२०८३, १ कार्तिक आईतबार

सिन्धुपाल्चोकमा ४ जना नै बाम गठबन्धनका उम्मेदवार अग्रस्थानमा

सिन्धुपाल्चोकमा ४ जना नै बाम गठबन्धनका उम्मेदवार अग्रस्थानमा


काठमाण्डौ/सिन्धुपाल्चोकको प्रतिनिधिसभा क्षेत्र नम्बर २ का प्रदेशसभामा निकै परेका बाम गठबन्धनका उम्मेदवारहरु मतान्तर घटाउँदै अघि बढेका छन् । दिनभर जसो नै लोकतान्त्रिक गठबन्धनका उम्मेदवारहरुले नेतृत्व गरिरहेको प्रदेश (क) बाम गठबन्धनका युवाराज दुलालले ६ हजार ८ सय ५१ मत प्राप्त गरेका छन् । उनका प्रतिद्धन्द्धि विकास तामाङले ५ हजार ८५१ मत प्राप्त गरेका छन् ।

त्यस्तै प्रदेश ख मा बाम गठबन्धनका दावा तामाङले लोकतान्त्रिक गठबन्धनका निमा ह्योल्मोसँगको मतान्तर घटाउँदै गइरहेका छन् । तामाङले ६ हजार १४५ मत ल्याएका छन् भने ह्योल्मोले ६ हजार ९६० मत प्राप्त गरेका छन् ।

उता सिन्धुपाल्चोककै प्रतिनिधिसभा क्षेत्र नम्बर १ को प्रदेशसभामा बाम गठबन्धनले सुरुवाती अग्रतालाई अहिले पनि कायमै राखेका छन् । प्रदेश (क) मा अरुण नेपालले आफ्नो प्रतिद्धन्द्धीसँगको मतान्तर निकै पराकिलो बनाएका छन् । अरुणको ७ हजार १८७ रहेको छ भने उनका प्रतिद्धन्द्धि विष्णु खत्रीले ४ हजार ७४४ मत प्राप्त गरेका छन् ।

प्रदेश (ख) मा बाम गठबन्धनका सरेश नेपालले आफ्नो प्रतिद्धन्द्धिसँग दोब्बर मतान्तरका साथ अग्रस्थानलाई छाडेका छैनन । सरेशले ८ हजार ४२ मत प्राप्त गर्दा उनका प्रतिद्धन्द्धि राजेन्द्र श्रेष्ठले ४ हजा ५५९ मत प्राप्त गरेका छन् । प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ का यी प्रदेशमा अरुण र सरेशले मतगणना सुरु भएदेखि नै आफ्नै नेतृत्व गरिरहेका छन् । सिन्धुपाल्चोकमा प्रतिनिधिसभाको दुई वटै क्षेत्रमा बाम गठबन्धन विजयी भइसकेका छन् ।

प्रकाशित मिति : २०७४, २३ मंसिर शनिबार  ८ : ४१ बजे

कस्तो रहनेछ आजको मौसम ?

काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ

फूलपाती भित्र्याउने तरिका फरक होला तर विधि समान हुन्छ : डा.नारायण प्रसाद निरौला

काठमाडौं । बडादशैंको सातौँ दिन आश्विन शुक्ल सप्तमीका दिन देशभर

सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह

काठमाडौं । कुनै समय नेपाल आउने अधिकांश पर्यटक काठमाडौंका ऐतिहासिक

घुन्सा हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएकाहरूको सम्झनामा निर्मित अर्धसालिक

विसं २०६३ असोज ७ गते ताप्लेजुङको घुन्सामा भएको हेलिकप्टर दुर्घटनामा

चिनियाँ लगानीको मासु प्रशोधन उद्योगमा कमाउ धन्दा, उद्योग प्रशासक शर्माकै मिलेमतो !

सिन्धुली । निर्माणाधिन सिन्धुलीको मासु प्रशोधन उद्योगमा अबैध रुपमा काममा