२०८३, ३ कार्तिक मंगलबार

काभ्रेमा वाम गठबन्धन शक्तीशााली, नेपाली काँग्रेस कमजारे हुर्दै

काभ्रेमा वाम गठबन्धन शक्तीशााली, नेपाली काँग्रेस कमजारे हुर्दै


काभ्रे/ आसन्न दोस्रो चरणको प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनमा काभ्रेपलाञ्चोकमा वाम गठबन्धन बलियो देखिएको छ । स्थानीत तह निर्वाचनअनुसार जिल्लामा एमालेले तीन सय ३१ र माओवादीले एक सय २७ सिटमा जित निकालेका थिए ।

एमाले र माओवादीको जम्मा सिट चार सय ५८ हुन आउँछ । यता, कांग्रेसले दुई सय २२ सिट हात पारेको थियो । स्थानीय तहमा प्राप्त मतमध्ये सबैभन्दा धेरै एमालेले ६८ हजार ६ सय ४७ र माओवादीले ३० हजार ४४८ मत प्राप्त गरेका थिए । कांग्रेसले ६३ हजार एक सय ३९ मत प्राप्त गरेको थियो ।

वामपन्थी तालेमलमा दुई दलको मत जोड्दा ९९ हजार ९५ हुन जान्छ । जनमोर्चा नेपालको मत अझै जोडिएको छैन । नयाँ मतदातासमेतको मत जोड्दा वाम गठबन्धनमा झन्डै सबा लाख मत खस्ने अनुमान गरिएको छ ।

केही मत नयाँ थपिँदा र फोरम, राप्रपालगायतका दलहरूले मत दिँदा कांग्रेसको पक्षमा पनि झन्डै ७५ हजार मत रहेको अनुमान गरिएको छ । वाम गठबन्धनभित्र खटपट भएन र अन्तर्घात नहुँदा ४० हजार मत फरक पर्ने देखिन्छ ।

दुई लाख ७२ हजार मतदाता

प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनका लागि जिल्लामा दुई लाख ७२ हजार दुई सय ८७ ले मतदान गर्न पाउने भएका छन् । यो संख्या स्थानीय तहको निर्वाचनभन्दा ४१ हजार चार सय ३८ धेरै हो । जिल्लामा रहेका कुल मतदातामध्ये महिला एक लाख ३५ हजार तीन सय ९७, पुरुष एक लाख ३६ हजार आठ सय ८९ र तेस्रो लिंगी एकजना रहेका छन् ।

जिल्ला निर्वाचन कार्यालय काभ्रेका निर्वाचन अधिकारी मधुकर पोखरेलका अनुसार स्थानीय तहको निर्वाचनमा दुई लाख ३० हजार आठ सय ४९ मतदाताको नामावली प्रकाशन भएको थियो । प्रतिनिधिसभाका लागि दुईवटा मात्रै निर्वाचन क्षेत्र रहेको काभ्रेपलाञ्चोक जिल्लामा सबैभन्दा धेरै मतदाता दुई नम्बर क्षेत्रमा छन् ।

जसमा ६८ हजार नौ सय ९० पुरुष, ६९ हजार पाँच सय २२ महिला मतदाता छन् । जम्मा मतदाताको संख्या एक लाख ३८ हजार पाँच सय १२ रहेको छ । क्षेत्र नम्बर १ मा ६७ हजार ८९९ पुरुष, ६५ हजार ८७५ महिला गरी एक लाख ३३ हजार सात सय ५५ मतदाता छन् ।

प्रकाशित मिति : २०७४, १६ मंसिर शनिबार  ७ : १२ बजे

कस्तो रहनेछ आजको मौसम ?

काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ

फूलपाती भित्र्याउने तरिका फरक होला तर विधि समान हुन्छ : डा.नारायण प्रसाद निरौला

काठमाडौं । बडादशैंको सातौँ दिन आश्विन शुक्ल सप्तमीका दिन देशभर

सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह

काठमाडौं । कुनै समय नेपाल आउने अधिकांश पर्यटक काठमाडौंका ऐतिहासिक

घुन्सा हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएकाहरूको सम्झनामा निर्मित अर्धसालिक

विसं २०६३ असोज ७ गते ताप्लेजुङको घुन्सामा भएको हेलिकप्टर दुर्घटनामा

चिनियाँ लगानीको मासु प्रशोधन उद्योगमा कमाउ धन्दा, उद्योग प्रशासक शर्माकै मिलेमतो !

सिन्धुली । निर्माणाधिन सिन्धुलीको मासु प्रशोधन उद्योगमा अबैध रुपमा काममा