२०८२, १७ कार्तिक आईतबार

लडाई कसरी लड्नु पर्छ भन्ने हामीलाई कांग्रेसले सिकाइरहनु पर्दैन : रत्न ढकाल काभ्रे प्रतिनिधि सभा १ को प्रदेशसभा १ का वाम गठबन्धनका उमेद्वार

लडाई कसरी लड्नु पर्छ भन्ने हामीलाई कांग्रेसले सिकाइरहनु पर्दैन : रत्न ढकाल काभ्रे प्रतिनिधि सभा १ को प्रदेशसभा १ का वाम गठबन्धनका उमेद्वार


हाम्रो गठबन्धनमा थुप्रै साथीहरु नेपाली कांग्रेसबाट प्रवेश गरिरहनु भएको छ । नयाँ शक्तिले समर्थन गरेको छ । क्रान्तिकारी माओवादीका थुुप्रै साथीहरु समाहित भइरहनु भएको छ । त्यसैगरी आम जनसमुदायहरु यो वाम गठबन्धनको मैदानमा उत्रनुहुनेछ । प्रजातन्त्रको मसिया ठान्नुहुने साथीहरु जो लखेटिएर शहरमा लुक्नु परेको थियो । उनीहरुलाई शहरबाट फिर्ता गरेर सम्झौता गरी हामी आएका हौं । अहिले तिनैले हामीलाई लखेट्ने ठूलै हुंकार दिइरहेका छन् । को हो त्यो ? हामीले त्यसको हिसाबकिताब राखेका छौं ।

डाँडापारि, रोशी तेमाल, कोशीपारि सबै यी हाम्रा आधार इलाकाहरु हुन् । यहाँ कसैले स्वैत आतंक सिर्जना गर्न कोशिस गर्दछ भने त्यसका विरुद्ध कसरी लाल आतंक सिर्जना गर्नु पर्छ, ? हामीलाई थाहा छ । हाम्रा प्रतिष्पर्धी कांग्रेसी साथीहरुले हामीलाई लडाई गर्न सिकाइरहनु पर्दैन । लडाईको कला वर्ग संघर्षको मैदानमा हामीले सिकिसकेका छौं । त्यही कलाबाट हामीले धेरै लडाईका मोर्चा सम्हालेर विजयी भएर आएका छौं । कृपया जनतालाई झुट, भय र आतंकित बनाउने दुस्साहस नगर्नुहोस् ।

दुवै पार्टीका कार्यकर्ताहरु भावनात्मक रुपमा एकतावद्ध अगाडि बढौं
हाम्रो गठवन्धनबाट काभ्रेका प्रसितष्पर्धी पार्टीहरुको होस गुमेको छ । हाम्रो यो गठबन्धन मंसिरको अन्तिम सातासम्ममा एकतामा परिणत हुनेछ र यो चुनावी एकता मात्रै होइन यसले लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकास गर्ने, नयाँ संविधानको कार्यान्वयन गर्ने, राष्ट्रिय स्वाधिनताको रक्षा गर्ने एउटा महान उदेश्य सहित समाजवाद हुँदै साम्यवादसम्म पुग्ने गन्तव्यको तय गरी यो वाम गठबन्धन अगाडि बढिरहेको छ । त्यसैले हिजो भएका हाम्रा अन्तरविरोधहरु, तीतामीठा कुराहरु, युद्ध, जनआन्दोलन वा वर्गसंघर्षको क्रममा भएका कमीकमजोरीहरुलाई स्वभाविक रुपमा स्वीकार गर्दै पार्टी एकताको बाटोमा अगाडि बढिरहेको हुनाले भावनात्मक रुपले एकतावद्ध हुन अपील गर्दछु ।

प्रकाशित मिति : २०७४, ५ मंसिर मंगलबार  ५ : १२ बजे

आजदेखि पुनः बस्दैछ कांग्रेस केन्द्रीय समिति बैठक

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज आइतबार पुनः

रुकुमपूर्वमा अटो दुर्घटना, दुई जनाको मृत्यु र पाँच घाइते

रुकुमपूर्व । रुकुमपूर्वको भूमे गाउँपालिका-१ स्यावालमा अटो दुर्घटना हुँदा दुई

बिपी राजमार्ग सुख्खा पहिरोले तिन दिनदेखि अवरुद्ध, डाइभर्सन निर्माण जारी

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका-८ चारसयबेशी र रोशी-१२ माम्ती क्षेत्रमा

एमालेको ११ औँ महाधिवेशन अब काठमाडौंमा हुने

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले आगामी मंसिरमा हुन

धनगढीबाट काठमाडौं उडेको श्री एअरलाइन्सको विमान भैरहवामा आकस्मिक अवतरण

बुटवल। धनगढीबाट काठमाडौंका लागि उडेको श्री एअरलाइन्सको विमानमा प्राविधिक समस्या