२०८२, २० असार शुक्रबार

अर्घाखाँची हिंडेको बस त्रिसुलीमा खस्यो, ७ जनाको मृत्यु, २५ जना घाइते

अर्घाखाँची हिंडेको बस त्रिसुलीमा खस्यो, ७ जनाको मृत्यु, २५ जना घाइते


काठमाडौं । काठमाडौंबाट अर्घाखाँचीका लागि गुडेको लु २ ख २९१ नम्बरको बस ट्रकसँग ठोक्किएर चितवनको फिस्लिङबाट त्रिशुली नदीमा खस्दा ७ जनाको मृत्यु भएको छ। मृत्यु भएका ७ जनामा ५ जना पुरुष र २ जना महिला रहेका छन् ।

एक बालक र अन्य २४ जना घाइतेलाई प्रहरीले उद्दार गरेको छ। नदीमा डुवेको बसभित्र कति यात्रु थिए भन्ने खुल्न सकेको छैन। घटनास्थलमा सेना, प्रहरी, सशस्त्र प्रहरी र स्थानीयले उद्दार गरेका छन् । उद्दारका लागि इलाका प्रहरी कार्यालय गजुरीबाट प्रहरी निरीक्षक सन्जय तिमल्सिनाको थप टोली घटनास्थल पुगेको थियो । त्रिसुली नदीमा डुबेको बसलाई फेला पारिएको छ । घाइतेको चितवन र काठमाडौंमा उपचार भइरहेको छ ।

प्रकाशित मिति : २०७४, १३ मंसिर बुधबार  ७ : १३ बजे

रामेछापका आधा सरकारी कार्यालय स्वतः प्रकाशित गर्नुपर्ने सूचना पनि प्रकाशित गर्दैनन्

रामेछाप । रामेछाप जिल्लाका झण्डै आधा सरकारी कार्यालयमा सूचनाको हक

तस्विरमा धरहरा वरपरकाे क्षेत्र

काठमाडौं । धरहरा परिसर पुनर्निर्माणपछि थप आकर्षक र व्यवस्थित बनेको

टी २० महिला क्रिकेटमा कास्कीले नवलपुरलाई हरायो

पोखरा । पोखरामा जारी गण्डकी प्रदेश दोस्रो महिला टी२० क्रिकेट

आज दुई संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची

काठमाडौं । संघीय संसद्अन्तर्गत शुक्रबार दुईवटा संसदीय समितिको बैठक बस्दैछ

राष्ट्रियसभाको बैठक बस्दै

काठमाडौं । सङ्घीय संसद् राष्ट्रियसभाको बैठक शुक्रबार बस्दैछ । बैठक