२०८३, १३ कार्तिक शुक्रबार

डाँडापारीबासीको गुण तिर्ने बाम गठबन्धनको उद्घोष

डाँडापारीबासीको गुण तिर्ने बाम गठबन्धनको उद्घोष


धुलिखेल/ बाम गठबन्धनका उम्मेदवारहरुले काभ्रे जिल्लाको दुर्गम डाँडापारी क्षेत्रमा कुनै पनि हालतमा मोटर बाटो पुर्याउने उद्घोष गरेका छन् । तालढुंगामा भएको बिशाल आमसभालाई सम्बोधन गर्दै प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ का उम्मेदवार गंगा बहादुर दोङ र प्रदेशसभा (ख) का उम्मेदवार चन्द्र लामाले यस्तो बताएका हुन् ।

दोङले डनवाद र धनवादको हल्ला फिजाएर काँग्रेस उम्मेदवारहरुले लोकतन्त्रको धज्जी उडाएको भन्दै बाम गठबन्धन बाहेक डाँडापारीलाई समृद्ध बनाउने योजना अरुसँग नरहेको ठोकुवा गरे । खोपासी तालढुङ्ग सडक निर्माण नहुनुमा राजनितिक अस्थिर्ता मूख्य कारण रहेको भन्दै उनले ढुक्क भएर बाम गठबन्धनलाई मतदान गर्न आह्वान गर्दै भने “आफ्नै गाउँमा मोटर पुगेको हेर्ने डाँडापारी बासीको इच्छा पुरा गरेरै छाड्छौँ ।” दोङले जनयुद्धमा डाँडापारी जनताले आफुहरुलाई आसाध्यै माया गरेको उल्लेख गर्दै फेरी एकपटक माया गरेर गुण फिर्ता गर्न आफुलाई मतदान गर्न आह्वान गरे । “तपाईहरुले त्यो बेला धेरै माया गरेर गुण लगाउनु भएको छ, अब एक पटक भोट हालेर त्यो अवसर दिनोस्, हामी गुण तिछौँ ।”

प्रदेशसभाका उम्मेदवार लामाले खोपासी तालढुङ्गा सडकको ठेक्का लिने र लथालिङ्ग छोडेर डाँडापारीबासीलाई दुःख, कष्ट दिनेहरुलाई भोट माग्ने नैतिक अधिकार नभएको टिप्पणी गरे । “जसले तपाईहरु मोटर बाटो समयमै नखनिदिएर दुःख दियो, आज तीनै ब्यक्तिहरु भोट माग्न आइरहेका छन्, लामाले भने “अब तपाईहरुले सोध्ने बेला भइसक्यो हाम्रो सडकको जिम्मा लिएर पुरा नगर्ने तपाइलाइ हामीले किन भोट हाल्ने ?” उनले धाक, धम्की र डनहरुलाइ नभई न्याय र समृद्धी चाहाने बाम गठबन्धनका उम्मेदवारलाई भोट दिन डाँडापारी बासीलाई आग्रह गरे ।

प्रकाशित मिति : २०७४, २५ कार्तिक शनिबार  ४ : ०२ बजे

काठमाडौंमा बिहानैदेखि झरी, जनजीवन प्रभावित; भारी वर्षाको चेतावनी

काठमाडौं । काठमाडौं उपत्यकासहित देशका विभिन्न भागमा वर्षा भएपछि जनजीवन

लागुऔषध कारोबारी नियन्त्रणमा लिन मोरङ प्रहरीको ८ राउण्ड फायर, दुई भारतीय घाइते, तीन पक्राउ

विराटनगर । मोरङको रतुवामाईमा लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिन प्रहरीले आठ

पर्यटनमा विश्वास जगाउन मे २०२७ मा विश्व शान्ति पूजा

काठमाडौं । पछिल्लो समय हिमाली क्षेत्रमा भइरहेका दुर्घटना र प्राकृतिक

कालीमाटीमा आज तरकारी र फलफूलको मूल्य कति ? हेर्नुहोस् सूची

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका

आज र भोलि देशभर वर्षा र हिमपातको सम्भावना, केही स्थानमा अति भारी वर्षाको चेतावनी

काठमाडौं । देशका अधिकांश स्थानमा आज र भोलि मेघगर्जन, चट्याङसहित