२०८३, १ कार्तिक आईतबार

भक्तपुरमा ढुंगानाले हार स्वीकार गरे, महेश बस्नेतको दोब्बर मतको अग्रता

भक्तपुरमा ढुंगानाले हार स्वीकार गरे, महेश बस्नेतको दोब्बर मतको अग्रता


काठमाडौं । भक्तपुरमा नेकपा एमालेका युवा नेता महेश बस्नेतले पूर्व सभामुख तथा कांग्रेस नेता दमननाथ ढुंगानालाई दोब्बर मतको अन्तरले पछि पारेका छन् । मतगणनाको शुरुदेखि नै अग्रता लिइरहेका बस्नेतले बस्नेतले २४ हजार ८६५ मत पाएका छन् ।

दमननाथ ढुंगाना १२ हजार ८९५ मतका साथ बस्नेतलाई पछ्याइरहेका छन् ।

सुर्यविनायक र मध्यपुर ठिमी दुई नगरपालिका रहेको सो क्षेत्र यसअघि कांग्रेसको गढका रुपमा परिचित थियो । तर यसपटक भने स्थानीय चुनावमा दुवै नगरपालिका एमालेले जितेको थियो । त्यसैको प्रभाव प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा समेत देखिएको छ । सो क्षेत्रमा नेपाल मजदूर किसान पार्टीको मत भने अनुराधा थापा मगरले सुरक्षित गर्न सकिनन् ।

यसैबीच महेश बस्नेतसँग प्रतिस्पर्धा गर्न गएका पूर्व सभामुख दमननाथ ढुंगानाले आफ्नो सम्भावित पराजय स्वीकार गरेका छन् । उनले ट्वीट गर्दै भने “भूतले खाजा खाने बेलामा उठिए जस्तो छ ।”

प्रकाशित मिति : २०७४, २३ मंसिर शनिबार  ६ : १० बजे

कस्तो रहनेछ आजको मौसम ?

काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ

फूलपाती भित्र्याउने तरिका फरक होला तर विधि समान हुन्छ : डा.नारायण प्रसाद निरौला

काठमाडौं । बडादशैंको सातौँ दिन आश्विन शुक्ल सप्तमीका दिन देशभर

सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह

काठमाडौं । कुनै समय नेपाल आउने अधिकांश पर्यटक काठमाडौंका ऐतिहासिक

घुन्सा हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएकाहरूको सम्झनामा निर्मित अर्धसालिक

विसं २०६३ असोज ७ गते ताप्लेजुङको घुन्सामा भएको हेलिकप्टर दुर्घटनामा

चिनियाँ लगानीको मासु प्रशोधन उद्योगमा कमाउ धन्दा, उद्योग प्रशासक शर्माकै मिलेमतो !

सिन्धुली । निर्माणाधिन सिन्धुलीको मासु प्रशोधन उद्योगमा अबैध रुपमा काममा