२०८२, ११ माघ आईतबार

‘ऐश्वर्य’को सुखद ओपनिङ, फिल्मको मेकिङको चौतर्फी प्रशंसा

‘ऐश्वर्य’को सुखद ओपनिङ, फिल्मको मेकिङको चौतर्फी प्रशंसा

खबरघर
0
Shares

बिहिबार छठ पर्वको बिदाको मौका छोपेर रिलिज भएको चलचित्र ‘ऐश्वर्य’ले पहिलो दिन सुखद कलेक्शन गरेको छ । चलचित्रको वितरक कम्पनी डीसीएनले दिएको आँकडा अनुसार, यो चलचित्रले काठमाण्डौमा २८ लाख ८६ हजार १०७ रुपैयाँको ग्रस कलेक्सन गरेको छ भने मोफसलमा १९ लाख ३० हजार ५७५ को ब्यापार गर्न सफल भएको छ । चलचित्रले पहिलो दिन ४८ लाख १६ हजार ६ सय ८२ रुपैयाँ बराबरको ग्रस कलेक्शन गरेको छ ।

बिहिबार काठमाण्डौका मल्टिप्लेक्समा दर्शकको उपस्थिती उच्च देखियो । बिहानैबाट मल्टिप्लेक्समा दर्शक चलचित्र हेर्न पुगेका थिए । चलचित्रका नायक तथा निर्माता रमेश उप्रेती, नायिका दीपिका प्रसाई, खलनायक प्रशान्त ताम्राकार र निर्देशक दिवाकर भट्टराइले दर्शकसँगै बसेर चलचित्र हेरे ।

चलचित्र हेरिसकेपछि अधिकांश दर्शक नायक रमेश उप्रेती र खलनायक प्रशान्त ताम्राकारसँग सेल्फी खिच्न झुम्मिएका थिए । केही दर्शकले रमेशले चलचित्र क्षेत्रमा कमब्याक गरेको भन्दै वधाई समेत दिएका थिए । चलचित्रले सुखद व्यापार गरेपछि नायक रमेश उप्रेती निकै खुशी देखिएका छन् ।

उनले, आफूले चाहेको किसिमको चलचित्र बनेको भन्दै खुशी व्यक्त गरे । चलचित्रको मेकिङ, कलाकारको अभिनयलाई सर्वाधिक धेरै दर्शकले रुचाएका छन् । यस्तै, दर्शकबाट आएको प्रतिक्रियाले कलाकार प्रशान्त ताम्राकार पनि दंग देखिएका थिए । उनले, धेरै दर्शक टिकट नपाएर फर्किएको भन्दै दर्शकको मायाले उत्साह बढाएको बताए ।

नायिका दीपिका प्रसाइले डेब्यू चलचित्रमै दर्शकबाट पाएको मायाले आफूलाई अगाडि बढ्न हौसला मिलेको बताइन् । निर्देशक दिवाकर भट्टराइले दर्शकले दिएको मायाले आफूलाई झनै जिम्मेवारी वोध भएको बताए । १ करोड भन्दा माथिको बजेटमा बनेकाले पनि चलचित्रले लगानी उठाउनका लागि मात्र केही दिन आक्रामक व्यापार गर्नुपर्ने हुन्छ ।

Es gibt auch eine reihe von selbsthilfegruppen, in denen sich menschen, die suchtmittel einnehmen oder best-ghostwriter.com/referat eingenommen haben, treffen.

प्रकाशित मिति : २०७४, ११ कार्तिक शनिबार  ७ : ५१ बजे

काभ्रेका युवाहरू एमालेमा प्रवेश : नयाँ शक्ति, नयाँ विश्वास

काभ्रे। आगामी फागुन २१ गते हुने निर्वाचनको तयारीलाई थप मजबुत

राष्ट्रिय सभामा १८ नयाँ सांसद: सन्तुलन, सन्देश र सत्ता-राजनीतिक गणित

काठमाडौं । राष्ट्रिय सभामा १८ जना नयाँ सांसद निर्वाचित भएसँगै

महेश्वर दाहाललाई चुनावी प्रचार प्रसारमा स्वस्फूर्त आर्थिक सहयोग जुट्दै

सिन्धुली । आगामी फागुन २१ गते हने प्रतिनिधसभा निर्वाचनमा सिन्धुली

जनमुक्ति सेनाका पूर्व बिग्रेड कमाण्डरले उठाए प्रश्न : केन्द्रको निर्णय वैध छ ?

सिन्धुली: नेपाल कम्युनिष्ट पार्टीेकपा (नेकपा) भित्र निर्णय प्रक्रिया र पार्टी

सिन्धुलीको कमलामाईमा बढ्यो चुनाबी सरगर्मी, काँग्रेस छोड्दै एमाले प्रवेश

सिन्धुली: कमलामाई नगरपालिका अन्तर्गत विभिन्न वडाबाट नेपाली काँग्रेस परित्याग गरी