२०८३, ११ श्रावण मंगलबार

कडा सुरक्षाका बीच रुकुम पश्चिमका दुई मतदान केन्द्रमा आज पुनः मतदान हुँदै

कडा सुरक्षाका बीच रुकुम पश्चिमका दुई मतदान केन्द्रमा आज पुनः मतदान हुँदै


गत १० गते भएको पहिलो चरणको निर्वाचनका क्रममा स्थगित भएका रुकुम पश्चिमका दुई मतदान केन्द्रमा शुक्रबार १५ गते पुनःमतदान हुने भएको छ । मतपेटिकामा एसिड हालेर मतपत्र जलाएपछि मतदान स्थगित भएको थियो । मतदान स्थगित भएका बाँफीकोट गाउँपालिका र आठबिसकोट नगरपालिकाका एक/एक मतदान केन्द्रमा पुनः मतदान सबै तयारी पूरा भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।

मतदानका लागि मतदान अधिकृतलगायतका कर्मचारी सम्बन्धित मतदान केन्द्रमा पुगिसकेको बताएको छ । निर्वाचन आयोगले दिएको निर्देशनअनुसार मुख्य निर्वाचन अधिकृतको कार्यालयले पुनः मतदानका लागि कर्मचारी खटाएको मुख्य निर्वाचन अधिकृत काजीबहादुर राईले जानकारी दिनुभयो । बाँफीकोट गाउँपालिका– ५, को रत्न आधारभूत विद्यालय काँडाको (क) मतदान केन्द्रमा प्रतिनिधिसभा सदस्यको निर्वाचन हुनेछ भने आठबिसकोट नगरपालिका–११ को नेपाल राष्ट्रिय मावि गतसैनाको (ख) मतदान केन्द्रमा समानुपातिकतर्फको मात्रै मतदान हुने उहाँले बताउनुभयो । दुवै मतदान केन्द्रमा सुरक्षा व्यवस्था कडा पारिएको जिल्ला प्रहरी कार्यालय रुकुमका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद धमलाले बताउनुभयो ।

बाँफीकोटको मतदान अधिकृतमा जिल्लाका सहायक निर्वाचन अधिकृतसमेत रहनुभएका तेजप्रसाद पौडेललाई खटाइएको छ भने आठबिसकोटको मतदान केन्द्रमा जिल्ला शिक्षा अधिकारी कर्णबहादुर कुँबर मतदान अधिकृतका रुपमा खटिनुभएको छ । बाँफीकोटको मतदान केन्द्रको मतपेटिकामा २४६ मत खसेको थियो । आठबीसकोटको मतपेटिकामा ३०३ मत खसेको थियो । दुवै मतपेटिकामा आगो देखिएपछि पानी हालेर निभाइएको थियो । एसिड हालेको आशंकामा प्रहरीले बाँफीकोटबाट कल्पना केसी र आठबीसकोटबाट केशव खड्कालाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : २०७४, १५ मंसिर शुक्रबार  ८ : ३६ बजे

नारायणी अस्पताल संकटमा : ४० चिकित्सकको सामूहिक राजीनामा, आकस्मिक सेवा पनि ठप्प

काठमाडौं । वीरगन्जस्थित नारायणी अस्पतालमा चिकित्सकमाथि भएको कुटपिट र त्यसपछि

देशभरका अधिकांश अस्पतालमा आकस्मिकबाहेकका स्वास्थ्य सेवा बन्द, हजारौं बिरामी प्रभावित

काठमाडौं । नेपाल चिकित्सक संघको आन्दोलनका कारण मंगलबार देशभरका अधिकांश

सिरहामा राजमार्ग अवरुद्ध गर्दै प्रदर्शन, प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग

जनकपुरधाम ।   सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा प्रहरीको गोली लागेर २४ वर्षीय

लुम्बिनी सरकारबाट कांग्रेस बाहिरिँदै, पाँच मन्त्रीले आजै राजीनामा दिने

रुपन्देही । नेकपा एमाले र नेकपाबीच सत्ता सहकार्यका लागि सहमति

इरान युद्धमा ट्रम्प प्रशासनभित्रै ‘रणनीतिक विद्रोह’, भान्स र सेना प्रमुखले रोके लामो युद्धको बाटो

काठमाडौं । इरानमाथि करिब दुई सातादेखि जारी अमेरिकी सैन्य कारबाहीमा