२०८२, २२ जेष्ठ बिहीबार

बास्कोटा भन्छन्– माओवादीमा गोला वारुद बनाउने दक्षता हासिल गरेका योद्धाहरु सबै सहिद भएका छैनन्, ‘कांग्रेसको सबै धम्कीको प्रतिवाद गर्न तयार रहनुस्’

बास्कोटा भन्छन्– माओवादीमा गोला वारुद बनाउने दक्षता हासिल गरेका योद्धाहरु सबै सहिद भएका छैनन्, ‘कांग्रेसको सबै धम्कीको प्रतिवाद गर्न तयार रहनुस्’


काठमाडौं । एमाले काभ्रेका पूर्व अध्यक्ष एवं वाम गठबन्धन प्रतिनिधिसभा काभ्रे क्षेत्र नं. २ का उमेद्वार गोकुल बास्कोटाले जनयुद्ध कालमा गोला बारुद बनाउने दक्षता हासिल गरेका योद्धाहरु सबै सहिद नभएको बताएका छन् । उनले वाम गठबन्धनका उमेद्वार सहितका कार्यकर्ताहरुलाई चुनावी अभियानमा गाउँ छिर्न नदिनका लागि नेपाली कांग्रेसले दिएको डर, धम्की र त्रासलाई लक्षित गर्दै प्रतिष्पर्धी नेपाली कांग्रेसलाई चेतावनी स्वरुप यस्तो अभिव्यक्ति दिएका हुन् । गठबन्धनमा आवद्ध काठमाडौंमा अस्थायी बसोबास भएका काभ्रे–काठमाडौं सम्पर्क मञ्चको संयुक्त वाम भेला तथा परिचयात्मक कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने– ‘वाम गठबन्धन जस्तोसुकै परिस्थितिको सामना गर्न तयार छ ।’ उनले कांग्रेसले देखाएको डर, धम्की र जनतामा सिर्जना गरेको त्रास र भयलाई चिर्नका लागि एमाले–माओवादीका सबै कार्यकर्ताहरु तयार रहन आग्रह गरेका छन् । प्रतिवाद गर्न वाम गठबन्धन सक्षम छ भन्दै उनले भने– ‘हामी आ–आफ्नो ठाउँबाट व्यापक तयारीका साथ लाग्नुपर्छ ।’ त्यसपछि आफू र आफ्नो समाजको उज्ज्वल भविष्यका साथ समावादमा प्रवेश गर्न आ–आप्mनो ठाउँबाट योगदान पु¥याउनछ । त्यसैले आम वाम कार्यकर्तालाई त्यसैअनुरुप लाग्नका लागि म निर्देशित गर्छु ।

प्रचारमा गाउँ पसेको कांग्रेस तर्सेर फर्किएको छ । चुनाव प्रचारका क्रममा आफूहरु गाउँ पुग्दा कांग्रेसको कोही नभएको पायौं वाम गठबन्धनको काभ्रे काठमाडौं सम्पर्क मञ्चको संयुक्त भेला तथा परिचयात्मक कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने– ‘त्यसैले कांग्रेस तर्सिएको छ ।’ गाउँबाट राजधानी काठमाडौं आई विभिन्न पेशा र व्यवसायमा संलग्न रहेका काभ्रेली वामपन्थीहरुलाई आफ्नो जिल्ला वामपन्थीको किल्ला बनाउन गाउँ फर्कन आग्रह गर्दै उनले भने–‘दुर्इटा खसी डोहोर्‍याएर कांग्रेस गाउँमा भोट माग्न पस्यो तर उसले ती खसीको मासु खाने मान्छे समेत भेटाएको छैन ।’

गौरीशंकर पार्टी प्यालेस कोटेश्वर काठमाडौंमा भेला भएका वामपन्थीहरुलाई गाउँको खबर सुनाउँदै बास्कोटाले भने– कांग्रेस के हो भन्ने थाहा नभएकाहरु उम्मेद्वार भएका छन् । उनीहरुले जीपी (गिरीजाप्रसाद कोइराला) लाई त जान्दैनन् । वीपी र गणेशमान त टाढाको कुरा । त्यसैले वीपीको विचार होइन उनीहरु खसी बोकेर गाउँ पसेका छन्, भोट माग्न † त्यसैले जनता नभएको कांग्रेस बढारिने निश्चित भएको उल्लेख गर्दै उनले भने– ‘राजनीतिक स्थायित्व र समाजवादमा प्रवेश गर्ने ढोका उघार्ने दायित्व पूरा गर्ने अभियानमा साथ दिनका पबगर्दछु, कि अब गाउँ फर्कौं । यो पञ्चायती नारा जस्तो होइन, उनले थपे, ‘समाजको परिवर्तन, समृद्ध काभ्रे र क्रान्तिको उद्देश्य प्राप्तिका लागि हो ।’

