२०८३, १५ आश्विन शुक्रबार

डाँडापारीबासीको गुण तिर्ने बाम गठबन्धनको उद्घोष

डाँडापारीबासीको गुण तिर्ने बाम गठबन्धनको उद्घोष


धुलिखेल/ बाम गठबन्धनका उम्मेदवारहरुले काभ्रे जिल्लाको दुर्गम डाँडापारी क्षेत्रमा कुनै पनि हालतमा मोटर बाटो पुर्याउने उद्घोष गरेका छन् । तालढुंगामा भएको बिशाल आमसभालाई सम्बोधन गर्दै प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ का उम्मेदवार गंगा बहादुर दोङ र प्रदेशसभा (ख) का उम्मेदवार चन्द्र लामाले यस्तो बताएका हुन् ।

दोङले डनवाद र धनवादको हल्ला फिजाएर काँग्रेस उम्मेदवारहरुले लोकतन्त्रको धज्जी उडाएको भन्दै बाम गठबन्धन बाहेक डाँडापारीलाई समृद्ध बनाउने योजना अरुसँग नरहेको ठोकुवा गरे । खोपासी तालढुङ्ग सडक निर्माण नहुनुमा राजनितिक अस्थिर्ता मूख्य कारण रहेको भन्दै उनले ढुक्क भएर बाम गठबन्धनलाई मतदान गर्न आह्वान गर्दै भने “आफ्नै गाउँमा मोटर पुगेको हेर्ने डाँडापारी बासीको इच्छा पुरा गरेरै छाड्छौँ ।” दोङले जनयुद्धमा डाँडापारी जनताले आफुहरुलाई आसाध्यै माया गरेको उल्लेख गर्दै फेरी एकपटक माया गरेर गुण फिर्ता गर्न आफुलाई मतदान गर्न आह्वान गरे । “तपाईहरुले त्यो बेला धेरै माया गरेर गुण लगाउनु भएको छ, अब एक पटक भोट हालेर त्यो अवसर दिनोस्, हामी गुण तिछौँ ।”

प्रदेशसभाका उम्मेदवार लामाले खोपासी तालढुङ्गा सडकको ठेक्का लिने र लथालिङ्ग छोडेर डाँडापारीबासीलाई दुःख, कष्ट दिनेहरुलाई भोट माग्ने नैतिक अधिकार नभएको टिप्पणी गरे । “जसले तपाईहरु मोटर बाटो समयमै नखनिदिएर दुःख दियो, आज तीनै ब्यक्तिहरु भोट माग्न आइरहेका छन्, लामाले भने “अब तपाईहरुले सोध्ने बेला भइसक्यो हाम्रो सडकको जिम्मा लिएर पुरा नगर्ने तपाइलाइ हामीले किन भोट हाल्ने ?” उनले धाक, धम्की र डनहरुलाइ नभई न्याय र समृद्धी चाहाने बाम गठबन्धनका उम्मेदवारलाई भोट दिन डाँडापारी बासीलाई आग्रह गरे ।

प्रकाशित मिति : २०७४, २५ कार्तिक शनिबार  ४ : ०२ बजे

चाडपर्वमा काठमाडौंको सुरक्षा कडा : ३५ सय प्रहरी, ड्रोन र स्निफर डग परिचालन

काठमाडौं । दसैं, तिहार र छठलाई लक्षित गर्दै काठमाडौं प्रहरीले

भारतमा प्रदर्शन चर्कियो : जन्तरमन्तरबाट ७०० भन्दा बढी पक्राउ

काठमाडौं। भारतमा मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा माग्दै सुरु

रूख काटेर इतिहास मेटाउने !

सिन्धुली । नेपाली कांग्रेस सिन्धुलीका सचिव इश्वर बस्नेतले रूख काटेर

ग्लोबल आइएमई बैंकका शेयरधनीलाई १० प्रतिशत लाभांश, नाफा १६ प्रतिशत बढ्यो

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले शेयरधनीलाई चुक्ता पुँजीको १०

शिक्षा र ज्ञानलाई समाज, राष्ट्र र वातावरणको हितमा प्रयोग गर्न मुख्यमन्त्री थापाको आग्रह

हेटौँडा । वागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले शिक्षा र