२०८२, २१ पुस सोमबार

निर्वाचनमा सुरक्षा चुनौती बढ्यो, भाग लिने उमेद्वारमाथि निरन्तर बम प्रहार

निर्वाचनमा सुरक्षा चुनौती बढ्यो, भाग लिने उमेद्वारमाथि निरन्तर बम प्रहार


काठमाडौं । प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि सुरक्षा व्यवस्था प्रमुख चुनौतीको रुपमा देखिएको छ । सुरक्षाका लागि एकीकृत सुरक्षा रणनीति बनाएर प्रहरी परिचालन गरे पनि निर्वाचनमा भाग लिएका उमेद्वारहरुमाथि निरन्तर बम प्रहार भइरहेका छन् ।

निर्वाचन सुरक्षाका लागि सरकारले नेत्रविक्रम चन्द विप्लप नेतृत्वको नेकपालाई मुख्य चुनौतीका रुपमा औंल्याएको छ । विशेषगरी वाम गठबन्धनमा रहेका नेकपा माओवादी केन्द्र र नेकपा एमालेका नेताहरुलाई लक्षित गरी बम प्रहार भएको छ भने नेपाली कांग्रेसका नेताहरुलाई पनि केही स्थानमा लक्षित गरिएको छ ।

पछिल्लो समय बाराको सिमरामा नेपाली कांग्रेसका उम्मेदवारले प्रयोग गरेको गाडीमा प्रेसर कुकर बम बिष्फोटन गराइएको छ । प्रतिनिधिसभा बारा क्षेत्र नम्बर ४ को प्रदेशसभा १ का कांग्रेस उम्मेदवार ओमकृष्ण कार्की चढ्ने गाडीमा बिहान बम विस्फोट भएको हो । सोमबार बिहान साढे पाँच बजे बम विष्फोट भएपछि बा १४ च ६६३३ नम्बरको गाडिमा क्षति पुगेको छ ।

यसअघि रोल्पामा ओन्सरी घर्ती मगर लागायत माओवादी केन्द्रका नेताहरुलाई लक्षित गरी बम प्रहार भएको थियो । त्यस्तै लिवाङमा वाम गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्न गएका माओवादी केन्द्रका नेता नन्दबहादुर पुन, कृष्णबहादुर महरा र वर्षमान पुन चढेको गाडीलाई लक्षित गरी दुई बम प्रहार भएको थियो । यसैगरी नुवाकोटको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. १ का उमेद्वार रामशरण महत चढेको गाडी नुवाकोटको ककनीमा एम्बुसमा पर्यो ।

त्यस्तै वाम गठबन्धनका जनार्दन शर्मालाई लक्षित गरी बम विस्फोट गराइएको थियो भने संखुवासभामा पनि वाम गठबन्धनकै नेताहरुलाई लक्षित गरी बम प्रहार भइसकेको छ । उता भोजपुरमा पनि वाम गठबन्धनकै एमाले नेता शेरधन राई माथि बम प्रहार भएको थियो भने म्याग्दीमा कांग्रेसका उमेद्वारलाई लक्षित गरी प्रहार गरिएको थियो । सृङ्खलावद्ध बम प्रहारका घटनालाई विप्लप समुहले निर्वाचनप्रति जनताको असन्तुष्टि र विद्रोहको रुपमा विश्लेषण गर्ने गरेको छ भने घटनाको कसैले जिम्मेवारी लिएको छैन ।

प्रकाशित मिति : २०७४, ४ मंसिर सोमबार  ४ : ४२ बजे

भेनेजुएलाकी उपराष्ट्रपतिलाई ट्रम्पको धम्की

कराकस । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलाकी उपराष्ट्रपतिलाई लक्षित गर्दै

ओलीको जन्मघर पुनर्निर्माण अन्तिम चरणमा

तेह्रथुम । नेकपा (एमाले) अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको

वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु जारी, तनाव कायमै

वीरगञ्ज । मुस्लिम समुदायको प्रदर्शनले सिर्जना गरेको तनावका कारण वीरगञ्जमा

एमाले अध्यक्ष केपी ओलीको स्थान हद फुकुवा

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीमाथि

सोलुखुम्बुमा दलित समुदायका लागि धार्मिक कर्मकाण्ड तालिम : गाउँपालिकाको प्रगतिशील पहल

सोलुखुम्बु । सोलुखुम्बु जिल्लामा दलित र पिछडिएका समुदायलाई लक्षित गर्दै