२०८२, ५ फाल्गुन मंगलबार

 म ललितपुरलाई नमुना जिल्ला बनाउछुः नवराज सिलवाल

 म ललितपुरलाई नमुना जिल्ला बनाउछुः नवराज सिलवाल


ललितपुर ललितपुर – पुर्व डिआईजी नवराज सिलवालले लालितपुर जिल्लालाई नमुना जिल्ला बनाउने उद्घोष गरेको छ । वाम गठवन्धनबाट ललितपुर क्षेत्र नम्बर १ का उम्मेदवार समेत बनेका सिलवालले राजनितीमा लाग्नुको आफ्नो उद्देश्य अन्यायको विरुद्ध लड्न र नमुना कार्य गर्नु भएको बताएका छन् ।सिलवालले आफु विधीको शासन, सुसासन र पारदर्शीता र जवफदेहीताको नारा लिएर राजनीतिमा प्रवेश गरेको बताए । उनले देशमा ब्यापक गरिवी भएको भन्दै आर्थीक विकास विना मुलुकको समस्या हल नहुने दाबी गरे ।

आफ्नो निर्वाचन क्षेत्र राजधानी नजिक भएर पनि विकासको दृष्टीले निकै पछाडी परेको उल्लेख गर्दै उम्मेदवार सिलवालले आफु निर्वाचित भए जिल्लालाई नमुना बनाउने बताएको छ । ‘म उम्मेदवार भएपछि जिल्लाको भुभागमा पुगेको, राजधानीको नजिक भएर पनि हाम्रो क्षेत्र निकै पछाडी छ, यस्तो देख्दा मलाई दुख लागेर आयो, अव म यो क्षेत्रको विकासको लागी कटिबद्ध भएर लाग्छु ।’ सिलवालको भनाई थियो। उनले भुकम्प पिडीत जनताले अहिलेसम्म पनि राहत पाउन नसकेको गुनासो गर्दै यो भन्दा पहिले जितेका जनप्रतिनीधीले जनताको समस्या समाधान गर्न नसकेको आरोप समेत लगाए । ‘सत्तामा बसेका जनप्रतिनीधीले यो क्षेत्रलाई हेरेनन्, राज्यबाट पनि ललितपुर अपहेलित भएको महसुस भयो ।’ सिलवालले भने । सिलवालले कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले विधीको शासन नमानेको आरोप लगाए ।

राजनीति सम्भावनाको खेल भएको भन्दै सिलवालले सत्तामा बसेका पार्टीहरुले आफुमाथी अन्याय गरेको बताए । एमालेले अन्यायको विरुद्धमा बोलेकोले आफुले एमाले नै रोजेको सिलवालको दाबी थियो ।‘जिम्मेवार प्रतिपक्षको हिसावले म माथी अन्याय हुदा एमालेले बोल्यो,राज्यमा विधीको शासन हुनुपर्छ भन्नेमा एमाले र एमालेका नेताहरु उभिनुभयो,त्यसले पनि मलाई एमालेमा राजनीति गर्न मन लाग्यो ।’ सिलवालले भने । उनले कुशल प्रहरी अधिकृत हुन राजनितीक बुझेको हुनैपर्ने बताए । सिलवालले भने ‘ प्रहरीमा लागेर राजनीति गर्न भने गर्न मिल्दैन तर कुशल प्रहरी अधिकृत हुन देशको मात्र होईन अन्र्तराष्ट्रिय परिस्थिती र राजनीति भने बुझेको हुनुपर्छ ।’ उनले प्रजातन्त्रको नाम भजाउने कांग्रेसले स्वतन्त्र न्यायपालिकाको विरुद्धमा काम गरेको आरोप समेत लगाए ।

सिलवालले प्रहरीलबाट राजिनामा दिएपछि आफु कोलम्बिया युनिभर्सिटीमा प्राध्यापनका लागी जाने तयारी गरिरहेको अवस्थामा राज्यले समयमै राजीनामा स्विकृत नगर्दा आफ्नो बाटो मोडिएको खुलासा समेत गरेका छन् । ‘हो राज्यले म माथि अन्याय नगरेको भए म अहिले निर्वाचनको सुरक्षामा केन्द्रित भएको हुन्थे होला, तर राज्यले न्याय त दिएन नै, राजिनामा पनि समयमै स्विकृत नगर्दा अर्को अन्याय गर्यो र अहिले म निर्वाचनको मैदानमा छु । ’उनले भने ।

प्रकाशित मिति : २०७४, २२ कार्तिक बुधबार  १० : ३६ बजे

८० यात्रु बोकेको श्री एयरलाइन्सको जहाज काठमाडौँ फिर्ता

काठमाडौँ । काठमाडौँबाट धनगढीका लागि उडेको श्री एयरलाइन्सको जहाज अवतरण

ओखलढुङ्गामा एमालेको चुनावी अभियान तीव्र, हर्कबोल राईद्वारा सक्रिय अपिल

ओखलढुङ्गा । प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा नेकपा (एमाले) ओखलढुङ्गामा चुनावी

आचारसंहिता उल्लंघनको आरोपमा दुर्गा प्रसाईं फेरि पक्राउ

काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति नागरिक बचाउ महाअभियानका संयोजक

डाडापारीमा ‘कफी र जडिबुटी’ ड्रिम प्रजेक्ट मेरो प्राथमिकता : अमित लामा

काभ्रे । एमाले केन्द्रीय सदस्य एवं काभ्रे क्षेत्र नं. १

प्रतिनिधि सभा निर्वाचनका मतपत्र छपाइ अन्तिम चरणमा

भक्तपुर । प्रतिनिधि सभा निर्वाचनका लागि मतपत्र छपाइ अन्तिम चरणमा