाले डेङ्गी सङ्क्रमणको जोखिम बढेको भन्दै