२०८३, २९ जेष्ठ शनिबार

तीर्थ लामा वाम गठबन्धनमा प्रवेश गरेपछि काभ्रे एकको कांग्रेस धरापमा

तीर्थ लामा वाम गठबन्धनमा प्रवेश गरेपछि काभ्रे एकको कांग्रेस धरापमा


रोशी / काभ्रेको निर्वाचन क्षेत्र नम्बर १ अन्तर्गत पर्ने रोशी गाउँपालिकाका तीर्थ लामाको नेतृत्वमा सयौं नेपाली कांगं्रेसका नेता कार्यकर्ताहरुले कांग्रेस परित्याग गरी वाम गठबन्धनमा प्रवेश गरेपछि नेपाली कांग्रेस काभ्रेको क्षेत्र नम्बर १ धरापमा परेको छ । साम, दाम, दण्डभेद सबै प्रयोग गरी फेरि काभ्रेको उक्त क्षेत्र कब्जा गर्ने रणनीतिमा रहेको काभ्रे १ को नेपाली कांग्रेसका कार्यकर्ताहरु धमाधम वाम गठबन्धनमा ओइरिन लागेपछि कांग्रेसको विजयको सपना सपना मै सिमित हुने देखिएको छ । रोशीको शिखर आम्बोटेमा शुक्रबार भएको कार्यक्रममा नेपाली कांग्रेस र मधेसी जनअधिकार फोरमका सयौं पूर्व कार्यकर्ताहरु लाम लागेर वाम गठबन्धनलाई समर्थन गर्दै वाम गठबन्धनमा प्रवेश गरेका छन् । शिखर आम्बोटे, खहरेपाँगू, गहते पिपलटार, खाक्सी, मेधाम्सु आसपासका कांग्रेस र फोरमका कार्यकर्ताहरु लर्को लागेर पार्टी प्रवेश गरेको कार्यक्रममा सहभागी पत्रकार मिलन लामाले बताएका छन् ।

वम गठबन्धनले रोशी गाउँपालिकाको माथिल्लो भेगमा शुक्रबार चुनावी सभाको आयोजना गरेको थियो । सोही सभामा नवप्रवेसीहरुलाई एमाले र माओवादीका नेताहरुले नव प्रवेशीहरुलाई टिका लगाएर स्वागत गरेका थिए । प्रवेश गर्नेहरुमा रोशी गाउँपालिका वडा नं. ५ का लोकतान्त्रिक फोरमका युवा लगायत नेपाली कांग्रेसका युवाहरुले आ–आफ्नो पार्टी परित्याग गरी केशब लामाको नेतृत्वमा वाम गठनबन्धनमा प्रवेश गरेका छन् । प्रवेश गर्ने फोरमका युवाहरुमा विले लामा, इन्द्र लामा, राजेन्द्र लामा, कान्छा लामा, थर्कमान लामा, रोजन लामा, विजय लामा, वीरबल लामा, प्रेम लामा, वुद्ध लामा ‘क’ र बुद्ध लामा ‘ख’, फूर्साङ लामा लगायत रहेका छन् ।

यसैगरी रोशी गाउँपालिका पीपलटारबाट हिरालाल लामा, गाणेश तामाङ, चन्द्रबहादुर तामाङ, इन्द्रजीत लामा, मंगललाल लामा, सन्त लामा, सुरथसिं लामा, मानबहादुर लामा, पाल्साङ लामा, प्रकाश विश्वकर्मा, सञ्जीव लामा, पाल्देन लामा, तेजकुमार लामा, कुमारसिं लामा, अनन्त बल, अजय लामा, लयतले नेपाली कांग्रेस परित्याग गरी वाम गठबन्धनमा समावेश भएका छन् । त्यसैगरी रोशी गाउँपालिका ३ शिखरबाट तीर्थ लामाको नेतृत्वमा नेपाली कांग्रेस परित्याग गरी पोते लामा, अमित लामा, श्याम लामा, प्रेम लामा, लगायत सयौं नेपाली कांग्रेस र पूर्व फोरमका स्थानीय नेता कार्यकर्ताहरु वाम गठबन्धनमा प्रवेश गरेका छन् ।

प्रकाशित मिति : २०७४, १ मंसिर शुक्रबार  ६ : ५९ बजे

दलित उत्पीडित आन्दोलन सशक्त बनाउन कोशी प्रदेश तदर्थ समिति गठन

काठमाडौं । नेपाल दलित उत्पीडित केन्द्र कोशी प्रदेश समन्वय सम्पर्क

रोपाइँको मुखमा किसानलाई मल–बीउ उपलब्ध गराउन एमालेको माग

काठमाडौं । नेकपा एमाले बागमती प्रदेश कमिटीले धान रोपाइँ तथा

सीमादेखि संसदसम्म सरकार विवादमा, प्रधानमन्त्रीको अभिव्यक्ति सच्याउन एमालेको चेतावनी

काठमाडौं । नेकपा एमालेले राष्ट्रिय स्वाधीनता, श्रमिक अधिकार र लोकतान्त्रिक

बजेट छेडखानी प्रकरणमा एमालेको चुनौती : ‘दूधको दूध, पानीको पानी गर्न तयार छौँ’

काठमाडौं । नेकपा एमालेका सांसद गुरु बराल ले अर्थमन्त्री स्वर्णिम

प्रधानमन्त्रीको मौनता र अर्थमन्त्रीको धम्कीमाथि : केसीको आक्रोश

काठमाडौं । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसी ले संसद्प्रति सरकारको