२०८३, ३० असार बुधबार

रत्न ढकालको योजना, पूरा गर्दै छन् जनता

रत्न ढकालको योजना, पूरा गर्दै छन् जनता


काठमाण्डौ/विद्यार्थी आन्दोलनको एक चिर परिचित पात्र हुन् रत्न ढकाल । नेपालको शैक्षिक समस्या वर्गीय समस्या भित्रको एक अंश अझ भनौं अभिन्न अंश हो भन्ने कुरा राम्रोसँग बुझेका ढकाल वर्ग मुक्ति आन्दोलनको बाटोमा निरन्तर लम्किरहे । तत्कालीन नेकपा –माओवादीले सञ्चालन गरेको जनयुद्धमा उनी सामेल भए । माओवादी जनयुद्धमा होस् या शान्ति प्रक्रियामा मुलुक अघि बढिरहेको अवस्थामा होस् राष्ट्रियता, जनतन्त्र र जनजीविकाका सवालमा उनी सधंै चिन्ता गर्ने व्यक्तित्व हुन् ढकाल । भारतीय शासकहरुले नेपाल भूमिमा परेड खेल्दा सिमामा गएर नेपाली बहादुरी देखाउन लिपुलेकमा नेपालको राष्ट्रिय झाण्डा फहराएका ढकाल राष्ट्रिय स्वाधिनताको पक्षमा सधैं अग्रपंक्तिमा देखिन्छ ।

विद्यार्थी आन्दोलनमा १८ वर्ष
नेपाली कम्युनिष्ट आन्दोलन भित्र देखा परेको फूट परस्त मानसिकताका कारण विद्यार्थी आन्दोलनमा पनि त्यो खालको फूट परस्त मानसिकताको जन्म हुनु स्वभाविकै हो । जति संख्यामा नेपालका कम्युनिष्ट पार्टीहरु विभाजित भए त्यति नै संख्यामा विद्यार्थी संगठनहरु पनि विभाजित भएको देखिन्छ । त्यसै क्रममा विद्यार्थी आन्दोलनको एक सक्षम र कुशल नेतृत्वको रुपमा ढकाल अघि बढेको देखिन्छ ।

स्थानीय जागृति माविमा एस.एल.सी. पास भएपछि उनी कलेज पढ्न काठमाडौं छिरेका थिए । शहर पसेर पनि उनी चुप भने बसेनन् । २०५६ मा फेरि काठमाडौं क्याम्पस ईकाई समितिको अध्यक्ष बने । त्यहींबेला देखि नै उनी अखिल (क्रान्तिकारी)को पूर्ण कालीन सदस्यको रुपमा विद्यार्थी आन्दोलनमा लागे । माओवादी जनयुद्ध शान्ति प्रक्रियामा फड्को मारेपछि २०६३ देखि ०६५ सम्म ढकाल अखिल क्रान्तिकारीका केन्द्रिय कार्यालय सचिव भएर काम गरेका थिए । त्यसैगरि २०६५ देखि २०६९ सम्म केन्द्रिय समितिको सचिवालय सदस्य र २०७० देखि २०७२ सम्म केन्द्रिय समितिको महासचिवको भूमिका रहेको उनी २०७२ देखि २०७३ सम्म अखिल क्रान्तिकारी केन्द्रिय अध्यक्षको भूमिकामा थिए ।

बेपत्ता, हिरासत र जेलमा पनि झुकेनन् ढकाल
वुर्जुवा शिक्षाको अन्त्य र जनवादी शिक्षाको पक्षमा निरन्तर विद्यार्थी आन्दोलनमा रहेका ढकाल तत्कालीन प्रतिक्रियावादी राज्यसत्तालाई सह्यको विषय बनेको थिएन । माओवादी आन्दोलनकै एक अभिन्न अंगको रुपमा रहेको विद्यार्थी आन्दोलनको नेतृत्व गर्दै अघि बढ्ने क्रममा उनी पटक पटक बेपत्ता, क्रूरतापूर्ण हिरासत र जेल समे बस्न बाध्य भएका थिए ।

उनलाई २०५८ मंसिरमा अखिल (क्रान्तिकारी)को केन्द्रिय कार्यालय भुरुङखेलबाट तत्कालीन शाहीसेनाले गिरफ्तार गरेका थिए । अमानविय र क्रुरतापूर्वक उनलाई यातना दिई ११ दिन सम्म २ नम्बर गण महाराजगञ्जमा राखेका थिए । विद्यार्थीहरुको आन्दोलनका कारण उनी सैनिक हिरासतबाट मुक्त भएका थिए । त्यसैगरि फेरि उनलाई २०५९ साल श्रावण ६ गते काठमाडौंको असनबाट गिरफ्तार ९४ दिनसम्म चरम यातनाका साथ सैनिक हिरासतमै राखेको थिए । सैनिक मुख्यालयमा उनको गिरफ्तारीको कुनै रेकर्ड नै थिएन । उनलाई बेपत्ता पारिएका थिए । त्यसपछि २०५९ साल कार्तिक २७ गते हनुमान ढोकाबाट केन्द्रिय कारागार चलान गरेको थियो ।

