२०८२, ८ माघ बिहीबार

स्याङजामा ओलीको भावुक सम्बोधन– म भित्र जनताले दिएको किड्नी छ, जनताको सेवामै जीवन विताउँछु

स्याङजामा ओलीको भावुक सम्बोधन– म भित्र जनताले दिएको किड्नी छ, जनताको सेवामै जीवन विताउँछु

स्याङजा/ एमाले अध्यक्ष केपी शर्मा ओलीले अव बन्ने सरकार अहिलेको जस्तो नाफाखोर नहुने वताउनुभएको छ । स्याङजाको पुतलीवजारमा आयोजित वाम गठबन्धनको संयुक्त चुनावी सभालाई सम्बोधन गर्दै ओलीले कम्युनिस्ट पार्टीको सरकार बने अधिनायकवाद आउँछ भन्ने हल्ला कांग्रेसले चलाएको भन्दै पटक पटक बहुमत ल्याएर कांग्रेसले के गर्यो भन्ने प्रश्न गर्नुभयो ।

‘पहिले कम्युनिस्टको सरकार आए बूढाबूढीलाई गोली हानेर ढाल्दिन्छ भन्ने हल्ला चलायो कांग्रेसले । अहिले बृद्धबृद्धाहरु मासिक ५ हजारको गोली खाइरहेका छन्’ ओलीले भन्नुभयो, ‘अव त्यो पुरानो कुरा भनेर जनताले पत्याउँदैनन्, कम्युनिस्ट सरकार बने अधिनायकवाद आउँछ भन्ने हल्ला चलाएर हिंडेका छन् ।’
ओलीले आफूहरुले अवको चुनावबाट कम्युनिस्ट पार्टीको सरकार बनाउनै खोजेको स्पष्ट पार्नुभयो । ‘हो हामी अव कम्युनिस्टको सरकार बनाउँछौं, जनताको सेवा गर्छाैं, देशको विकास गर्छाैं’ ओलीको प्रश्न थियो, ‘कांग्रेसले पटक पटक बहुमत ल्याएर के गर्यो ?’ आफू मिर्गाैलाको विरामी भएको वताउँदै ओलीले शरीरभित्र जनताको मिर्गाैला राखिएको र त्यसले जनताको सेवामा आफ्नो जीवन समर्पित गर्न प्रेरणा दिएको वताउनुभयो ।

‘म भित्र जनताले दिएको किड्नी छ, मैले पाएको यो जिन्दगी जनताको सेवामा लगाउँछु’ ओलीको भनाई थियो, ‘खान नपाएर जनता भोकै बस्ने अवस्था अन्त्य गर्छु, लाउन नपाएर नाङ्गै बस्नु पर्ने अवस्था अन्त्य गर्छु, न्याय नपाएर अन्यायमा पिल्सिने अवस्था अन्त्य गर्छु, विकास नभएर दुःख पाउने अवस्था अन्त्य गर्छु ।’ ओलीले अव बन्ने सरकार अहिलेको जस्तो नाफाखोर नभएर जनताको सरकार हुने वताउनुभयो ।

‘अव मंसिरमा बन्ने सरकार अहिलेको जस्तो कमिशनखोर र नाफाखोर सरकार हुँदैन, त्यो जनताको सरकार हुन्छ’ ओलीले भन्नुभयो, ‘हामीले यहाँ पेट्रोलखानी पत्ता लगाएका छौं, पेट्रोल निकाल्छौं, फलामखानीबाट फलाम निकाल्छौं, रेल ल्याउँछौं, यहाँका उत्पादनलाई विदेशका वजारमा पुर्याउँछौं र समृद्ध हुन्छौं ।’

उहाँले एमाले र माओवादीबीच अहिले चुनावी तालमेल मात्र गरिएकाले फरक फरक चुनाव चिन्ह लिएर चुनावमा जानु परेको वताउँदै दुवै पार्टीका शुभचिन्तकले एउटै पार्टीको रुपमा मतदान गर्न आव्हान गर्नुभयो । ‘अहिले प्राविधिक कारणले अलग पार्टीको उम्मेदवार भए पनि दुई महिनापछि पार्टी एउटै हुन्छ, सांसद एउटै पार्टीको हुन्छ’ ओलीको भनाई थियो, ‘एमाले र माओवादीमा कुन पार्टीको हो हेर्नु पर्दैन, साझा उम्मेदवार सबैलाई जिताउँ ।’
ओलीको भावुक सम्बोधन– म भित्र जनताले दिएको किड्नी छ, जनताको सेवामै जीवन विताउँछु

स्याङजा, ३० कात्तिक– एमाले अध्यक्ष केपी शर्मा ओलीले अव बन्ने सरकार अहिलेको जस्तो नाफाखोर नहुने वताउनुभएको छ । स्याङजाको पुतलीवजारमा आयोजित वाम गठबन्धनको संयुक्त चुनावी सभालाई सम्बोधन गर्दै ओलीले कम्युनिस्ट पार्टीको सरकार बने अधिनायकवाद आउँछ भन्ने हल्ला कांग्रेसले चलाएको भन्दै पटक पटक बहुमत ल्याएर कांग्रेसले के गर्यो भन्ने प्रश्न गर्नुभयो ।

