२०८३, ८ आश्विन शुक्रबार

काभ्रेको ३३ मतदान केन्द्र संवेदनशीलको सुचीमा, १८ मतदान केन्द्र अति संवेदनशील

काभ्रेको ३३ मतदान केन्द्र संवेदनशीलको सुचीमा, १८ मतदान केन्द्र अति संवेदनशील


धुलिखेल / जिल्लाको १८ मतदान केन्द्र सुरक्षाको दृष्टिले अति संवेदनशील सुचीमा परेका छन् । प्रमूख जिल्ला अधिकारीको संयोजकत्वमा रहेको जिल्ला सुरक्षा समितिले १८ मतदान केन्द्र अति संवेदशील र ३३ वटा मतदान केन्द्र संवेदनशील सुचीमा राखेको हो ।

अति संवेदनशील मानिएका मतदान केन्द्रमा सामान्य मतदान केन्द्रमा खटिने प्रहरी भन्दा संख्या बढाइएको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी प्रमूख एसपी सहकुल बहादुर थापाले बताए । उनका अनुसार मोबाइल गस्ती र बुथमा खटिने प्रहरी समेत अन्य ठाउँको तुलनामा माथिल्लो दर्जाको खटाइएको छ ।

जिल्लामा १८९ मतदान केन्द्र र ३५० मतदानस्थल रहेको जिल्ला निर्वाचन अधिकारी मधुकर प्रसाद पौडेलले जानकारी दिए । अति संवेदनशील मतदान केन्द्रहरुमा सडक पहुँच नपुगेका डाँडापारी र कोशीपारी क्षेत्रका बढी परेका छन् । सुरक्षा समितिले यसअघिको घटनालाई समेत सुक्ष्म ढंगले अध्ययन मतदान केन्द्रलाई पनि अति संवेदनशीलको सूचीमा राखेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता, डिएसपी महेशप्रसाद मरासिनीले बताए ।

जिल्लामा निर्वाचन सुरक्षाका लागि म्यादी सहित नेपाल प्रहरीको २७ सय, सशस्त्र प्रहरी ५ सय र नेपाली सेना ६ खटिएका छन् । राजधानीतिक दलहरुको प्रतिस्पर्धा, निर्वाचन विथोल्ने शक्तिको चलखेल, भौगोलिक दृष्टिले निकै टाढा रहेको लगायत कारण अति संवेदशील सुचिका मतदान केन्द्रको रेकी गरेर प्रहरीले निगरानी बढाइसकेको छ ।
त्यस बाहेक डिआइजी र एसएसपीको टोलीमा समेत विशेष प्रहरी परिचालित हुने छ । अहिले अरनिको र बिपी राजमार्गका सवारीसाधनको चेकजाँचलाई निकै कडा बनाइएको डिएसपी मरासिनीले बताए । छिमेकी जिल्लामा निर्वाचन सकिएको र गुण्डा नाइके समेत उम्मेदवार बनेर चुनावी प्रतिस्पर्धामा रहेका कारण जिल्लामा सुरक्षा चुनौती निकै बढेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०७४, १८ मंसिर सोमबार  १० : २६ बजे

राष्ट्रपतिबाट इन्द्रजात्रा अवलोकन, वसन्तपुरमा विशिष्ट व्यक्तिको जमघट

काठमाडौं । काठमाडौंको ऐतिहासिक तथा सांस्कृतिक पर्व इन्द्रजात्रा राष्ट्रपति रामचन्द्र

काठमाडौंमा उर्लिए खोलानाला : कहाँ के छ अवस्था ?

काठमाडौं । लगातारको वर्षासँगै काठमाडौं उपत्यकाका नदी तथा खोलानालामा पानीको

एमाले कार्यालय च्यासलमा अवलोकनको लागि पुगे गृहमन्त्री गुरुङ

काठमाडौं । खोलाको पानीको बहाव बढेपछि गृहमन्त्री सुधन गुरुङले ललितपुरको

आयल निगमको अध्यक्षमा रुद्रसिंह तामाङ, ‘नियमित र सहज आपूर्ति सुनिश्चित गर्छु’

काठमाडौं । नेपाल आयल निगम सञ्चालक समितिको अध्यक्षको जिम्मेवारी रुद्रसिंह

सोल्टी होटलमा व्यवस्थापनविरुद्ध तीन युनियन उत्रिए, ‘एकतर्फी सरुवा फिर्ता गर’

काठमाडौं । राजधानीको प्रतिष्ठित द सोल्टी होटलमा कर्मचारी सरुवाको विषयलाई