२०८३, १ भाद्र मंगलबार

चन्द्र लामाले भने : म जनताको सेवक बन्न चाहन्छु , एक पटक सेवा गर्ने मौका दिनुहोस्

चन्द्र लामाले भने : म जनताको सेवक बन्न चाहन्छु , एक पटक सेवा गर्ने मौका दिनुहोस्


बनेपा । वाम गठबन्धनका साझा उमेदवार काभ्रे प्रदेश सभा क्षेत्र नं. १ ख को चन्द्र लामाले आफुलाई जनताको सेवक बन्ने अवसर दिन जनतासामु अनुरोध गरेका छन् । उनले शनिवार काभ्रेको डराउने पोखरीमा भएको चुनावी सभालाई सम्बोधन गर्दै काभ्रेको समृद्धिको सपना वाम गठबन्धनले मात्र पुरा गर्न सक्ने बताएका हुन ।

उनले घरदैलो र कोण सभालाई सम्बोधन गर्दै आम शुभचिन्तक र मतदाताहरुलाई बमध्वज र चन्द्र लामा भनेको एउटै भएकाले चुनावी अभियानमा होमिनका लागि नेता कार्यकर्ताहरुलाई आग्रह गरेका समेत गरेका थिए । लामाले आगामि निर्वाचनमा आफु र आफ्नो पार्टीलाई विजयी गराउन सबैमा आग्रह गरेका छन् । आफ्नो बाल्यकाल देखिको विगत संम्झदै आफु हुर्केको खेलेको ठाउँलाई स्वास्थ्य, शिक्षा, सडक, संचार र यातायात लगायत विभिन्न क्षेत्रको विकासका लागि आफुले योगदान दिर्दै आएको स्मरण गर्दैै यस भेगका जनताले वाम गठबन्धनका साझा उमेदवार मतदान गरी विजयी गराउनु हुन्छ भन्ने कारमा आफूलाई विश्वास रहेको बताए । सम्बोधनकै क्रममा उनले भने ‘यो भूगोल शिक्षाको हिसावले डिग्रीसम्म अध्ययन गर्ने क्याम्पस स्थापना गर्ने, खानेपानीको समस्यालाई पूर्ति गर्ने र स्वास्थ्यको क्षेत्रमा गर्नुपर्ने कामको लागि बाँकी समय दिन तयार रहेको उल्लेख गरे ।’ यसैगरी लामाले भने आफुले प्राप्त गरेको उमेदवारको टिकट चन्द्र्र लामाको लागि होइन आम जनता, समुदायको विकास र समृद्धिका भएको बताउर्दै सबैलाई निर्वाचनको वेला अझ गम्भिर र सशक्त भएर लाग्नको लागि आग्रह गरेका थिए ।


यसैगरी निवर्तमान सांसद रामहरी सुवेदीले बाम गठबन्धनसंग जनताको साथ रहेकाले भोलिको सुन्दर नेपाल बनाउने तागत पनि आफुहरुसर्गै रहेको बताए । सुवेदीले भने ‘हामीसंग धन पनि छैन, डन पनि छैन, हामीसंग जनता छ, यही जनताको मतबाट विजयी भएर समृद्ध राष्ट्र निर्माणका लागि लागिरहेका छौं ।’ ‘अहिले हामी वामगठबन्धनलाई मतदान गर्नका लागि अनुरोध गर्दै आएका छौं, चुनावपछि हामी एउटै पार्टी हुनेछौं, हिजो भनेका कुरा कही कतै पूरा नभएको भए आगामी दिनमा पूर्णता दिने ।’ बताएका छन् ।

कार्यक्रममा नमोबुद्ध नगरपालिकाका प्रमुख टिपी शर्मा तिमल्सिनाले मुलुुकमा अराजकता हटाउनको लागि पनि बाम गठबनधनको विजयी आवश्यक रहेको उल्लेख गरे । उनले भने ‘समाजमा ब्याप्त अराजकता सधैं थेग्न सक्दैन, त्यसैले नेपालमा बाम गठबन्धनको नेतृत्वमा नयाँ नेपाल निर्माणको बाटो पहिल्याउन आवश्यक छ ।’ त्यसको लागि नमोबुद्धमा रहेको दुई पार्टी एकता भईसकेको उल्लेख उल्लेख गर्दै चुनावपछि पनि आफुहरुको अभियानमा एकसाथ भएर विकास निर्माणको कामहरु अगाडि बढाउने प्रतिबद्धता ब्यक्त गरेका थिए ।

कार्यक्रममा बाम गठबन्धनका नेता मिमबहादुर वाईबा(ज्वाला)ले दाप्चाको ऐयितहासिक भूगोलले जनताको अधिकार स्थापना गर्नको लागि खेलेको भूमिकालाई उमेदवारहरुले कहिल्यै नभुल्ने बताएका थिए । ‘हिजो अधिकारको लागि लडाई लड्यौ, त्यसै संघर्षको फलस्वरुप अहिले प्राप्त गरेको उपलब्धीको लागि यो निर्वाचनमा बाम गठबन्धनका उमेदवारलाई विजयी गराउन आवश्यक छ ।’ ज्वालाले भने । अब बाम गठबन्धनको विजयीबाट मात्रै जनताको चाहना र सिंगो राष्ट्रको उन्नतीको बाटो खुल्नेछ ।

प्रकाशित मिति : २०७४, २ मंसिर शनिबार  ७ : २५ बजे

कोशी सरकारमा नेकपाको ‘पावर इन्ट्री’, चार मन्त्री र एक राज्यमन्त्रीले लिए शपथ

विराटनगर । कोशी प्रदेश सरकारमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) औपचारिक

प्रवासी नेपाली मञ्च अष्ट्रेलियामा रमेश पौडेलको नेतृत्व, आठै राज्यका प्रतिनिधिबीच सर्वसम्मत नयाँ टिम

सिड्नी । प्रवासी नेपाली मञ्च (ओएनएफ) अष्ट्रेलियाको छैठौँ राष्ट्रिय अधिवेशनले

किशोर श्रेष्ठको बन्दी प्रत्यक्षीकरण रिटमा बहस सकियो, आदेश आउन बाँकी

काठमाडौं । पत्रकार किशोर श्रेष्ठको बन्दी प्रत्यक्षीकरणसम्बन्धी रिटमा सर्वोच्च अदालतमा

४५ सांसदको साथले जोगियो लुम्बिनी सरकार, आचार्यको कुर्सी सुरक्षित

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशसभामा विश्वासको मत

यातायात ऐनमा चर्को जरिवाना र चालकलाई अपराधीकरण नगर्न प्रधानमन्त्रीलाई ध्यानाकर्षण

काठमाडौं । नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले प्रस्तावित “सवारी तथा