‘पहिले कम्युनिस्टको सरकार आए बूढाबूढीलाई गोली हानेर ढाल्दिन्छ भन्ने हल्ला चलायो कांग्रेसले । अहिले बृद्धबृद्धाहरु मासिक ५ हजारको गोली खाइरहेका छन्’ ओलीले भन्नुभयो, ‘अव त्यो पुरानो कुरा भनेर जनताले पत्याउँदैनन्, कम्युनिस्ट सरकार बने अधिनायकवाद आउँछ भन्ने हल्ला चलाएर हिंडेका छन् ।’
ओलीले आफूहरुले अवको चुनावबाट कम्युनिस्ट पार्टीको सरकार बनाउनै खोजेको स्पष्ट पार्नुभयो । ‘हो हामी अव कम्युनिस्टको सरकार बनाउँछौं, जनताको सेवा गर्छौं, देशको विकास गर्छौं’ ओलीको प्रश्न थियो, ‘कांग्रेसले पटक पटक बहुमत ल्याएर के गर्यो रु’ आफू मिर्गौलाको विरामी भएको वताउँदै ओलीले शरीरभित्र जनताको मिर्गौला राखिएको र त्यसले जनताको सेवामा आफ्नो जीवन समर्पित गर्न प्रेरणा दिएको वताउनुभयो ।

‘म भित्र जनताले दिएको किड्नी छ, मैले पाएको यो जिन्दगी जनताको सेवामा लगाउँछु’ ओलीको भनाई थियो, ‘खान नपाएर जनता भोकै बस्ने अवस्था अन्त्य गर्छु, लाउन नपाएर नाङ्गै बस्नु पर्ने अवस्था अन्त्य गर्छु, न्याय नपाएर अन्यायमा पिल्सिने अवस्था अन्त्य गर्छु, विकास नभएर दुःख पाउने अवस्था अन्त्य गर्छु ।’ ओलीले अव बन्ने सरकार अहिलेको जस्तो नाफाखोर नभएर जनताको सरकार हुने वताउनुभयो ।

‘अव मंसिरमा बन्ने सरकार अहिलेको जस्तो कमिशनखोर र नाफाखोर सरकार हुँदैन, त्यो जनताको सरकार हुन्छ’ ओलीले भन्नुभयो, ‘हामीले यहाँ पेट्रोलखानी पत्ता लगाएका छौं, पेट्रोल निकाल्छौं, फलामखानीबाट फलाम निकाल्छौं, रेल ल्याउँछौं, यहाँका उत्पादनलाई विदेशका वजारमा पुर्याउँछौं र समृद्ध हुन्छौं ।’

उहाँले एमाले र माओवादीबीच अहिले चुनावी तालमेल मात्र गरिएकाले फरक फरक चुनाव चिन्ह लिएर चुनावमा जानु परेको वताउँदै दुवै पार्टीका शुभचिन्तकले एउटै पार्टीको रुपमा मतदान गर्न आव्हान गर्नुभयो । ‘अहिले प्राविधिक कारणले अलग पार्टीको उम्मेदवार भए पनि दुई महिनापछि पार्टी एउटै हुन्छ, सांसद एउटै पार्टीको हुन्छ’ ओलीको भनाई थियो, ‘एमाले र माओवादीमा कुन पार्टीको हो हेर्नु पर्दैन, साझा उम्मेदवार सबैलाई जिताउँ ।’

प्रकाशित मिति : २०७४, ३० कार्तिक बिहीबार  ८ : ५७ बजे

प्रचण्ड बिरुद्ध सिन्धुली नेकपामा विद्रोह, राजन विरुद्ध महेश्वर दाहालले दिए उम्मेदवारी

सिन्धुली नेकपामा बिद्रोह भएको छ । जिल्लाको शिफारिश बिपरित प्रचण्डले

सिन्धुली एमालेका कटुवाल र थापाले दर्ता गराए उम्मेदवारी

सिन्धुली: नेकपा एमाले सिन्धुलीका तर्फबाट प्रतिनिधि सभा क्षेत्र नं १

काठमाडौं-३ : कुलमान घिसिङसँग कांग्रेसले दुजाङ शेर्पा भिडाउने

काठमाडौं । आगामी प्रतिनिधिसभा निर्वाचनका लागि उज्यालो नेपाल पार्टीका अध्यक्ष

अध्यक्ष दुगडको ८०औँ जन्मदिनमा देशव्यापी रक्तदान, तीन बिरामीको ज्यान जोगियो

काठमाडौँ । एम.भी. दुगड ग्रुपले अध्यक्ष मोतीलाल दुगडको ८०औँ जन्मदिनको

सरकार भयरहित चुनावका लागि शान्ति सुरक्षा कायम गर्न असफल भयो : अध्यक्ष ओली

झापा । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले भयरहित