२०८३, २९ भाद्र मंगलबार

काभ्रेको माझिफेदामा वामगठबन्धनको विशाल चुनावी सभा, नेपाली काँग्रेसका दावा लामा सहित सयौं कार्यकर्ता वाम गठबन्धनमा प्रवेश

काभ्रेको माझिफेदामा वामगठबन्धनको विशाल चुनावी सभा, नेपाली काँग्रेसका दावा लामा सहित सयौं कार्यकर्ता वाम गठबन्धनमा प्रवेश


कोशिपारी । काभ्रेको कोशिपारी माझिफेदामा वाम गठबन्धनको विशाल चुनावी सभा सम्पन्न भएको छ । शनिबार भएको सभालाई सम्बोधन गर्दै नेकपा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य अग्नि सापकोटाले नेपाली काँग्रेस यथास्थीतिवादी पार्टी भएकाले श्रमजीवि वर्गको हित गर्न नसक्ने बताएका छन् । उनले भने यो कोशिपारी क्षेत्र कम्युनिष्टहरुको लाल किल्ला भएकाले आगमी २१ गतेपछि काँग्रेसहरुको दादागिरी समाप्त हुने बताएका थिए ।

सभालई सम्बोधन गर्दै नेकपा एमालेका केन्द्रीय सदस्य आनन्द पोखरेलले नेपाली काग्रेसले मुलुकमा २२ वर्ष राज्यसत्ता संचालन गर्दा नेपालका सबैजसो उद्योगहरु बन्द गर्ने नदीनाला बेच्ने गरेको उल्लेख गर्दै अवको रज्यसत्ता कम्युनिष्टहरुले संचालन गर्नुपर्ने बताए । सभामा प्रतिनिधी सभा क्षेत्र नं १ वामगठबन्धनका साझा उमेदवार बम ध्वज लामाले कोशिपारीलाई नेपालकै नमुना पर्यटकिय क्षेत्रको रुपमा विकास गराउने बताएका थिए । उनले सम्बोधनकै क्रममा भने कोशीपारीलाई जोड्ने मोटरबाटोको तत्काल स्तरउन्नती गर्न पहल गर्ने बताउर्दै आफु निर्वाचित भएपछि पाँच वर्ष भित्र कोशीपारीलाई सवल र समृद्ध बनाउने योजना समेत प्रस्तुत गरेका थिए ।

यसैगरी प्रतिनिधी सभामा क्षेत्र नं १ प्रदेश सभा १ का उमेदवार रत्न ढकालले वामपन्थीहरुको एकता देखेर काँग्रेसहरु अत्तालिएर कोशिपारीमा आतंक मच्याउने कोशिस गरिरहेको बताउदै वाम यूवाहरुलाई प्रतिकार गर्न समेत अनुरोध गरेका थिए । कार्यक्रममा नेपाली काँग्रेस पार्टी परित्याग गरी कोशीपारी भेगका सयौ वामगठबन्धनमा प्रवेश भएका छन् ।

प्रवेश हुनेहरुमा नेपाल विद्यार्थी संघका क्षेत्रिय सदस्य अमल लामा,दावा लमा रोज मोक्तन, खेलबहादुर मोक्तान, निश्चल मोक्तान च्याङबा, अन्जन लामा, विकास लामा, अनिल लामा, पेमादोर्जे लामा र शम्सेर लामा लगायत रहेका छन् । नव प्रवेसीहरुलाई अग्नि सापकोटा र आनन्द पाखरेलले टिका तथा माला लगाएर स्वागत गरेका थिए ।

प्रकाशित मिति : २०७४, १६ मंसिर शनिबार  ९ : ४२ बजे

सांसद बोलिरहेकै बेला गृहमन्त्री हिँडेपछि सदनमा बबाल, ऐन महरले सोधे-‘मर्यादा प्रतिपक्षले मात्रै राख्ने हो ?’

काठमाडौं । प्रतिनिधिसभामा सांसद बोलिरहेका बेला गृहमन्त्री अगाडिबाट हिँडेपछि नेकपा एमालेका

एमालेको प्रधानमन्त्रीलाई चेतावनी : ‘एक्लै काफी छु’ भन्ने अहंकार नदेखाउनू

काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्री बालेन शाहलाई विपद्को समयमा ‘एक्लै काफी

चीनको बढ्दो प्रभावले बदलिँदै विश्व व्यवस्था, अमेरिका–चीन द्वन्द्वको जोखिम उच्च

काठमाडौं । चीनले राष्ट्रपति सी चिनफिङको नेतृत्वमा विश्व व्यवस्थामा आफ्नो

अब एटीएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने

काठमाडौं । नेपाल राष्ट्र बैंकले दशैँ तिहारलाई लक्षित गर्दै बैंक

सूर्यविनायक गणेश रथारोहण एवं रथ जात्राको तयारी पुरा

भक्तपुर, २९ भदौ : गणेश जन्मोत्सवको अवसरमा उपत्यकाका चार विनायक