२०८३, ३० आश्विन शनिबार

काभ्रेमा यो वर्ष ३ प्रतिशत धान उत्पादनमा बृद्धि

काभ्रेमा यो वर्ष ३ प्रतिशत धान उत्पादनमा बृद्धि


धुलिखेल । जिल्लामा यो वर्ष धान उत्पादनमा सामान्य बृद्धि भएको छ । जिल्ला कृषि विकास कार्यालयका बरिष्ठ कृषि विकास अधिकृत दुर्गा पण्डितका अनुसार अघिल्लो वर्षको तुलनामा यो वर्ष ३ प्रतिशत धान उत्पादन बृद्धि भएको हो । जिल्लाको मण्डनदेउपुर, पाँचखाल, खोपासी, भकुण्डे लगायतका टारहरुमा यो वर्ष धान उत्पादन सन्तोषजनक रहेको कार्यालयले जनाएको छ ।

त्यस्तै जिल्लाको कोशीपारी, डाँडापारी, रोशी भेगमा पनि धान उत्पादनमा राम्रो रहेको बरिष्ठ कृषि विकास अधिकृत पण्डितले बताए । जिल्लाको कुल १० हजार १ सय हेक्टर क्षेत्रफल जमिनमा बर्खे धानखेती हुने गरेको छ । त्यस्तै १ हजार २१० हेक्टर क्षेत्रफल जमिनमा चैते धान खेती हुदै आएको छ । जिल्लामा बार्षिक प्रति हेक्टर ३.५ मेक्ट्रिटन धान उत्पादन हुदैँ आएको छ ।

प्रकाशित मिति : २०७४, १८ मंसिर सोमबार  ११ : ४४ बजे

कस्तो रहनेछ आजको मौसम ?

काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ

फूलपाती भित्र्याउने तरिका फरक होला तर विधि समान हुन्छ : डा.नारायण प्रसाद निरौला

काठमाडौं । बडादशैंको सातौँ दिन आश्विन शुक्ल सप्तमीका दिन देशभर

सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह

काठमाडौं । कुनै समय नेपाल आउने अधिकांश पर्यटक काठमाडौंका ऐतिहासिक

घुन्सा हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएकाहरूको सम्झनामा निर्मित अर्धसालिक

विसं २०६३ असोज ७ गते ताप्लेजुङको घुन्सामा भएको हेलिकप्टर दुर्घटनामा

चिनियाँ लगानीको मासु प्रशोधन उद्योगमा कमाउ धन्दा, उद्योग प्रशासक शर्माकै मिलेमतो !

सिन्धुली । निर्माणाधिन सिन्धुलीको मासु प्रशोधन उद्योगमा अबैध रुपमा काममा