२०८३, २० आश्विन बुधबार

काठमाडौंमा प्रकाशमानको आत्मबल गिर्दै !

काठमाडौंमा प्रकाशमानको आत्मबल गिर्दै !


साझा र विवेकशील पार्टीका कारण काठमाडौंको मेयरमा हार व्यहोर्नु परेको निष्कर्षमा पुगेको नेपाली कांग्रेस सुरक्षित मानिएको काठमाडौं क्षेत्र नम्बर १ पनि गुम्ने आशंकाले त्रसित बनेको छ ।  पार्टीका सशक्त नेता प्रकाशमान सिंहले भारी मतले जित्नै आएको काठमाडौं क्षेत्र नम्बर १ मा यसपटक भने त्रिपक्षीय भिडन्त हुँदैछ । साझा विवेकशील पार्टीका उम्मेदवार रवीन्द्र मिश्र र वामगठबन्धनका उम्मेदवार अनिल शर्माको अवस्था पनि सशक्त देखिन्छ ।

दुई प्रतिस्पर्धी सशक्त रुपमा प्रस्तुत भएपछि कांग्रेसका उम्मेदवार प्रकाशमान सिंह निकै तनावमा परेका छन् । चुनाव प्रचारमा पनि निकै आक्रामक अभिव्यक्ति दिन थालेका छन् । चुनावी सार्वजनिक कार्यक्रममै उनले ओकलेको विष बमनले मानसिकता गलिसकेको र आत्मबल गिर्दै गएको प्रष्टै हुन्छ । प्रकाशमान कांग्रेसका भद्र र शालिन नेतामै पर्छन् । पिता गणेशमान सिंहकै बिरासतले काठमाडौंमा लोकप्रिय रहेका प्रकाशमानले उत्तेजित अभिव्यक्ति दिन थालेपछि कांग्रेसभित्रै हलचल आएको छ । ‘प्रकाशमानले हार्छन् कि क्या हो’ भन्दै बहस र चर्चा हुन थालेको छ ।  हिजोआज चुनावी कार्यक्रममा काठमाडौं मुुटु मानिने क्षेत्र नम्बर एक मै व्यस्त प्रकाशमान निकै आक्रामक रुपमा प्रस्तुत हुन थालेका छन् । गत शनिबार आयोजित एक कार्यक्रममा उनले प्रतिस्पर्धी रवीन्द्र विश्रको यसरी दोलो काटे कि मतदाताले मिश्रलाई रोजिसके, अब आफ्नो कुनै खैराद छैन । मतदान गर्नुअघि दस पटक सोच्न मतदातालाई आग्रह गरेका उनले ‘देश हाँक्छु भनेर हिँडेका नेतालाई जिताउँदा राम्रो हुन्छ कि विदेशमा बसेर डलर कमाएर आएकाले म सुधार गर्छु भन्दैमा पत्याउनु हुन्छ’ भन्दै झर्किए पनि । उनले आफू लोकतन्त्रका लागि लडिरहँदा राजतन्त्रको पक्षमा कमल चोप्नेहरु अहिले क्रान्तिकारी उम्मेदवार बनेको आरोप मात्र लगाएनन् मिश्रका पितालाई गालीगलोज गर्न समेत भ्याए । ‘बहुदलीय व्यवस्था ध्वस्त नभएसम्म घरबाट बाहिर आउँदिन भन्नेको छोरा र तपाईहरुलाई रैतीबाट जनता बनाउने पिताको छोरा उम्मेदवार छ, विचार गर्नुहोला’ यो अभिव्यक्तिले प्रकाशमानको आत्मबल बढेको होइन कमजोर भएको देखाउँछ ।

