२०८३, २९ आश्विन शुक्रबार

अशोक राईको लज्जास्पद पराजय

अशोक राईको लज्जास्पद पराजय


सुनसरी/संघीय समाजवादी फोरमका बरिष्ठ नेता अशोक राईले लज्जास्पद हार ब्यहोरेका छन् । नेपाली काँग्रेसको समर्थनमा उम्मेदवार बनेका राई सुनसरी क्षेत्र नम्बर १ मा लज्जास्पद पराजय भोगेका हुन् ।

राईलाई एमालेका जयकुमार राईसँग दोब्बर मतान्तरमा पराजित गरे । एमालेका जयकुमार राई ४४ हजार ५२८ मत सहित बिजयी हुदाँ अशोक राईले २२ हजार १२३ मात्रै मत प्राप्त गरे । एमालेको उपाध्यक्ष पद छाडेर जातीय पहिचानको लागि संघीय समाजवादी पार्टी खोलेका अशोक राई २०७० मा समानुपातिकबाट सांसद बनेका थिए ।

उपेन्द्र यादवको मधेशी जनअधिकार फोरमसँग एकता गरेर बरिष्ठ नेता बनेका राईको पराजयसँगै पहाडबाट फोरमले कुनै पनि क्षेत्रमा चुनाव जित्ने सम्भावना सकिएको छ । कांग्रेसकै समर्थनमा भोजपुर ‘क’ बाट प्रदेशसभा उम्मेदवार बनेका फोरमका उपमहासचिव अजम्बर काङवाङ पनि एमालेका राजेन्द्र राईसँग पराजित भइसकेका छन् ।

प्रकाशित मिति : २०७४, २४ मंसिर आईतबार  ९ : ५९ बजे

गगनको टिममा नयाँ अनुहार, कांग्रेस रूपान्तरणको चुनौती

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगनकुमार थापा सभापतिमा निर्वाचित

राजनीतिक उपलब्धि जोगाउन सबै शक्ति एक हुनुपर्छ : प्रचण्ड

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकको

आफूअनुकूल सरकार बनाउने प्रवृत्तिको छानबिन हुनुपर्छ : ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लोकतान्त्रिक प्रक्रियाबाहिरबाट

कांग्रेसको दलित सहमहामन्त्रीमा स्नेहीको फराकिलो जित

काठमाडौं । नेपाली कांग्रेसको दलित क्लस्टरतर्फको सहमहामन्त्रीमा प्रकाश रसाइली ‘स्नेही’