२०८३, २६ आश्विन मंगलबार

वरिष्ठ वाम नेताको हत्या गरेर प्रतिगामीहरुले चुनाव रोक्ने षडयन्त्र गर्दैछन् : बादल ‘कांग्रेस मानसिक सन्तुलन गुमाएर बर्बराउँदैछ’

वरिष्ठ वाम नेताको हत्या गरेर प्रतिगामीहरुले चुनाव रोक्ने षडयन्त्र गर्दैछन् : बादल ‘कांग्रेस मानसिक सन्तुलन गुमाएर बर्बराउँदैछ’


काठमाडौं । बम विष्फोट गरेर हुन्छ कि सार्प सुटरहरु लगाएर हुन्छ, वाम गठबन्धनका वरिष्ठ नेताहरुलाई मार्ने कोशिष भइरहेको नेकपा माओवादी केन्द्रका वरिष्ठ नेता रामबहादुर थापा बादलले बताएका छन् ।

काँस्कीमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै नेता बादलले विदेशीको षडयन्त्रमा प्रतिगामीहरुले वाम गठबन्धनका वरिष्ठ नेताहरुको हत्या गरेर चुनाव रोक्ने षडयन्त्र भइरहेको आरोप लगाए । उनले जतिसुकै विष्फोटन वा हत्या गर्ने षडयन्त्र गरे पनि नेपाली जनताले त्यसलाई परास्त गरेरै छाड्ने उद्घोष गरेका छन् ।

पुँजीवादीहरुले कयौं गरीवहरुको गर्भमा हत्या गर्ने गरेको नेता बादलको आरोप छ । बाम गठबन्धनलाई अधिनायकवादी देख्ने र रुन पनि पाईंदैन भन्ने पुँजीवादीहरुले कम्युनिष्टहरुको सरकार आयो भने अधिनायकवाद आउँछ भन्दै हल्ला गर्दैछन्, रुन पनि पाईंदैन भन्दैछन् तर सत्य के हो भने ती पुँजीवादीहरुले हरेक दिन उपचार गर्न नपाएर, खान नपाएर, आराम गर्न नपाएर गरीबका गर्भैमा हत्या गरिरहेका छन्, सम्बोधनका क्रममा उनले भने ।

अहिले पुँजीवादी सरकार हुँदा तस्कर, भ्रष्टाचारी र केही दलालहरु मात्र खुशी र हाँस्न पाएको बताउँदै उनले बामपन्थीको सरकार आएपछि गरीब जनताले हाँस्न, नाच्न, रमाउन र खान पाउने बताए । उनले अबको २५ वर्षमा बामपन्थी सरकारले नेपाललाई संसारकै सबैभन्दा समृद्ध, विकशीत र धनी राष्ट्र बनाउने दाबी गरे ।

एमाले र माओवादी केन्द्र मिलेपछि कांग्रेसले मानसिक सन्तुलन गुमाएर बर्बराउने गरेको टिप्पणी गर्दै उनले भने,’हामी मिलेपछि प्रतिगामी कित्ताहरुमा ठूलो आतंक फैलिएको छ, त्रास फैलिएको छ, उनीहरुले मानसिक सन्तुलन गुमाएका छन्, र त उनीहरु भन्दैछन् बामपन्थीले अधिनायकवाद ल्याउँछ, रुन पनि पाईंदैन भनेर ।’ उनले नेपालमा चुनावपछि बामपन्थीको दुई तिहाईको सरकार बन्ने दाबी गर्दै उक्त सरकारले असमान सन्धी सम्झौता पुनरावलोकन गर्ने पनि बताए । बामपन्थीको नयाँ सरकार बनेपछि नेपाल नयाँ युगमा प्रवेश गर्ने उनले दावी गरेका छन् ।

प्रकाशित मिति : २०७४, ९ मंसिर शनिबार  ९ : २३ बजे

सर्वोच्चका न्यायाधीश सिफारिसमा विवाद : मापदण्डभन्दा प्रधानन्यायाधीशको रोजाइ हाबी भएको आरोप

काठमाडौं । सर्वोच्च अदालतका लागि चार न्यायाधीश सिफारिस गर्ने न्याय

चार देशका प्रस्तावित राजदूतलाई एउटै प्रश्न : राष्ट्रिय स्वार्थ जोगाउने चुनौती

काठमाडौं । भारत, चीन, अमेरिका र बेलायतका लागि प्रस्तावित नेपाली

फिल्म ‘आ बाट आमा २’ को ट्रेलर सार्वजनिक

काठमाडौं । बडादशैंलाई लक्षित गर्दै चलचित्र ‘आ बाट आमा २’

कांग्रेस सहमहामन्त्रीमा बहादुर सिंह लामाको अग्रता, ९०० मत गन्दा ३८० मत

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्री (आदिवासी जनजाति) पदमा

एक्स्ट्रिम इनर्जी ड्रिंक्सका होर्डिङ बोर्ड अनधिकृत र मापदण्डविपरित

काठमाडौं । आक्रमक प्रचारप्रसार गरिरहेको एक्स्ट्रिम इनर्जी ड्रिंक्सले काठमाडौं महानगरका