सिंहको बुधबारको चुनावी सभामा व्यक्त अभिव्यक्तिले पनि पराजयको डरले विचलित हुँदै गएको झल्को दिन्छ । बुद्धनगरमा आयोजित सभामा सिंहले आफू भोलि प्रधानमन्त्री र पार्टी सभापति हुन सक्ने व्यक्ति भएको भन्दै भोट मागे । जुन अभिव्यक्ति काठमाडौं–१ का मतदाताका लागि आवश्यक पर्छ त ? किनकि यहाँका मतदाताले ‘को–कस्तो ?’ भन्ने प्रष्टै छुट्याउन र खोट्याउन सक्छन् । चुनावी सभामा प्रकाशमानले दुर्गम गाउँमा जस्तो आफ्नो हैसियतको पनि व्याख्या गर्दै हिंड्न थालेका छन् । ‘म प्रवल सम्भावना भएको व्यक्ति हुँ । पार्टी उपभापति भएँ, पटकपटक मन्त्री र उपप्रधानमन्त्री भइसकेँ । अब फेरि चुनेर पठाउनु भयो भने के हुने सम्भावना छ तपाईहरु आफैं विचार गर्नुस् ।’ उनको यो अभिव्यक्ति पनि यहाँको मतदाताका लागि सुहाउँदैन । तैपनि काठमाडौंको मेयरले झैं चुनाव हार्नु पर्ने हो कि भन्ने त्रासले दूरदराजका मतदातालाई फकाए जसरी अभिव्यक्ति दिन थालेका छ ।  अझ रोचक कुरा त ‘हुटिट्याउँले आकास थाम्छ’ भन्दै मिश्रको आलोचना गर्न कुनै चुनावी सभा, भेटघाट र घरदैलो कार्यक्रममा छुटाएका छैनन् । प्रकाशमानविरुद्ध एक महिना अगाडि नै उम्मेदवारी घोषणा गरेर घरदैलोमा निस्किएका मिश्रले कांग्रेसको धेरै भोट काट्ने अनुमान र विश्लेषण गर्न थालिएकाले पनि सिंह मिश्रविरुद्ध बढी आक्रामक बनेका हुन् । तर, यसले उनको आत्मबल बढेको भन्दा गिराएको आभाष भइरहेको छ ।

चुनावको मिति नजिकिंदै गर्दा काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ को चुनावी प्रतिस्पर्धा निकै रोचक बन्दै गइरहेको छ । उपत्यकाका अन्य निर्वाचन क्षेत्रमा वाम गठबन्धन र कांग्रेसवीच प्रतिस्पर्धा हुने देखिए पनि काठमाडौं १ मा भने कांग्रेस, वामगठबन्धन र विवेकशील साझा पार्टीवीच नै टक्कर पर्ने देखिन्छ ।  रविन्द्र मिश्रले प्रकाशमानको भोट काटेर वाम गठबन्धनका उम्मेदवारलाई सजिलो बनाउने विश्लेषण पनि गर्न थालिएको छ । गत स्थानीय चुनावको मतपरिणामलाई हेर्दा यहाँ सबैभन्दा बलियो पनि वामगठबन्धन नै देखिन्छ । तर, यहाँका मतदाताले जोसुकैलाई मत दिनसक्ने भएकाले सिंह, शर्मा र मिश्र कसले बाजी मार्ने हुन् यसै भन्न सकिने अवस्था भने छैन ।।

 

प्रकाशित मिति : २०७४, २५ कार्तिक शनिबार  ९ : ५६ बजे

वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने

काठमाडौं । नेपाली कांग्रेसको काठमाडौंमा जारी १५औँ महाधिवेशनअन्तर्गत आज बिहान

गगन थापाको बाटो खुल्यो, किशोर राठौरले छाडे सभापतिको दौड

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति पदका उम्मेदवार किशोरसिंह

कांग्रेस महाधिवेशन : पदाधिकारीमा को–को भिड्दैछन् ? यस्तो छ पूरा सूची

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि

कांग्रेस महाधिवेशन : सहमहामन्त्रीमा कुन समूहमा को–को भिड्दै छन् ?

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्रीका विभिन्न समूहमा उम्मेदवारी

एमाले स्थायी कमिटी बैठकमा पहिलोपटक विद्या भण्डारी

काठमाडौं । नेकपा एमालेले बिहीबार स्थायी कमिटी बैठक बस्ने भएको