२०८३, २० आश्विन बुधबार

निर्वाचनमा सुरक्षा चुनौती बढ्यो, भाग लिने उमेद्वारमाथि निरन्तर बम प्रहार

निर्वाचनमा सुरक्षा चुनौती बढ्यो, भाग लिने उमेद्वारमाथि निरन्तर बम प्रहार


काठमाडौं । प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि सुरक्षा व्यवस्था प्रमुख चुनौतीको रुपमा देखिएको छ । सुरक्षाका लागि एकीकृत सुरक्षा रणनीति बनाएर प्रहरी परिचालन गरे पनि निर्वाचनमा भाग लिएका उमेद्वारहरुमाथि निरन्तर बम प्रहार भइरहेका छन् ।

निर्वाचन सुरक्षाका लागि सरकारले नेत्रविक्रम चन्द विप्लप नेतृत्वको नेकपालाई मुख्य चुनौतीका रुपमा औंल्याएको छ । विशेषगरी वाम गठबन्धनमा रहेका नेकपा माओवादी केन्द्र र नेकपा एमालेका नेताहरुलाई लक्षित गरी बम प्रहार भएको छ भने नेपाली कांग्रेसका नेताहरुलाई पनि केही स्थानमा लक्षित गरिएको छ ।

पछिल्लो समय बाराको सिमरामा नेपाली कांग्रेसका उम्मेदवारले प्रयोग गरेको गाडीमा प्रेसर कुकर बम बिष्फोटन गराइएको छ । प्रतिनिधिसभा बारा क्षेत्र नम्बर ४ को प्रदेशसभा १ का कांग्रेस उम्मेदवार ओमकृष्ण कार्की चढ्ने गाडीमा बिहान बम विस्फोट भएको हो । सोमबार बिहान साढे पाँच बजे बम विष्फोट भएपछि बा १४ च ६६३३ नम्बरको गाडिमा क्षति पुगेको छ ।

यसअघि रोल्पामा ओन्सरी घर्ती मगर लागायत माओवादी केन्द्रका नेताहरुलाई लक्षित गरी बम प्रहार भएको थियो । त्यस्तै लिवाङमा वाम गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्न गएका माओवादी केन्द्रका नेता नन्दबहादुर पुन, कृष्णबहादुर महरा र वर्षमान पुन चढेको गाडीलाई लक्षित गरी दुई बम प्रहार भएको थियो । यसैगरी नुवाकोटको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. १ का उमेद्वार रामशरण महत चढेको गाडी नुवाकोटको ककनीमा एम्बुसमा पर्यो ।

त्यस्तै वाम गठबन्धनका जनार्दन शर्मालाई लक्षित गरी बम विस्फोट गराइएको थियो भने संखुवासभामा पनि वाम गठबन्धनकै नेताहरुलाई लक्षित गरी बम प्रहार भइसकेको छ । उता भोजपुरमा पनि वाम गठबन्धनकै एमाले नेता शेरधन राई माथि बम प्रहार भएको थियो भने म्याग्दीमा कांग्रेसका उमेद्वारलाई लक्षित गरी प्रहार गरिएको थियो । सृङ्खलावद्ध बम प्रहारका घटनालाई विप्लप समुहले निर्वाचनप्रति जनताको असन्तुष्टि र विद्रोहको रुपमा विश्लेषण गर्ने गरेको छ भने घटनाको कसैले जिम्मेवारी लिएको छैन ।

प्रकाशित मिति : २०७४, ४ मंसिर सोमबार  ४ : ४२ बजे

कांग्रेस महाधिवेशन : उम्मेदवारहरूको नामावली सार्वजनिक

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि

आजको मौसम : विभिन्न प्रदेशमा भारी वर्षाको सम्भावना, चट्याङ र हावाहुरीबाट सतर्क रहन आग्रह

काठमाडौं । देशमा पश्चिमी न्यून चापीय प्रणालीसँगै मनसुनी वायुको प्रभाव

२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ६३५ जनालाई कारबाही

काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ६३५ वटा सवारीसाधनका

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय

सरकार गठनमा समर्थन गरेकै आधारमा राप्रपाका नेतालाई कारबाही गर्नु नेतृत्वको गल्ती

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता