काभ्रेको कोशीपारी गोठपानीमा नेपाली काँग्रेसका कार्यकर्ताहरुले वाम गठबन्धनका कार्यकर्ताको मोटरसाइकल जलाइदिएका छन् । गोठपानी निवासी यूवराज चौलागाई चड्ने बा ७३ प २९१४ नम्बरको मोटरसाईकल, यज्ञ चौलागईको बा ५३ प ७०९४, मोहन चौलागाईको बा ७३ प १२२३ र कमल चौलागाईको बा ८३ प ४४५५ नम्बरको मोटरसाईकल राती ११ बजे घर नजिकै पार्किङ गरी राखेको ठाउँमै जलाएका हुन् ।
घटनामा संलग्न रहेको आशंकामा गोठपानी नेपाली काँग्रेसका कार्यकर्ता हरिशरण चौलागाई र देवप्रसाद चौलागईलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय कात्तिके देउरालीका प्रमुख हरिकृष्ण केसीले जानकारी दिए । केसीले घटनामा संलग्नलाई घटनास्थलमा उनिहरुले लगाउदै आइरहेको टोपी र चप्पल समेत फेवा परेका छन् । यूवराजका दाई माधव चौलागाईले भाईहरु कुल पुजाका लागि काठमाडौबाट गाउँ पुगेका बेला घटना भएको हो । उनले भने हामीले वाम गठबन्धनलाई समर्थन गर्दै आइरहेका छौ । घटनमा संलग्नहरु आफ्नो कार्यकर्ता भएकाले नेपाली काँग्रेस उमेदवार तिर्थ लामाले प्रहरी चौकीमा फोन गरी तत्काल छोडिदिन दवाव दिएका छन् ।
प्रतिक्रिया