२०८२, २ श्रावण शुक्रबार

प्रहरीको अस्पतालमा सर्वसाधारणले पनि उपचार गर्न पाउने

प्रहरीको अस्पतालमा सर्वसाधारणले पनि उपचार गर्न पाउने


काठमाडौं/नेपाल प्रहरीको अस्पतालमा आइतबारबाट सर्वसाधारणले पनि उपचार गर्न पाउने गरि सेवा सुरु गरेको छ । प्रहरी महानिरीक्षक प्रकाश अर्यालले महाराजगंजस्थित नेपाल प्रहरी अस्पताल परिसरमा एक कार्यक्रमका बीच सर्वसाधाणका लागि स्वास्थ्य सेवा शुभारम्भ गरेका हुन् ।

सेवाको शुभाम्भ गर्दै प्रहरी महानिरीक्षक अर्यालले संवैधानिक व्यवस्था अनुसार नागरिकलाई स्वास्थ्य सेवामा पहुँच पुर्‍याउन अस्पतालले पनि सर्वसाधारणका लागि स्वास्थ्य सेवा सुरु गर्नु परेको स्पष्ट पारे ।

कार्यक्रममा अस्पतालका मेडिकल डाईरेक्टर प्राविधिक प्रहरी अतिरिक्त महानिरीक्षक डा। दिनेशचन्द्र पोखरेलले अस्पतालमा सर्वसाधारणको सेवा शुभारम्भ भएसँगै थप पूर्वाधार विकास र जनशक्ति व्यवस्थापन गर्न सरकार र प्रहरी संगठनको सहयोग मिल्ने विश्वास व्यक्त गरे ।

सर्वसाधारणका लागि हाललाई दिउँसो साढे १ बजेदेखि ३ बजेसम्म ओपीडी सेवाको व्यवस्था गरिएको छ । अस्पतालमा सर्वसाधारणका लागि ३२ वटा बेडको व्यवस्था गरिएको छ । २११ वटा बेड रहेको अस्पतालमा ३२ वटा सर्वसाधारणका लागि छुटट्याइएको हो । अस्पतालको सेवा शुल्क भने अन्य सरकारी अस्पताल सरहनै हुनेछ ।

प्रकाशित मिति : २०७४, २६ कार्तिक आईतबार  १ : ४९ बजे

आजको तरकारी र फलफूलको मूल्य कति ?

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज

श्रमिकको न्यूनतम तलब बढेर १९ हजार पाँच सय ५० पुग्यो

काठमाडौं । सरकारले श्रमिकको न्यूनतम तलब बढाएको छ । श्रमिकको

एमालेमा वरिष्ठ उपाध्यक्ष खारेज गर्दै ११ सदस्यीय पदाधिकारी र १९९ सदस्यीय केन्द्रीय समिति हुने

काठमाडौं । सत्तारुढ नेकपा एमालेले सचिवालयमा गरमागरम बहश भएको छ ।

काठमाडौँमा डेङ्गीको जोखिम बढ्यो, सचेत रहन आग्रह

काठमाडौं । नियमित पानी परेकाले डेङ्गी सङ्क्रमणको जोखिम बढेको भन्दै