२०८३, २२ आश्विन शुक्रबार

लडाई कसरी लड्नु पर्छ भन्ने हामीलाई कांग्रेसले सिकाइरहनु पर्दैन : रत्न ढकाल काभ्रे प्रतिनिधि सभा १ को प्रदेशसभा १ का वाम गठबन्धनका उमेद्वार

लडाई कसरी लड्नु पर्छ भन्ने हामीलाई कांग्रेसले सिकाइरहनु पर्दैन : रत्न ढकाल काभ्रे प्रतिनिधि सभा १ को प्रदेशसभा १ का वाम गठबन्धनका उमेद्वार


हाम्रो गठबन्धनमा थुप्रै साथीहरु नेपाली कांग्रेसबाट प्रवेश गरिरहनु भएको छ । नयाँ शक्तिले समर्थन गरेको छ । क्रान्तिकारी माओवादीका थुुप्रै साथीहरु समाहित भइरहनु भएको छ । त्यसैगरी आम जनसमुदायहरु यो वाम गठबन्धनको मैदानमा उत्रनुहुनेछ । प्रजातन्त्रको मसिया ठान्नुहुने साथीहरु जो लखेटिएर शहरमा लुक्नु परेको थियो । उनीहरुलाई शहरबाट फिर्ता गरेर सम्झौता गरी हामी आएका हौं । अहिले तिनैले हामीलाई लखेट्ने ठूलै हुंकार दिइरहेका छन् । को हो त्यो ? हामीले त्यसको हिसाबकिताब राखेका छौं ।

डाँडापारि, रोशी तेमाल, कोशीपारि सबै यी हाम्रा आधार इलाकाहरु हुन् । यहाँ कसैले स्वैत आतंक सिर्जना गर्न कोशिस गर्दछ भने त्यसका विरुद्ध कसरी लाल आतंक सिर्जना गर्नु पर्छ, ? हामीलाई थाहा छ । हाम्रा प्रतिष्पर्धी कांग्रेसी साथीहरुले हामीलाई लडाई गर्न सिकाइरहनु पर्दैन । लडाईको कला वर्ग संघर्षको मैदानमा हामीले सिकिसकेका छौं । त्यही कलाबाट हामीले धेरै लडाईका मोर्चा सम्हालेर विजयी भएर आएका छौं । कृपया जनतालाई झुट, भय र आतंकित बनाउने दुस्साहस नगर्नुहोस् ।

दुवै पार्टीका कार्यकर्ताहरु भावनात्मक रुपमा एकतावद्ध अगाडि बढौं
हाम्रो गठवन्धनबाट काभ्रेका प्रसितष्पर्धी पार्टीहरुको होस गुमेको छ । हाम्रो यो गठबन्धन मंसिरको अन्तिम सातासम्ममा एकतामा परिणत हुनेछ र यो चुनावी एकता मात्रै होइन यसले लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकास गर्ने, नयाँ संविधानको कार्यान्वयन गर्ने, राष्ट्रिय स्वाधिनताको रक्षा गर्ने एउटा महान उदेश्य सहित समाजवाद हुँदै साम्यवादसम्म पुग्ने गन्तव्यको तय गरी यो वाम गठबन्धन अगाडि बढिरहेको छ । त्यसैले हिजो भएका हाम्रा अन्तरविरोधहरु, तीतामीठा कुराहरु, युद्ध, जनआन्दोलन वा वर्गसंघर्षको क्रममा भएका कमीकमजोरीहरुलाई स्वभाविक रुपमा स्वीकार गर्दै पार्टी एकताको बाटोमा अगाडि बढिरहेको हुनाले भावनात्मक रुपले एकतावद्ध हुन अपील गर्दछु ।

प्रकाशित मिति : २०७४, ५ मंसिर मंगलबार  ५ : १२ बजे

दशैंको टिकट खुल्यो, नयाँ बसपार्कमा रातिदेखि नै यात्रुको भीड

काठमाडौं । दशैं मनाउन घर फर्किने यात्रुको चाप बढ्न थालेसँगै

कांग्रेस महाधिवेशन : आज बिहान ७ बजेदेखि मतदान, ७ हजार २५५ प्रतिनिधिले छान्दैछन् नयाँ नेतृत्व

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि

मतदानअघि गगन थापाको अपिल : ‘मेरो नाम जोडेर प्रचार गरिएका सूची आधिकारिक होइनन्’

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा मतदानको समय नजिकिँदै गर्दा

अनधिकृत रूपमा बढी भाडा लिएको पाइए कडा कारबाही गर्छौं : बुद्ध एयर

काठमाडौं । बुद्ध एयरले सामाजिक सञ्जाल तथा केही अनलाइन सञ्चारमाध्यममा

कालिमाटीस्थित साल्ट ट्रेडिङको सुपथ मूल्य पसलमा उपभोक्ताको लाइन (तस्विरहरुसहित)

काठमाडौं । काठमाडौंको कालिमाटीस्थित साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडको सुपथ मूल्य