२०८३, ८ कार्तिक आईतबार

सिन्धुपाल्चोकमा ४ जना नै बाम गठबन्धनका उम्मेदवार अग्रस्थानमा

सिन्धुपाल्चोकमा ४ जना नै बाम गठबन्धनका उम्मेदवार अग्रस्थानमा


काठमाण्डौ/सिन्धुपाल्चोकको प्रतिनिधिसभा क्षेत्र नम्बर २ का प्रदेशसभामा निकै परेका बाम गठबन्धनका उम्मेदवारहरु मतान्तर घटाउँदै अघि बढेका छन् । दिनभर जसो नै लोकतान्त्रिक गठबन्धनका उम्मेदवारहरुले नेतृत्व गरिरहेको प्रदेश (क) बाम गठबन्धनका युवाराज दुलालले ६ हजार ८ सय ५१ मत प्राप्त गरेका छन् । उनका प्रतिद्धन्द्धि विकास तामाङले ५ हजार ८५१ मत प्राप्त गरेका छन् ।

त्यस्तै प्रदेश ख मा बाम गठबन्धनका दावा तामाङले लोकतान्त्रिक गठबन्धनका निमा ह्योल्मोसँगको मतान्तर घटाउँदै गइरहेका छन् । तामाङले ६ हजार १४५ मत ल्याएका छन् भने ह्योल्मोले ६ हजार ९६० मत प्राप्त गरेका छन् ।

उता सिन्धुपाल्चोककै प्रतिनिधिसभा क्षेत्र नम्बर १ को प्रदेशसभामा बाम गठबन्धनले सुरुवाती अग्रतालाई अहिले पनि कायमै राखेका छन् । प्रदेश (क) मा अरुण नेपालले आफ्नो प्रतिद्धन्द्धीसँगको मतान्तर निकै पराकिलो बनाएका छन् । अरुणको ७ हजार १८७ रहेको छ भने उनका प्रतिद्धन्द्धि विष्णु खत्रीले ४ हजार ७४४ मत प्राप्त गरेका छन् ।

प्रदेश (ख) मा बाम गठबन्धनका सरेश नेपालले आफ्नो प्रतिद्धन्द्धिसँग दोब्बर मतान्तरका साथ अग्रस्थानलाई छाडेका छैनन । सरेशले ८ हजार ४२ मत प्राप्त गर्दा उनका प्रतिद्धन्द्धि राजेन्द्र श्रेष्ठले ४ हजा ५५९ मत प्राप्त गरेका छन् । प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ का यी प्रदेशमा अरुण र सरेशले मतगणना सुरु भएदेखि नै आफ्नै नेतृत्व गरिरहेका छन् । सिन्धुपाल्चोकमा प्रतिनिधिसभाको दुई वटै क्षेत्रमा बाम गठबन्धन विजयी भइसकेका छन् ।

प्रकाशित मिति : २०७४, २३ मंसिर शनिबार  ८ : ४१ बजे

उत्तर कोरियाली नेता किम जोङ चीनको डानडोङमा

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उन चीन र

फ्रान्समा चर्किदै आन्दोलन, देशभर करिब ७० हजार प्रहरी परिचालन

फ्रान्स । शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर

सुदूरपश्चिम रोयल्समा वेस्ट इन्डिजका विस्फोटक ब्याटर रदरफोर्ड अनुबन्धित

काठमाडौं । वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफन रदरफोर्ड नेपाल प्रिमियर

नेकपाको दुईमहिने जागरण अभियान सुरु, महाधिवेशन र चुनावी तयारीमा जोड

सरकारका जनविरोधी कामको भण्डाफोरदेखि संगठन सुदृढीकरण र जनाधार विस्तारसम्मका १९

दिनदिनै बौरिँदै छु, दिनै मर्दै छु’ : ऋचाको स्वरमा जीवनका चोट र आशाको कथा

इटहरी । मनमा चोट छन्, अधुरा चाहना र दबिएका भावना