गाउँमा मतदाताहरुलाई प्रभाव पार्न र मतका लागि नेपाली कांग्रेसले बाँडेको पैसा देउसी खेलेझै गरी माग्न आफूले जनतालाई सुझाएको सम्झाउँदै उनले भने– कांग्रेसले जति दिन्छ , दिएजति सबै लिनुहोस् । यो उसले अन्तिम किस्ता बाँड्दैछ, किनभने उसले नेपाल टेलीकम बेच्न भ्याएको छैन । जनकपुर चुरोट कारखानाको बाँकी भएको जग्गा बेच्न पाएको छैन । तीस हजार, पैंतीस हजार जति दिन्छ लिनुहोस् र महिनाको खर्च चलाउनुस् † किन थुक निलेर बस्नु ? दिएको लिए केही फरक पर्दैन । तर नुनको सोझो भन्छन् नी त्यस्तो चाहिं हुनु भएन । कांग्रेसको ढ्वाङ चाहिं रित्तो पारिदिनुस् । गठबन्धनलाई भोट दिएर भरिदिनुस् । आफ्नो र देशको समृद्धिमा सहभागी बन्नुहोस् । किनभने विकास र निकासका लागि वाम गठबन्धन विजयी हुनैपर्छ । नत्र २२ वर्ष शासन गर्ने कांग्रेसले देशका बाँकी रहेका संस्थानहरु बेच्नेछ र जनतालाई अरु दुःख थोपर्नेछ ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रतिनिधिसभा काभ्रे क्षेत्र नं. १ का उमेद्वार गंगाबहादुर दोङ बमध्वजले काठमाडौंमा रहनु भएका सम्पूर्ण वाम सदस्यहरुलाई मंसिर २१ गतेको व्याटलमा निर्णायक लडाइँ लड्नका लागि तयारी गर्न अनुरोध गर्दै भने– ‘बिगतको मतको संरक्षण गर्न गाउँ–गाउँमा जानुहोस्। काभ्रे अब पक्का लालकिल्ला हुनेछ । तपाईहरुले थप बल दिनुहोस् । लाल किल्ला बनाउनका लागि आजैबाट सबै मिलेर लागौं ।’

उनले ग्रामीण भेगको जनतासँग भएको भेटघाटको अवस्थाको चित्रण गर्दै भने काँग्रेसहरुको अभियान हाम्रो अभियानसँग तुलना गर्नै सकिंदैन । उनीहरुको अभियान काठमाडौंका स्यालहरु ओसारेर गरिएका स्याल हुइयाँ मात्र हो । अब काभ्रेमा कांग्रेसको केही चल्नेवाला छैन । यी कुहिएर गन्हाएका दुर्गन्धितहरु हुन्, सम्पर्क मञ्चमा आवद्ध रहेका काभ्रेली वामहरुलाई सम्बोधन गर्दै उनले भने । कार्यक्रममा नेपाली कांग्रेस परित्याग गरी कैयौं कार्यकर्ताहरु वाम गठबन्धनमा प्रवेश गरेका थिए । नवप्रवेशीहरुलाई वाम गठबन्धनका गोकुल बास्कोटाले टीक र वाम गठबन्धनकै सूर्यमान दोङ ‘लालध्वज’ले खादा लगाएर स्वागत गरेका थिए ।

प्रकाशित मिति : २०७४, ५ मंसिर मंगलबार  १२ : ३४ बजे

प्रधानमन्त्रीसँग संक्रमणकालीन न्यायसम्बन्धी दुई आयोगका पदाधिकारीको छलफल

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग सत्य निरुपण तथा मेलमिलाप

आज जातीय भेदभाव तथा छुवाछुत उन्मुलन राष्ट्रिय दिवस

काठमाडौं । आज जातीय भेदभाव तथा छुवाछुत उन्मुलन राष्ट्रिय दिवस

राइड सेयरिङमा बढी भाडा लिए जानकारी दिन नेपाल प्रहरीको अनुरोध

काठमाडौं । यातायात व्यवसायीले यातायात बन्दको घोषणा गरेपछि राइड सेयरिङ

राष्ट्रपति पौडेलद्वारा रातो मच्छिन्द्रनाथको भोटो जात्रा अवलोकन

ललितपुर । राष्ट्रपति रामचन्द्र पौडेलले वर्षा र सहकालका देवता रातो

गणतान्त्रिक शक्तिहरूबीचको सहकार्य मजबुत बनाउनु आजको आवश्यकता :अध्यक्ष प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गणतान्त्रिक