२०८३, ३० आश्विन शनिबार

काभ्रेमा काँग्रेसको क्षेत्र नं १ मा तिर्थको विहानीसँगै अग्रता

काभ्रेमा काँग्रेसको क्षेत्र नं १ मा तिर्थको विहानीसँगै अग्रता


काठमाण्डौँ÷हिजो साझँ साढे सातबजे देखि सुरु भएको काभ्रेको मतणना अहिले पनि जारी छ । राति अबेरसम्म बाम गठबन्धनका उम्मेदवारले अग्रता कायम गरेका थिए । तर विहानीको मिरमिरेसँगै प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ मा तीर्थ लामाले बाम गबन्धनका गंगा बहादुर दोङ लाई उछिनेका छन् ।

लामाले ६४४५ मत प्राप्त गरेका छन् भने दोङले ६३९३ मत पाएका छन् । त्यस्तै सोहि निर्वाचन क्षेत्रको प्रदेशसभा (ख) मा बाम गठबन्धनका चन्द्र लामालाई गणेश लामाले उछिनेका छ । गणेशले ४४६४ मत प्राप्त गर्दा चन्द्रले ३७४५ मत ल्याएका छन् । त्यसैगरी प्रदेश क मा बामगठबन्धनका रत्न ढकाल फराकिलो मतान्तरका साथ अघि बढीरहेका छन् । ढकालले ५५६९ र सिबी लामाले ३२१५ मत प्राप्त गरेका छन् ।

काभ्रेको प्रतिनिधिसभा निर्वाचन क्षेत्र २ मा भने बाम गठबन्धनका उम्मेदवार गोकुल बास्कोटा निकै अघि देखिएका छन् । उनीले काँग्रेसका उम्मेदवार मधुप्रसाद आचार्यलाई सुरु देखि नै पछि पादै आइरहेका छन् । बास्कोटाले ७५९९ र आचार्यले ५१३४ मत प्राप्त गरेका छन् ।

साहित निर्वाचन क्षेत्रको प्रदेशसभा ख मा बामगठबन्धनका उम्मेदवार बसुन्धरा हुमार्गाईले ३७५० मत प्राप्त गरेका छन् । काँग्रेस उम्मेदवादर कञ्चनचन्द्र बादेले ३२०० मत प्राप्त गरेका छन् । त्यसैगी प्रदेशसभा क मा लक्ष्मण लम्सालले पनि अग्रता कायमै राखेका छन् । उनले ४११० र काँग्रेस उम्मेदवार सुन्दरमणि आचार्यले २०२४ मत प्राप्त गरेका छन् ।

प्रकाशित मिति : २०७४, २३ मंसिर शनिबार  ८ : ४१ बजे

कस्तो रहनेछ आजको मौसम ?

काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ

फूलपाती भित्र्याउने तरिका फरक होला तर विधि समान हुन्छ : डा.नारायण प्रसाद निरौला

काठमाडौं । बडादशैंको सातौँ दिन आश्विन शुक्ल सप्तमीका दिन देशभर

सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह

काठमाडौं । कुनै समय नेपाल आउने अधिकांश पर्यटक काठमाडौंका ऐतिहासिक

घुन्सा हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएकाहरूको सम्झनामा निर्मित अर्धसालिक

विसं २०६३ असोज ७ गते ताप्लेजुङको घुन्सामा भएको हेलिकप्टर दुर्घटनामा

चिनियाँ लगानीको मासु प्रशोधन उद्योगमा कमाउ धन्दा, उद्योग प्रशासक शर्माकै मिलेमतो !

सिन्धुली । निर्माणाधिन सिन्धुलीको मासु प्रशोधन उद्योगमा अबैध रुपमा काममा