२०८३, १५ कार्तिक आईतबार

एमाले झापाले भन्यो – बिर्तामोड घटना नियोजित

एमाले झापाले भन्यो – बिर्तामोड घटना नियोजित

खबरघर
0
Shares

११ कत्तिक, झापा । नेकपा (एमाले) ले झापा, अर्जुनधारा–११ निवासी लक्ष्मण शिवाकोटीको मृत्युको विषयलाई लिएर भएको प्रदर्शनमा प्रहरीले गोलीसम्म हान्ने र सर्वसाधारणलाई घाइते बनाएकामा दुुःख व्यक्त गरेको छ ।

एमालेले बालक शिवाकोटीको मृत्युका बारेमा छानविन गरी दोषीलाई कानूनका दायरामा ल्याउन शिवाकोटी परिवारलाई न्याय दिलाउन माग गरेको छ ।

बिर्तामोड नगरपालिकाका प्रमुख ध्रुवकुमार शिवाकोटीको घरमा आक्रमण गर्नेदेखि गाडी तोडफोड गर्ने, मोटरसाइकलमा आगजनी गर्ने, पूर्वसांसद प्रेमबहादुर गिरीको मोटरसाइकल तोडफोड गर्ने, बिर्तामोड नगरपालिका बोर्ड सदस्य सुरेन राजवंशीका घरमा तोडफोड गर्ने, पार्टीका कार्यकर्ता नारायण चिमरियालगायतलाई आक्रमण गर्ने र मनमोहन अस्पतालमा तोडफोड गर्ने जस्ता कार्यको निन्दा गर्दै पार्टीले ‘नियोजित रुपमा गरिएको आक्रमण र तोडफोडसँगै प्रदर्शनकारीमाथि गोली चलाउने अवस्था आउनु’ सरकारविहीनताको पराकाष्टा भएको आरोप लगाइएको छ ।

एमालेका नेता कार्यकर्ता र जनप्रतिनिधिमाथि आक्रमण गर्नेलाई कारबाहीको माग गर्दै घटनामा परी मृत्यु वरण गरेकाहरुलाई क्षतिपूर्तिसहित प्रदर्शनका क्रममा भएका घाइतेलाई उपचारको माग र तोडफोड भएको सम्पत्तिको उचित क्षतिपूर्तिसहित समग्र घटनाको छानबिन गर्न सरकारसमक्ष एमाले झापाले विज्ञप्तिमार्फत माग गरेको छ ।

You’re do my college homework so not ready for classes right now, you’re hoping people notice your new tan and you’re officially counting down the weeks until summer starts.

प्रकाशित मिति : २०७४, ११ कार्तिक शनिबार  ११ : १४ बजे

नेपालसँग ४० लाख पर्यटक धान्ने क्षमता भएपनि १२ लाख मात्रै भित्र्याउन सकिएको छ : विनायक शाह

काठमाडौं । नेपालका होटलले वार्षिक ३५ देखि ४० लाख पर्यटकलाई

आजदेखि नागढुंगा सुरुङमार्गमा शुल्क लाग्ने, सवारीसाधनअनुसार ६० देखि ६०० रुपैयाँसम्म

काठमाडौं । नागढुंगा सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनबाट आजदेखि सडक उपभोग

काठमाडौं उपत्यकामा २४ घण्टामा १५१ सवारीसाधन कारबाहीमा

काठमाडौं । काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने १५१ सवारीसाधनमाथि

इनम प्रकरण र न्यायालयको दुरावस्था 

अधिवक्ता चिरञ्जीवी नेपाल  न्यायपालिका व्यवस्थापिका र कार्यपालिका राज्य सञ्चालनका प्रमुख

नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज (आइतबार) बस्ने