२०८३, १६ आश्विन शनिबार

उदयको निर्देशनमा सिलवालविरुद्ध प्रचार ,सिल्वाल भन्छन् नियोजित प्रचारले मलाई असर गर्दैन

उदयको निर्देशनमा सिलवालविरुद्ध प्रचार ,सिल्वाल भन्छन् नियोजित प्रचारले मलाई असर गर्दैन


काठमाडौ/ ललितपुर क्षेत्र नं १ बाट बाम गठबन्धनका उम्मेदवार नवराज सिलवाल विरुद्धको नियोजित प्रचारहरु नेपाली काँग्रेसका तर्फबाट उम्मेदवार भएका उदयसम्सेर राणाको निर्देशन, प्रायोजन, संरक्षणमा भएको पुष्टि भएको छ ।

प्रतिनिधी सभामा स्वतन्त्र उम्मेदवारी दिएको भनिएका गुनबहादुर थापाका प्रचार कार्यकर्ताका रुपमा राणाले परिचालन गरेको कार्यकर्ताहरुलाई चापागाउँमा बाम गठबन्धनका कार्यकर्ताले समातेर प्रहरीलाई बुझाएपछि राणाले प्रहरीलाई धम्क्याएर छोड्न दवाव दिएका छन् ।  निर्वाचन आचारसंहिता अनुसार व्यक्तिगत आरोप लगाइएका प्रचार सामग्रीहरु बाँड्न नपाइएने भएकाले सिलवाल विरुद्ध कपोलकल्पित र पुष्टि नहुने आरोप लगाएर छापिएको पर्चा समेत प्रहरीले बरामद गरेको थियो । बा १३ च २०३७ को स्कार्पियो गाडी मा प्रचार सामग्री र चुनाव चिन्ह पहेंलो झण्डासहित ३ जना कार्यकर्तालाई प्रहरीमा बुझाइएको थियो । ललितपुरको चापागाउँको टाखेलबाट प्रहरीले बुधबार दिउँसो उम्मेदवार थापाका कार्यकर्ताहरुलाई प्रहरीमा बुझाइनासाथ उदय सम्सेर राणालाई जानकारी गराइनु र छुटाउन राणाले दवाव दिएकाले राणाकै प्रायोजन, योजना र संलग्नतामा सिलवालविरुद्धको पैचार भएको पुष्टि भएको छ ।

चापागाउँमा पक्राउ परेका रोशन श्रेष्ठ कपाली, लाक्पा शेर्पा र रमेश थापासंग समेत राणाको टेलीफोन सम्पर्क भईरहेको र ललितपुर काँग्रेसका नेताहरुको संरक्षण र लोकेसन समन्वयमा ललितपुरमा सिलवाल विरुद्धको पर्चा छर्दै हिँडएको अवस्थामा आचारसंहिता विपरित कार्य भएकाले पक्राउ गरिएको बुझिएको छ । बाम गठबन्धन भएपछि पराजित मानसिकताका साथ गठबन्धनका उम्मेदवारहरुलाई आरोप लगाउँदै हिँडेका राणाले थापालाई उम्मेदवारी दर्ता गर्ने अघिल्लो दिन र त्यो दिन ७ पटक टेलीफोन गरेको बुझिएको छ ।

उनलाई भरतपुरबाट प्लेनमा झिकाएर सम्पूर्ण चुनाव खर्च तथा अन्य रकम सहित ललितपुर १ मा उम्मेदवार बनाउने देखि प्रचार योजना सम्म बनाइएको फेला परेको छ । तर वाम गठबन्धनका साझा उम्मेदवार नवराज सिल्वालले भने यो नियोजित र गलत प्रचारले मलाई केही असर हुदैन ।

प्रकाशित मिति : २०७४, १४ मंसिर बिहीबार  ११ : ०३ बजे

उपल्लो डोल्पाबाट बजारतर्फ लैजाँदै च्याङ्ग्रा फोटो फिचर

उपल्लो डोल्पाका हिमाली बस्तीमा पालिएका च्याङ्ग्राहरू अहिले दशैँ–तिहारको बजारलाई लक्षित

घर बनाउन सरकारले सामग्रीदेखि सहुलियत ऋणसम्म दिने

काठमाडौं । सरकारले पहिलोपटक घर बनाउने नागरिकदेखि विपन्न तथा मध्यम

२ महिनामै १०० को सेयर ८०० कसरी? कामाख्या फिनकर्पलाई कम्पनी रजिस्ट्रारको ७ दिने स्पष्टीकरण

काठमाडौं । कम्पनी दर्ता भएको दुई महिनामै कामाख्या फिनकर्प प्रालिको

यात्रुवाहक बस पल्टिँदा ६ जनाको मृत्यु, १० घाइते

नवलपरासी । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को बिनयी त्रिवेणी

‘गुट होइन नीति, पद होइन जिम्मेवारी’ : महामन्त्रीका आकांक्षी महरले अघि सारे कांग्रेस रूपान्तरणका एजेन्डा

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको पूर्वसन्ध्यामा महामन्त्री पदका उम्मेदवार