२०८२, ३१ भाद्र मंगलबार

काभ्रे क्षेत्र नं. २ प्रदेश ‘ख’ का वाम योद्धा सर्वहारा वर्गका सहयात्री बसुन्धरा हुमागाईं

काभ्रे क्षेत्र नं. २ प्रदेश ‘ख’ का वाम योद्धा सर्वहारा वर्गका सहयात्री बसुन्धरा हुमागाईं


बसुन्धरा हुमागाई आम सर्वहारा श्रमजीवी जनताका प्रिय नेता हुन्, जसले आमुल सामाजिक परिवर्तनका लागि आफ्नो जीवनलाई नियमित रुपमा लगाएको छ । श्रमजीवी सर्वहारा वर्गको नेतृत्व गर्ने निपुण योद्धाको रुपमा उनले आफ्नो परिचय बनाएका छन् । न्याय र समानताका निम्ति जनतासँगै बसेर भूमिका खेल्ने बसुन्धराको जन्म २०२७ साल मंसिरमा बुबा नारायणप्रसाद हुमागाई र आमा पुण्यमाया हुमागाईको कोखबाट जेठो छोरा रुपमा काभ्रेको भूमिडाँडा गाविसमा भएको थियो ।

हुमागाईले गाउँमै रहेको भालेश्वर मावि मल्पीमा कक्षा ६ मा अध्ययन गर्दैगर्दा अनेरास्ववियु पाँचौंको सदस्यता लिएका थिए । सानै उमेरदेखि राजनीतिप्रति रुची राख्ने हुमागाईले इन्द्रेश्वर उच्च मावि पनौतीमा अध्ययन गर्दा भने अखिल छैठौंको सदस्यता पनि लिए । त्यसै शिलशिलामा उनी २०४४ सालदेखि ०४७ सालसम्म चौमको कार्यकर्ता समेत भए । पछि माधवप्रसाद अधिकारी र रामप्रसाद अधिकारीहरुले उनलाई २०४७ सालमा नेकपा मालेको सदस्यता दिलाए र उनी तत्कालिन मालेको सदस्य भए ।

०४८ देखि ०६४ सालसम्म पार्टीको गाउँ इलाका सदस्यको जिम्मेवारी लिएका उनी त्यसअघि नै गाउँ पार्टी सचिवको जिम्मेवारी वहन गरिसकेका थिए । अखिल नेपाल किसान महासंघ काभ्रेको कोषाध्यक्ष र ०६४ देखि एमालेको जिल्ला कमिटी सदस्य भएका उनी ३ कार्यकालदेखि जिल्ला कमिटीमा रहेका छन् । अहिले एमालेको जिल्ला कमिटी सचिवालय सदस्य र कार्यालय सचिवको जिम्मेवारीलाई उनले वहन गरिरहेका छन् ।

०४८ सालमा इन्द्रदेवी युवा क्लवको सचिव भएर सामाजिक क्षेत्रमा समेत भिजेका हुँमागाईले गैह्रसरकारी क्षेत्रमा पनि आफ्नो भूमिका निर्वाह गरेका छन् । आफ्नो पेरिफेरिमा उनको विभिन्न सामाजिक गतिविधिले दुर्गम र ग्रामीण समुदायले लाभ प्राप्त गरेका छन् ।

यसैगरी इन्द्रदेवी निमावि कँलाती भूमिडाँडाको लामो समयसम्म व्यवस्थापन समितिको अध्यक्ष रहेर आफ्नो ठाउँको शिक्षाको विकासमा समेत उनको योगदान रहेको छ । उनी हाल वालप्रकाश माविको अध्यक्षको जिम्मेवारीमा छन् । समुदायमा हस्तान्तरण भएका सामुदायिक विद्यालय व्यवस्थापन समितिको अध्यक्षहरुको जिल्ला अध्यक्ष भएर विद्यालय सुधारका कार्यहरुमा नीतिगत निर्णय गराउन उनले उल्लेखनीय भूमिका निर्वाह गरेका थिए ।

०५४ सालको स्थानीय निर्वाचनमा कँलाती भूमीडाँडा गाविसको अध्यक्ष भएर गाविसलाई नमूना बनाए बापत उनी धेरैपटक पुरस्कृत समेत भएका छन् । भूमिडाँडाको रेडक्रस उप–समितिमा उप–सभापति हुँदै कँलाती सानाकिसान कृषि सहकारीको अध्यक्ष भएर ग्रामीण भेगमा भएको पूँजीलाई गाउँमा नै परिचालन गरी किसानहरुको जीवनस्तर उठाउन उनले गरेको योगदानलाई जनताले सधैं प्रशंसा गर्ने गरेका छन् ।

व्यक्तिगत कामलाईभन्दा सामुदायिक कामलाई सर्वोपरि ठान्दै पार्टी संगठन परिचालनको क्रममा निरन्तर लागेका हुँमागाईले पार्टी सांगठानिक जीवनमा विभिन्न तहमा रहेर भूमिका निर्वाह गर्दै नेकपा एमालेलाई जनतामा स्थापित गराउने दायित्व पूरा गर्दै आएका छन् ।

प्रविणता प्रमाणपत्र तहसम्मको अध्ययन पूरा गरेका हुँमागाईले भारत, वंगलादेश, चीन लगायतका देशहरुको भ्रमण गरेका छन् । वाम गठबन्धनको तर्फबाट काभ्रेको निर्वाचन क्षेत्र नं. २ को प्रदेशसभा ‘ख’ मा उमेद्वारी दिएका हुमागाईसँग ती देशको विकासका मोडलहरुलाई काभ्रे र आफ्नो प्रदेश क्षेत्रमा उपयोगमा ल्याउने धोको छ ।

प्रकाशित मिति : २०७४, १७ कार्तिक शुक्रबार  ९ : ४४ बजे

खाली हात धरान फर्किए हर्क : प्रधानमन्त्री माग्दै आएका थिए, जेनजीले मन्त्रीसमेत पत्याएनन्

काठमाडौं। धरानका मेयर हर्क साम्पाङ पछिल्ला दिनहरूमा राजधानी काठमाडौंमा प्रधानमन्त्रीसँग

आईजीपीदेखि इन्स्पेक्टरसम्मको तलब कट्टा गरी मृतक प्रहरीका परिवारलाई १० लाख सहयोग

काठमाडौं। नेपाल प्रहरीले हालैको आन्दोलनका क्रममा कर्तव्यपालनाका क्रममा ज्यान गुमाएका

चाडपर्व लक्षित सहुलियत मूल्य पसल आजदेखि सञ्चालनमा

काठमाडौं । आउँदै गरेका महान चाडपर्वहरू – वडादशैं, तिहार र

एनसेलले प्रहरीमा दियो तोडफोड, आगजनी र डकैती सम्बन्धी उजुरी, सीसीटीभी फुटेज पनि बुझायो

काठमाडौं। प्रदर्शनको आडमा कार्यालयमा तोडफोड, आगजनी र डकैती भएको भन्दै

डेडिकेटेड ट्रंकलाइनको बक्यौता रकम असुल्ने मन्त्री घिसिङको पहिलो निर्णय

काठमाडौं । नवनियुक्त उर्जा मन्त्री कुलमान घिसिङले डेडिकेटेड ट्रंकलाइनको विद्युत