२०८३, ५ असार शनिबार

क्षेत्र नम्बर २ का गोकुल, जनतालाई भन्छन नहुनोस् है ढुलमुल

क्षेत्र नम्बर २ का गोकुल, जनतालाई भन्छन नहुनोस् है ढुलमुल


काठमाण्डौ/काभ्रेमा मात्रै होइन राष्ट्रिय राजनीतिमा समेत निकै प्रभाव राख्ने प्रखर बक्तको रुपमा चिनिन्छन् गोकुल बास्कोटा । उनी यो पटक काभ्रेको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ का उम्मेदवार हुन् । उनका प्रतिस्पर्धिका रुपमा नेपाली कांग्रेस काभ्रेका सभापति तथा केन्द्रीय प्रशिक्षण विभागका निर्देशक मधुप्रसाद आचार्य छन् ।

नयाँगाउँ देउपुर घर भएका बास्कोटालाई स्थानीय स्तरमा ब्यापक जनसमर्थन छ । विपक्षीको भ्रम चिरफार गर्ने क्षमता राख्ने बास्कोटा विद्यार्थी राजनीति, पत्रकारिता हुँदै पार्टी केन्द्रमा समेत बलियो पहुँदै राष्ट्रिय राजनीतिमा समेत आफुलाई स्थापित गराउँदँै एमालेको केन्द्रीय स्कूल विभागका सदस्य र एमाले काभ्रेको ३ कार्यकाल चालाएका अध्यक्ष समेत हुन् । जनतासँग अति नै नजिक रहेर जनताकै घरदैलोमा हुर्किए र आफुलाई राजनीतिक रुपमा स्थापित गराएका बास्कोटा जिल्लामा अडिक, निडर र तत्काल निर्णय लिने नेताका रुपमा समेत परिचित छन् ।

बास्कोटाको यस्ता छन् योजना

पर्यटन, उर्जा र औद्योगिक उत्पादनको केन्द्रको रुपमा विकास गरी काभ्रेलाई आर्थिक हिसाबले सम्पन्न बनाउने योजनामा वाम गठबन्धनको टोलीले जनतालाई सपना बाँडिरहेका छन् । उनले काभ्रेलाई समृद्धशाली बनाउने योजना आम मतदाताको बीचमा पु¥याउँदै आफू निर्वाचित भएमा काभ्रेलीलाई सुखी र समृद्धशाली बताउने उद्घोष गरेका छन् । समृद्ध काभ्रेको महत्वाकांक्षी योजनाका कारण मतदाताको मन जित्ने कोशिसमा रहेका बास्कोटाको समृद्ध काभ्रेको योजना यस्तो छ ः जसलाई मतदाताले साथदिन जरुरी छ ।

धुलिखेललाई पर्यटन क्षेत्रको आकर्षक गन्तव्य बनाउने योजनामा गोकुल बास्कोटा रहेका छन् । धुलिखेलबाट देखिने मनमोहक हिमश्रृङखला हेर्नका लागि पर्यटक लालायीत हुने गरेका छन् । त्यतिमात्रै होइन पर्यटकको अर्को आकर्षक गन्तव्य नमोबुद्ध पनि हो । त्यसैगरी मनकामना जत्तिकै प्रख्यात काभ्रेको पलाञ्चोक भगवतीको मन्दिर पनि यहीं काभ्रेमा छ । महाभारतको उच्च पहाडी श्रृङ्खलाबाट हिमाल र तराईको दृष्य एकैसाथ अवलोक गर्न सकिन अवस्था भएकाले काभ्रेलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न सकिने आधारहरु प्रशस्तै छन् ।

पर्यटकीय सम्भावना बोकेको काभ्रेपलाञ्चोकलाई चुनावी सरगर्मीसँगै प्रतिनिधिसभा र प्रदेश सभाका उम्मेदवारले पर्यटनलाई आयआर्जनको दरिलो स्रोत बनाएर रोजगारी सिर्जना गर्न सकिने प्रतिवद्धता व्यक्त गरेका छन् । उम्मेदवार गोकुल बास्कोटाले पनि पर्यटन क्षेत्रको विकास गर्दै काभ्रेलाई सम्पन्नशाली बनाउने योजनामा छन् । बास्कोटा पर्यटनलाई कृषि पर्यटनसँग जोडिने र सांस्कृतिक तथा धार्मिक पर्यटनलाई प्रर्वद्धन गर्ने गरी पर्यटकीय क्षेत्रको पूर्वाधार तयार गरी अगाडि बढाउने योजनामा रहेका छन् ।

यसका साथै “लाकुरीभञ्जाङ, फूलचोकी, नारायणस्थान नमोवुद्ध, काँशिभञ्जयाङ, नगरकोट भएर काभ्रे जिल्लामा पर्यटकीय पदमार्ग खोली पर्यटकलाई जिल्लामा भित्र्याउन सकिने सम्भावनालाई महत्वका साथ आफूले अगाडि बढाउने अभिव्यक्ति उनले दिएका छन् । फूलवारी र पात्लेखेतममा ”माउन्टेन फ्लाइट” का लागि सानो विमानस्थल बनाउने सपना साकार गर्ने योजनालाई पनि उनी साकार रुप दिन चाहन्छन् । बास्कोटाले जिल्लालाई जलविद्युत तथा वायु उर्जा र औद्योगिक उत्पादनको केन्द्र बनाइने अठोट समेत गरेका छन् ।

