२०८२, २९ असार आईतबार

सिन्धुपाल्चोकको देउरालीमा झडप, प्रहरीद्वारा हवाई फायर , रुकुममा मतदान स्थगित

सिन्धुपाल्चोकको देउरालीमा झडप, प्रहरीद्वारा हवाई फायर , रुकुममा मतदान स्थगित


काठमाडौं / सिन्धुपाल्चोकको देउराली प्राथमिक विद्यालयको मतदान केन्द्रमा झडप भएको छ । झडपलाई नियन्त्रणमा लिन प्रहरीले एक राउण्ड हवाई फायर गरेको छ ।

निर्वाचन क्षेत्र नं। १ अन्तर्गत पर्ने सुनकोशी गाउँपालिकामा रहेको उक्त केन्द्रमा एजेन्ट बसेका लोकतान्त्रिक गठबन्धनका व्यक्तिहरूले वामपन्थी कार्यकर्तालार्इ आक्रमण गरेपछि झडप भएको थियो । झडपमा तीन जना सामान्य घाइते भएको प्रहरीले जानकारी दिएको छ । अहिले स्थिति सामान्य भइसकेको छ ।

यसैगरी रुकुम जिल्लाको बाँफिकोट गाउँपालिकास्थित रत्न माध्यमिक विद्यालय काँडा मतदान केन्द्र ‘क’ मा विप्लव नेतृत्वको नेकपा कार्यकर्ताले मत पेटिकामा जलाएपछि मतदान स्थगित भएको छ ।  विप्लवका कार्यकर्ताले दुईवटा मतपेटिकामा आगजनी गरेपछि मतदान केन्द्रको अवस्था तनावग्रस्त भएको छ । करिब २५० मत खसिसकेको अवस्थामा विप्लवका कार्यकर्ताले दुईवटा मतपत्र जलाइएपछि त्यहाँ मतदान पनि स्थगित भएको छ ।
त्यहाँ प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको मतपेटिका पूर्ण रूपमा जलेको छ । घटनामा संलग्न विप्लवकका तीनजना पक्राउ परेका रुकुमका प्रहरी निरीक्षक ऋषि ढुंगानाले बताए । घटनाबारे थप अनुसन्धान अघि बढाइएको प्रहरीले जानकारी दिएको छ

प्रकाशित मिति : २०७४, १० मंसिर आईतबार  ३ : २९ बजे

मन्त्री गुप्ताद्वारा स्पष्टिकरण : तथ्यमा आधारित पत्रकारिताका लागि आग्रह

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले

यस्तो छ, आज विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आज (आइतबार) का लागि विदेशी

भानुभक्त आचार्यले नेपाली मनमा रामायण रोपेर जानुभएको छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आदिकवि भानुभक्त आचार्यको २१२औँ

राष्ट्रपति पौडेलले दिए भानुभक्त जन्मजयन्तीको शुभकामना

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आदिकवि भानुभक्त आचार्यको २१२औँ जन्म