२०८३, १७ असार बिहीबार

यस्ता छन् काभ्रेका टिकट पाउने भाग्यमानीहरु

यस्ता छन् काभ्रेका टिकट पाउने भाग्यमानीहरु


बनेपा । काभ्रेका ठूला दलहरुमा प्रदेशसभाको निर्वाचनका लागि उमेद्वारका आकांक्षी धेरै हुँदा दलहरुले भिषण कसरतका साथ अन्तिममा मात्रै टुंगो लागाएका छन् । टिकटका लागि दिनरात नभनी राजधानी काठमाडौंमा अड्डा जमाएर बसेका उमेद्वार मनोनयन दर्ताका लागि दलको टिकट लिएर काभ्रे फर्किएका थिए ।

दलभित्रको गुट र त्यसमा पार्टीहरु थपिएर बनेको गठबन्धनका कारण राष्ट्रिय स्तरका चर्चित नेताहरुले समेत निर्वाचनको प्रतिष्पर्धाबाट बाहिरिनु पर्ने अवस्थालाई प्रमुख दलले व्यवस्थापन गर्न सकिरहेका छैनन् । काभ्रेको सन्दर्भमा ठूला दलहरुको वठबन्धनमा पनि त्यस्तै समस्या देखिएको छ । जसका कारण नेपाली कांग्रेस काभ्रेका चतुर नेता शिवप्रसाद हुँमागाई पनि प्रतिष्पर्धाबाट बाहिरिएका छन् भने वाम गठबन्धनका सूर्यमान दोङ पनि दक्षिण कोरियाको राजदुत खाएर फर्किएका कमान सिं लामाका कारण क्षेत्र नम्बर १ को संघीय प्रतिनिधि सभाको निर्वाचमा प्रतिष्पर्धा गर्न नपाउने भएका छन् ।

यस्ता छन् काभ्रेमा टिकट पाउने भाग्यमानीहरु

आगामी मंसिर २१ गते ४५ जिल्लाहरुमा सम्पन्न हुन गइरहेको दोस्रो चरणको प्रदेश र प्रतिनिधि सभाको निर्वाचनमा वाम गठबन्धनबाट काभ्रेको निर्वाचन क्षेत्र नं २ बाट संघीय प्रतिनिधि सभाका लागि एमाले नेता गोकुल बास्कोटा सर्वसम्मत भएका थिए भने लोकतान्त्रिक गणबन्धनबाट क्षेत्र नंं १ का तीर्थ लामा सर्वसम्मत उमेद्वार छानिएका थिए । लोकतानिन्त्रक गठबन्धनको निर्वाचन क्षेत्र नम्बर २ र वाम गठबन्धनको निर्वाचन क्षेत्र नम्बर १ मा उमेद्वार छानौट गर्न दलहरुले लामो कसरत गर्नु परेको थियो । अन्ततः अन्तिम समयमा वाम गठबन्धनले माओवादी केन्द्रलाई सुरक्षित राखेको क्षेत्र नम्बर १ मा तेमालका गांगाबहादुर दोङ ‘बमध्वज’ लाई उमेद्वार बनाएको छ । त्यस्तै लोकतान्त्रिक गठबन्धनको काभ्रे जिल्ला निर्वाचन क्षेत्र नम्बर २ मा पूर्व सांसद कञ्चनचन्द्र वादेलाई प्रदेशसभामा राखेर जिल्ला सभापति मधुप्रसाद आचार्यलाई उमेद्वार बनाइएको छ ।

प्रदेश सभामा वाम गठबन्धनले क्षेत्र नम्बर १ को ‘क’ मा चौंरी देउराली गाउँपालिका कोशीपारिका रत्न ढकाल र ‘ख’ मा नमोवुद्ध नगरपालिका डराउने पोखरी दाप्चाका चन्द्र लामालाई उठाएको छ । नेपाली कांग्रेसले भने ‘क’ मा तेमालका चन्द्रबहादुर लामा र ‘ख’ मा मधेशी जनअधिकार फोरमबाट कांग्रेसमा प्रवेश गरेका खहरे पाँगूका गणेश लामालाई उठाएको छ ।

त्यसैगरी वाम गठबन्धनको प्रतिनिधित्व गर्दै नेकपा एमालेको विद्यार्थी संगठनमा लामो समय योगदान पु¥याएका नेता लक्ष्मण लम्साल काभ्रे निर्वाचन क्षेत्र नं. २ को ‘क’ बाट उमेद्वार बनेका छन् । उनी मण्डन देउपुर नगरपालिकाका हुन् । त्यस्तै सोही क्षेत्रको ‘ख’बाट वाम गठबन्धनले एकालेका बसुन्धरा हुमागाईलाई उमेद्वार बनाएको छ । उनी कोलाती भूमिडाँडाबाट अगुवाई गर्दैै योगदान पु¥याएका एमालेका लोकप्रिय नेता हुन् । उता नेपाली काग्रेसले भने काभ्रे निर्वाचन क्षेत्र नम्बर २ को ‘क’ बाट सुन्दरमणि आचार्य र ‘ख’ बाट पूर्व सांसद कञ्चनचन्द्र बादे लाई उमेद्वार बनाएको छ । आचार्य पाँचखाल र बादे बनेपाका हुन् ।

 

प्रकाशित मिति : २०७४, १६ कार्तिक बिहीबार  ११ : २० बजे

निर्वाचन समीक्षा र पार्टी पुनर्गठन नेतृत्व परिवर्तनका लागि होइन : महेश बस्नेत

काठमाडौं । नेकपा (एमाले) का सचिव महेश बस्नेतले पार्टीभित्र सञ्चालन

कर्णालीमा खसेको बस अझै बेपत्ता, दिनभरको खोजी पनि असफल

दैलेख । दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–७ मा कर्णाली नदीमा खसेको यात्रुबाहक

महाधिवेशनअघि कांग्रेसमा शक्ति संघर्ष चर्कियो, फुटको हल्लाबीच एकताको दबाब

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा पार्टीभित्रको शक्ति

इरानको चेतावनी : ‘खामेनीको हत्याको बदला अवश्य लिनेछौँ’

काठमाडौं । इरानले पूर्व सर्वोच्च नेता आयतुल्लाह अली खामेनीको हत्याको

महाधिवेशनमै ‘कच्चा तथ्याङ्क’ ! रास्वपाको सदस्यता प्रणालीमाथि गम्भीर प्रश्न

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो प्रथम महाधिवेशनमा