२०८३, ६ आश्विन बुधबार

राजेश पायल राईलाई ‘इन्टरनेशनल पप स्टार’को उपाधि

राजेश पायल राईलाई ‘इन्टरनेशनल पप स्टार’को उपाधि

खबरघर
1.6k
Shares

नेपाली चर्चित गायक राजेश पायल राईले अमेरिकामा अहिलेसम्म कै ठुलो सम्मान पाएका छन् । रोचेस्टरमा आयोजित कार्यक्रममा सिटीका मेयर लभ्ली वारेन र डाइरेक्टर डेपुटी मेयर डा. केर्डिक एल. अलेक्जन्डरले संयुक्त रूपमा सम्मानित गरेका हुन् ।

गायक राईलाई अमेरिकाको रोचेस्टर सिटी हलमा प्रमाणपत्रसहित सम्मानित गरेको हो । कार्यक्रममा बोल्दै डेपुटी मेयर डा. अलेक्जन्डरले अब रोचेस्टर सिटीमा प्रत्येक वर्ष ‘राई इज किङ डे’ फेस्टिभलको रूपमा मनाउंने घोषणा गरे । अब अमेरिकाकाे राेचेस्टर सिटिमा प्रत्येक वर्ष ‘राई इज किङ डे’ नाेभेम्बर ५ मा मनाइने छ ।

यस्तै उनलार्इ रोचेस्टर सिटीले ‘इन्टरनेशनल पप स्टार’ को उपाधिसमेत प्रदान गरेको छ । अमेरिकामा अहिलेसम्म कै भव्य, सभ्य र यति ठुलो पदाधिकारीबाट नेपाली कलाकारलार्इ सम्मान पहिलाे भएको आयोजक विजय खड्काले दिए। नेपाली कलाकारलाई विमानस्थलबाट अमेरिकी प्रहरीले कार्यक्रम स्थलसम्म सुरक्षा प्रबन्ध दिएको यो पहिलो पटक भएको खड्काले बताए।

सम्मानपछि गायक रार्इले अमेरिकी भुमिमा अाफुले पाएकाे सम्मान नेपाली कलाकारले अमेरिकामा पाएकाे याे अहिलेसम्म कै ठुलाे भएकाे बताए । ‘ संसारकै सपनाको देश अमेरिकामा यति ठुलो सम्मान पाउदाँ अत्यन्तै खुसी छुु।’, उनले नयाँपेजसँग कुरा गर्दे भने, म रार्इ त्यही माथि ‘रार्इ इज किङ डे’ नोभेम्बर ५मा विना देशीभुमिमा मनाउने घोषणा गर्दा मेरो देश सम्झेर निशब्द भएकाे भएकाे थिए ।’

नेपाली भाषा, संस्कृति र सङ्गीतलाई विश्वमा प्रचार गरेको र नेपाली सङ्गीतलाई अमेरिकामा प्रस्तुत गरेकोले सम्मान गरिएको आयोजकले बताए । राजेशले केही साता यता अमेरिकाको विभिन्न राज्यमा आयोजित कार्यक्रममा प्रस्तुति दिइरहेका छन् । उनले नेपाली बाहेक दर्जनौ भाषामा गीत गाएका छन् । कुनै नेपाली गायक नगएको देश स्पेनको म्याड्रिड, नाइजेरियाको लेगोसमा पुगेर गीत गाएका छन् । राईले अफ्रिकी मुलुक नाइजेरियामा सांस्कृतिक कार्यक्रम नेपाली गीत गाएका थिए । गैर आवासीय नेपाली सङ्घ नाइजेरियाले नयाँ वर्षको अवसरमा लेगोसमा अप्रिल १ मा आयोजना गरेको कार्यक्रममा गीत गाएका हुन् ।

प्रकाशित मिति : २०७४, २१ कार्तिक मंगलबार  १ : ४४ बजे

‘भासिएको बाटो पुरिसक्यौँ, अब एमाले दौडिनुपर्छ’ : विशाल भट्टराई

काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य एवं जनसंगठन समन्वय प्रमुख

‘प्रतिनिधिसभा होइन, अब एमालेलाई जनताबीच पुनःस्थापित गरौँ’ : हिक्मत कार्की

काठमाडौं । नेकपा एमालेका सचिव एवं कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत

महेश बस्नेतको कडा चेतावनी : ‘पार्टीको विवाद मिडियामा होइन, कमिटीमै गरौँ’

काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतले पार्टीभित्रको असहमति र

भक्तपुरलाई स्वास्थ्य शिक्षादेखि पर्यटनको हव बनाउन आफ्नो ध्यान केन्द्रीत रहने छ : बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा

भक्तपुर । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले भक्तपुरलाई शिक्षा, स्वास्थ्य

कांग्रेसको पालिका अधिवेशन आज, नेतृत्वका लागि तीव्र रस्साकस्सी

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत आज देशभर पालिका अधिवेशन