२०८३, ६ कार्तिक शुक्रबार

काभ्रेको ३३ मतदान केन्द्र संवेदनशीलको सुचीमा, १८ मतदान केन्द्र अति संवेदनशील

काभ्रेको ३३ मतदान केन्द्र संवेदनशीलको सुचीमा, १८ मतदान केन्द्र अति संवेदनशील


धुलिखेल / जिल्लाको १८ मतदान केन्द्र सुरक्षाको दृष्टिले अति संवेदनशील सुचीमा परेका छन् । प्रमूख जिल्ला अधिकारीको संयोजकत्वमा रहेको जिल्ला सुरक्षा समितिले १८ मतदान केन्द्र अति संवेदशील र ३३ वटा मतदान केन्द्र संवेदनशील सुचीमा राखेको हो ।

अति संवेदनशील मानिएका मतदान केन्द्रमा सामान्य मतदान केन्द्रमा खटिने प्रहरी भन्दा संख्या बढाइएको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी प्रमूख एसपी सहकुल बहादुर थापाले बताए । उनका अनुसार मोबाइल गस्ती र बुथमा खटिने प्रहरी समेत अन्य ठाउँको तुलनामा माथिल्लो दर्जाको खटाइएको छ ।

जिल्लामा १८९ मतदान केन्द्र र ३५० मतदानस्थल रहेको जिल्ला निर्वाचन अधिकारी मधुकर प्रसाद पौडेलले जानकारी दिए । अति संवेदनशील मतदान केन्द्रहरुमा सडक पहुँच नपुगेका डाँडापारी र कोशीपारी क्षेत्रका बढी परेका छन् । सुरक्षा समितिले यसअघिको घटनालाई समेत सुक्ष्म ढंगले अध्ययन मतदान केन्द्रलाई पनि अति संवेदनशीलको सूचीमा राखेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता, डिएसपी महेशप्रसाद मरासिनीले बताए ।

जिल्लामा निर्वाचन सुरक्षाका लागि म्यादी सहित नेपाल प्रहरीको २७ सय, सशस्त्र प्रहरी ५ सय र नेपाली सेना ६ खटिएका छन् । राजधानीतिक दलहरुको प्रतिस्पर्धा, निर्वाचन विथोल्ने शक्तिको चलखेल, भौगोलिक दृष्टिले निकै टाढा रहेको लगायत कारण अति संवेदशील सुचिका मतदान केन्द्रको रेकी गरेर प्रहरीले निगरानी बढाइसकेको छ ।
त्यस बाहेक डिआइजी र एसएसपीको टोलीमा समेत विशेष प्रहरी परिचालित हुने छ । अहिले अरनिको र बिपी राजमार्गका सवारीसाधनको चेकजाँचलाई निकै कडा बनाइएको डिएसपी मरासिनीले बताए । छिमेकी जिल्लामा निर्वाचन सकिएको र गुण्डा नाइके समेत उम्मेदवार बनेर चुनावी प्रतिस्पर्धामा रहेका कारण जिल्लामा सुरक्षा चुनौती निकै बढेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०७४, १८ मंसिर सोमबार  १० : २६ बजे

चीनमा भूकम्प : राहतका लागि बजेट विनियोजन, यसरी हुँदैछ उद्धार

एकाठमाडौं । चीनले दक्षिणपश्चिमी चीनको सिजाङ स्वायत्त क्षेत्रमा गएको ७.०

कालीकोटमा पहिलो पटक पुल–अप होल्ड च्यालेन्ज प्रतियोगिता सम्पन्न

कालीकोट। बडादशैं तथा तिहारको उपलक्ष्यमा कालीकोट जिल्लामा पहिलो पटक पुल–अप

मुगुका ६ हजार १०० नागरिकले पाए गाउँमै निःशुल्क उपचार र औषधि, स्थानीय हर्षित

मुगु । भौगोलिक विकटता र आर्थिक अभावका कारण स्वास्थ्य सेवाबाट

क्रसरको पानी पोखरीमा डुबेर सिन्धुलीकाे सुनकाेसीमा आमा–छोरीको मृत्यु

रामेछाप। सिन्धुलीको सुनकोशी गाउँपालिका–१ आपघारीस्थित क्रसर उद्योगका लागि प्रयोग गरिएको

एनपीएलको टिकट मूल्य सार्वजनिक

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले तेस्रो संस्करणको नेपाल