२०५९ साल चैत्रमा फेरि उनी केन्द्रिय कारागारबाट रिहा भएका थिए । रिहा भइसके पनि विद्यार्थी आन्दोलनमा निरन्तर लागेका ढकाल तेस्रो पटक फेरि २०६१ असोज १६ गते नयाँ बानेश्वरबाट शाहीसेनाको गिरफ्तारीमा परे । त्यतिखेर उनलाई ६२ दिनसम्म चरम यातना सहित बेपत्ता पारिएका थिए । त्यसपछि २०६२ मंरिमा १ नं. गण नक्सालबाट नख्खु जेल चलान गरेका थिए । माओवादी जनयुद्ध र दोस्रो जनआन्दोलनको वलमा राजतन्त्रको अन्त्य भएपछि २०६३ जेठ ३० गते नख्खु जेलबाट उनी रिहा भएका थिए ।

ढकालको योजना
सडक सञ्जाललाई उनले पहिलो प्राथमिकतामा राख्दै कोशीपारि सडकको स्तरोन्नती, डाँडापारि महाभारत सडकको विस्तार तथा स्तरोन्नती, पनौती खोपासी तालढुंगाको सडक स्तरोन्नती र दाप्चा सडकको स्तरोन्नतीसँगै विभिन्न सहायक सडकहरुको विस्तार, रोशीको चौकीडाँडा–खहरेपाँगू–भुग्देउ–खोपासी पनौती सडक मार्गलाई वीपी राजमार्गको वैकल्पिक सडकको रुपमा विकास गर्ने उनको प्राथमिक योजनाभित्र परेका छन् ।

त्यसैगरी खानेपानी अभाव रहेका क्षेत्रमा आफ्नो कार्यकालमा खानेपानीको सुविधा सबै मतदाताको घरमा पु¥याउने संकल्प गरेका छन् । त्यस्तै संस्कृति र पर्यटन विकासका लागि पूर्वाधार तयार गर्न उनले तेमाल क्षेत्रमा तामाङ संग्राहलय स्थापना गर्ने, कोशीपारि पर्यटन प्रवद्र्धनका लागि आवश्यक पूर्वाधारको तयार गर्ने र प्राकृतिक सौन्दर्यले भरिपूर्ण महाभारत श्रृङ्खलामा पर्यटकीय गन्तव्यको रुपमा विकास गरी ट्रेकिङ रुटको निर्माण गर्ने अर्को योजना छ । त्यस्तै सुनकोशी जलविद्यूत परियोजना सञ्चालन गरि आफ्नो क्षेत्रमा कायपल गर्ने ढकालको योजना छ ।

प्रकाशित मिति : २०७४, १९ मंसिर मंगलबार  १२ : १६ बजे

सुदूरपश्चिममा कांग्रेस-एमाले गठबन्धन टुट्यो, मुख्यमन्त्री शाहले हटाए एमालेका सबै मन्त्री

धनगढी । सुदूरपश्चिम प्रदेशको सत्ता समीकरणमा ठूलो परिवर्तन आएको छ।

कांग्रेसको आक्रोश “प्रधानमन्त्री किन भाग्दै छन् ?”

काठमाडौं। प्रतिनिधिसभाको बैठकमा नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन शाहमाथि तीव्र राजनीतिक

नेपाल वायुसेवा निगममा नयाँ कार्यकारी नेतृत्व, महेश्वरभक्त श्रेष्ठलाई दोहोरो जिम्मेवारी

काठमाडौं । नेपाल वायुसेवा निगम (नेवानी) ले नयाँ कार्यकारी नेतृत्व

गणेश प्रकरणपछि सडकमा फर्कियो महानगर प्रहरी, ‘सेवा रोकिँदैन’ भन्दै एसएसपी जोशीको सन्देश

काठमाडौं । गणेश नेपालीको मृत्यु प्रकरणपछि केही दिन सडकबाट लगभग

सरकारी विज्ञापनमा एकाधिकार असंवैधानिक, सर्वोच्चले सरकारको निर्णय बदर गर्‍यो

काठमाडौं । सर्वोच्च अदालतले सरकारी विज्ञापन सरकारी स्वामित्वका सञ्चारमाध्यममा मात्रै