२०८३, ३० आश्विन शनिबार

संखुवासभामा  एमाले नेता राजेन्द्र गौतमसहित ४ नेता चढेको गाडी एम्बुसमा पर्यो

संखुवासभामा  एमाले नेता राजेन्द्र गौतमसहित ४ नेता चढेको गाडी एम्बुसमा पर्यो


काठमाडौं/ संखुवासभा स् बामगठबन्धन संखुवासभाको प्रतिनिधिसभाको उम्मेदवार चढेको गाडि एम्बुसमा परेको छ । बामगठबन्धनका प्रतिनिधिसभको उम्मेदवार राजेन्द्र गौतमसहित ४ जना नेता सवार गाडी एम्बुसमा परेको हो । मंगलबार चुनावी सभालाई सम्बोधन गर्नका लागि धुपुबाट बाह्रबिसे जाँदै गरेको गाडी एम्बुसमा परेको हो । एम्बुस बिस्पोटका कारण गाडीमा सामान्य क्षति पुगेको बताइएको छ । एम्बुस कसले थापेको हो कसैले जिम्मा लिएको छैन् ।

गाडीमा एमाले नेता राजेन्द्र गौतम, समानुपातिक सभासद् इन्दिरा मिश्र ‘चेतना’, माओवादी केन्द्रका नेता राजेन्द्र कार्की ‘नबिन’ र पूर्ण राईसहित सवार रहेको जानकारी प्राप्त भएको छ । बाह्रबिसेमा गठबन्धनले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्न बिहानै त्यसतर्फ हिडेका हुन् । उक्त बिस्पोटपछि त्यहाँ केही समय हेलिकप्टरले गस्ती समेत गरेको छ ।

बिस्पोट कसले र किन गराएको हो भन्ने बारे केहि जानकारी नभएको र उनीहरुको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ । यस्तै भोजपुरमा आजै विहान बामगठबन्धनका उम्मेदवार तथा एमाले नेता शेरधन राई माथी पनि बम प्रहार भएको थियो ।

प्रकाशित मिति : २०७४, २८ कार्तिक मंगलबार  ३ : १९ बजे

कस्तो रहनेछ आजको मौसम ?

काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ

फूलपाती भित्र्याउने तरिका फरक होला तर विधि समान हुन्छ : डा.नारायण प्रसाद निरौला

काठमाडौं । बडादशैंको सातौँ दिन आश्विन शुक्ल सप्तमीका दिन देशभर

सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह

काठमाडौं । कुनै समय नेपाल आउने अधिकांश पर्यटक काठमाडौंका ऐतिहासिक

घुन्सा हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएकाहरूको सम्झनामा निर्मित अर्धसालिक

विसं २०६३ असोज ७ गते ताप्लेजुङको घुन्सामा भएको हेलिकप्टर दुर्घटनामा

चिनियाँ लगानीको मासु प्रशोधन उद्योगमा कमाउ धन्दा, उद्योग प्रशासक शर्माकै मिलेमतो !

सिन्धुली । निर्माणाधिन सिन्धुलीको मासु प्रशोधन उद्योगमा अबैध रुपमा काममा