२०८३, ११ कार्तिक बुधबार

तीर्थ र सीबी लामाले दिए बाम कार्यकर्तालाई ज्यान मार्ने धम्की

तीर्थ र सीबी लामाले दिए बाम कार्यकर्तालाई ज्यान मार्ने धम्की


काठमाण्डौ/ नेपाली काँग्रेसको तर्फबाट उम्मेदवार बनेका तीर्थ लामा र सीवि लामाले बाम गठबन्धनका कार्यकर्तालाई ज्यान मार्ने धम्की दिएका छन् । मतदान गर्ने दिन निजीकिदैँ गर्दा हारको मानसिकताबाट ग्रसित बनेका तीर्थ र सीवि लामाले एमाले निकट तेमाल गाउँपालिकाका युवा संघ अध्यक्ष डेनी लामालाई टेलिफोन मार्फत ज्यान मार्ने धम्की दिएका हुन् ।

सुरुमा सीबी लामाले तामाङ भाषामै डेनीलाई फोन गरेर गाउँमा मेरो कार्यकर्तालाई के भनेर हिडेको भनेर सोधेका छन् । जवाफमा डेनीले गाउँमा आफुले कसैलाई केहि नभनेको बताउँदै गर्दा सीबिको हातबाट मोबाईल खोसेर तीर्थ लामाले खाते, कुकुर जस्ता अपशब्द बोल्दै डेनीलाई गाउँमा धेरै चुरीफुरी नगर्न धम्की दिएको भ्वाई रेडक फेला परेको छ । तीर्थले त कहाँ छस अहिले, म धुलिखेलमा छु त आउँछस कि म आउँ भनेर मोबाईलमा भनेका छन् । तीर्थ पूर्व सासंद एवं हाल प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ का उम्मेदवार हुन् भने सीवि लामा सोहि क्षेत्रको प्रदेशसभा १ का उम्मेदवार हुन् ।

यसैबीच बाम गठबन्धनबाट प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ का साझा उम्मेदवार गंगा बहादुर दोङ बमध्वजले आइतबार बनेपामा पत्रकार सम्मेलन गरेर आफ्ना कार्यकर्तालाई नेपाली काँग्रेसका उम्मेदवारले धम्क्याएको भन्दै आपत्ति जनाएका छन् । उनले निर्वाचनको परिणाम जसरी पनि आफ्नो पक्षमा पार्न भन्दै नेपाली काँग्रेसले बाहिरी जिल्लाबाट अपरिचित ब्यक्ति जिल्लाको विभिन्न ठाउँमा पुर्याएको दाबी गर्दै प्रशासनको ध्यानाकर्षण समेत गराए । “यो जिल्लामा मतदाता नामावलीमा नाम नभएका धेरै ब्यक्ति भित्रिएका छन्, बमध्वजले भने “बुथ कब्जा गर्ने उद्देश्यले दुर्गम ठाउँमा अपरिचित ब्यक्ति देखिन्छ थालेको छ ।”

प्रकाशित मिति : २०७४, १७ मंसिर आईतबार  ४ : ५१ बजे

युवा पलायनले देशलाई उन्नतितर्फ होइन, अवनतितर्फ लैजान्छ : मुख्यमन्त्री थापा मगर

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले बढ्दो युवा

आईजीपी कार्कीले दिए चाडपर्व सुरक्षा निर्देशन, संगठनभित्रका गतिविधिप्रति पनि जनाए असन्तुष्टि

काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले देशभरका प्रहरी कार्यालय

नयाँ प्रविधि : नेपाली कम्युनिस्ट आन्दोलन

विश्व कम्युनिस्ट आन्दोलन इतिहासको एउटा निर्णायक मोडमा उभिएको छ। सन्

स्वस्तिमाको ‘मायालाई के दिऊँ म बैना’ले बनायो ५ करोड भ्युजको रेकर्ड

काठमाडौं । फिल्म ‘लालीबजार’को लोकप्रिय गीत ‘मायालाई के दिऊँ म

ओलीको आक्रामक अभिव्यक्ति : ‘स्वाधीनता खण्डित भयो’, एमालेले आन्दोलन गर्ने

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले देशको स्वतन्त्रता