२०८३, ३१ श्रावण सोमबार

प्रचण्ड परिवार विक्षिप्त, प्रचण्डले नै दिए छोरालाई दागवत्ती

प्रचण्ड परिवार विक्षिप्त, प्रचण्डले नै दिए छोरालाई दागवत्ती


काठमाडौं । चुनावी प्रचार अधियानमा झापामा रहेको माओवादी अध्यक्ष्ग प्रचण्ड छोराको निधन भएपछि हेलिकोप्टरबाट काठमाडौं आएका थिए । अध्यक्ष प्रचण्ड लाजिम्पाटस्थित घरमा पुगेर नर्भिक अस्पतालमा आएका थिए । स्वभाविक रुपमा छोरा गुमाएको पीडा उनको अनुहारमा झल्किएको थियो । अध्यक्ष प्रचण्डले आफूलाई सक्दो सम्हाल्ने प्रयास गर्दै छोरालाई राखिएको स्थानमा पुगेका थिए । सार्वजनिक रुपमा उनले आफ्नो दुःख कतै पनि देखाएनन् ।

 

गम्भीर पीडाले थिचिएर भावुक मुद्रा पुगेका प्रचण्डले छोराको पार्थिक शरीरमा अन्तिम श्रद्धाञ्जली दिने क्रममा भने उनले हृदयभित्रको दर्दलाई लुकाएर राख्न सकेनन् । उनी भावविव्हल भए र उनको पीडा पोखिएको थियो । आफ्ना छोराको पार्थिर शरीरमा झण्डा ओढाउने क्रममा प्रचण्ड भावविह्ल भइरहे । छोराको अनुहारमा राम्ररी हेर्न समेत सकेनन् र एकोहोरो रोइरहे मात्रै ।

माओवादी पोलिटब्यूरो सदस्य समेत रहेका प्रकाशको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि पेरिसडाँडामा राखिएको थियो भने माओवादी नेता, कार्यकर्ता र शुभचिन्तकहरु श्रद्धान्जली दिन त्यहाँ पुगेका थिए। माओवादी नेताहरुको बीचमा प्रचण्ड उभिएका थिए । उनको सामुन्नेमा छोरा प्रकाशको पार्थिव शरीर राखिएको थियो । पार्टीका प्रवक्ताले शोक वक्तब्य पढेपछि पार्टीको झण्डा ओढाउन आग्रह गरिएको थियो । पुत्र प्रकाशको शरीरमा प्रचण्डले झण्डा ओडाएका थिए ।

प्रचण्डले नै दिए दागवत्ती

प्रकाश दाहालको पार्थिव शरीरमा बुबा पुष्पकमल दाहाल प्रचण्डले नै दागवती दिएका छन् । उनको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको थियो ।

त्यसअघि एमाले नेता माधवकुमार नेपाल, नयाँ शक्तिका डा बाबुराम भट्टराई, माओवादीका नारायणकाजी श्रेष्ठ लगायतका नेताहरुले प्रकाशलाई अन्तिम श्रद्धाञ्जली दिएका थिए ।

दाहालको हृदयाघातका कारण आइतबार थापाथलीस्थित नर्भिक अस्पतालमा पुर्र्याउनु अघि नै निधन भइसकेको अस्पतालले जानकारी दिएको छ । माओवादी पोलिटब्यूरो सदस्य समेत रहेका प्रकाशको हृदयाघातका कारण आइतबार विहान निधन भएको थियो । घरमै अचेत अवस्थामा भेटिएका उनलाई नर्भिक अस्पताल लगिएको थियो ।

प्रचण्ड पुत्र प्रकाशको निधनमा दुःख व्यक्त गर्दै एक घण्टा चुनावी कार्यक्रम स्थगित

चुनावी गठबन्धन गरेको सहयात्री दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पुत्र प्रकाश दाहालको निधनमा दुःख व्यक्त गर्दै आइतबारका देशभरका चुनावी कार्यक्रमहरु एक घण्टाका लागि स्थागित गरेको छ । नेकपा एमालेले माओवादी अध्यक्ष प्रचण्डका छोरा प्रकाश दाहालको असामयिक निधनबाट पार्टी स्तब्ध भएको जनाएको छ ।

एमाले केन्द्रीय निर्वाचन परिचालन कमिटीका प्रवक्ता विष्णु रिमालले विज्ञप्ति जारी गर्दै आज मंसिर ३ गते अपरान्ह २ देखि ३ बजेसम्म देशभरका सबै कार्यक्रम स्थगित भएको जनाएका छन् । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले झापामै रहेका माओवादी अध्यक्ष प्रचण्डलाई चुनावी अभियानबाट काठमाडौंका लागि बिदाइ गरेको गरेका थिए ।एमालेले प्रचण्ड परिवारमा परेको बज्रपातप्रति गहिरो दुःख व्यक्त गर्दै समवेदना प्रकट गरेको छ ।

प्रकाशित मिति : २०७४, ३ मंसिर आईतबार  ७ : ३९ बजे

कोशी सरकारमा नेकपाको ‘पावर इन्ट्री’, चार मन्त्री र एक राज्यमन्त्रीले लिए शपथ

विराटनगर । कोशी प्रदेश सरकारमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) औपचारिक

प्रवासी नेपाली मञ्च अष्ट्रेलियामा रमेश पौडेलको नेतृत्व, आठै राज्यका प्रतिनिधिबीच सर्वसम्मत नयाँ टिम

सिड्नी । प्रवासी नेपाली मञ्च (ओएनएफ) अष्ट्रेलियाको छैठौँ राष्ट्रिय अधिवेशनले

किशोर श्रेष्ठको बन्दी प्रत्यक्षीकरण रिटमा बहस सकियो, आदेश आउन बाँकी

काठमाडौं । पत्रकार किशोर श्रेष्ठको बन्दी प्रत्यक्षीकरणसम्बन्धी रिटमा सर्वोच्च अदालतमा

४५ सांसदको साथले जोगियो लुम्बिनी सरकार, आचार्यको कुर्सी सुरक्षित

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशसभामा विश्वासको मत

यातायात ऐनमा चर्को जरिवाना र चालकलाई अपराधीकरण नगर्न प्रधानमन्त्रीलाई ध्यानाकर्षण

काठमाडौं । नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले प्रस्तावित “सवारी तथा