उनले घरदैलो अभियान संचालन गर्दै पुनः निर्मााणको काम आफूहरुले अझ प्रभावकारी बनाउने योजना अघि सारेका छन् । स्थानीय तहको निर्वाचनताका पनि पुनः निर्माणको विषयले उच्च प्राथमिकता पाएको थियो । जनताको वासस्थानको व्यवस्थापन नभइरहेको सन्दर्भमा उनले आफू निर्वाचित भएपछि जनताको पुनर्वासको व्यवस्थापनलाई प्राथमिकताका साथ अघि सार्ने योजना जनाताको बीचमा सार्वजनिक गरेका छन् । जिल्ला र आफ्नो निर्वाचन क्षेत्रका सडकको स्तरोन्नती लाई पनि उनले प्रथमिकतामा राखेर सम्पन्न गर्ने उद्घोष गरेका छन् । आफ्नो निर्वाचन क्षेत्रमा भएको खानेपानीको समस्याहरु सबैलाई सम्बोधन गर्ने र विशेषगरी काभ्रेको बनेपा, पनौती र धुलिखेल नगरपालिकामा मूलको पानी पु¥याउने अभियानलाई उनले नेतृत्वदायी भूमिका निर्वाह गरी सम्पन्न गर्ने योजना सार्वजनिक गरेका छन् ।

स्वास्थ्य र शिक्षामा ग्रामीण समुदायको पहुँच स्थापित हुन नसकिरहेको सन्दभएमा उनले अहिलेको शिक्षामा सुधार गरी जीवनपयोगी बनाउने योजना योजना अघि सार्दै सीपमुलक र उत्पादनमुलक शिक्षामा जोड दिने लक्ष्य लिएका छन् । डाँडापारीको क्षेत्रलाई बाटोको सञ्जालसँग जोडने र बनेपा बजार व्यापारिक केन्द्र भएकाले त्यसलाई ‘बगैचा शहर’ को रुपमा विकास गरिने योजनालाई पनि उनले समेटेका छन् ।

यसका साथै बास्कोटाले जिल्लामा बौद्ध सर्किटको स्थापना गरिने र डाडाँपारीको क्षेत्रलाई पशुपालन गरेर मासुको पकेट क्षेत्रको रुपमा विकास गर्ने योजना रहेको बताएका छन् । उनले कृषि उद्योग संचालनका लागि पूर्वाधार विकास गर्ने लक्ष्यलाई आफूहरुले पूर्णता प्रदान गर्ने बताएका छन् । यसैगरी इन्द्रावती, भोटेकोशी र सुनकोशीको पानीको उपयोग गरेर जलासय निर्माण गरी जलविद्युत विकास गर्ने र त्यसबाट रोजगारीको सिर्जना गर्ने योजनामा आफ्नो जोडबल रहँने उनले मतदाताका बीचमा अभिव्यक्ति दिदै मत मागिरहेका छन् ।

दुर्गम क्षेत्रका बाटोघाटोको स्तरोन्नती गर्ने देखि लिएर बास्कोटाले चौबासलाई चियाबगानको रुपमा विकास गर्न सकिने योजना समेत सार्वजनिक गरेका छन् । त्यसैगरी बनेपा नजिक रहेको जनागालको जंगललाई चिडिया घरको रुपमा विकास गर्ने पनि उनको योजनामा रहेको छ । उनले काठमाडौं युनिभर्सिटीलाई पनि अधिकतम् रुपमा जिल्लाका युवा विद्यार्थीहरुले उपयोग गर्ने व्यवस्थाका लागि पनि आफूले पहलकदमी लिने आफ्नो योजनाभित्र समेटेका छन् ।

प्रकाशित मिति : २०७४, १८ मंसिर सोमबार  ११ : ५९ बजे

कमलामाई नगरपालिका र कोरियाली सरकारबीच १ अर्बभन्दा बढीको सम्झौता

सिन्धुली: सिन्धुलीको कमलामाई नगरपालिका र गणतन्त्र कोरिया सरकारबीच कृषि तथा

१२ कक्षाको नतिजा ४० दिनमै : ६९.७५ प्रतिशत उत्तीर्ण

काठमाडौं । माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा (एसएलसीई) अर्थात् कक्षा १२

कक्षा १२ को नतिजामा सिद्धवावा प्लसटू जिल्लामैं प्रथम

सिन्धुलीः कक्षा १२ को नतिजामा सिद्धवावा प्लस टू म्यानेजमेण्ट ३.९१

सिसी क्यामरा जडानले रोकिएका ति अपराध

सिन्धुलीको कमलामाई नगरपालिले नगरक्षेत्रका बिभिन्न चोक तथा जोखिम मानिएको सडक

प्रतिनिधिसभामा आज पनि बजेट बहस, गृहदेखि अर्थ मन्त्रालयसम्मका विनियोजन शीर्षकमाथि छलफल

काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे