२०८३, १४ कार्तिक शनिबार

कतारले कामदारको न्यूनतम तलव तोक्ने

कतारले कामदारको न्यूनतम तलव तोक्ने


काठमाडौं/ कतारले पहिलो पटक आप्रवासी कामदारको न्युनतम तलव तोक्ने भएको छ । कतारको यो निर्णयले ४ लाख भन्दा बढी नेपाली सहित लाखौं आप्रवासी कामदार लाभान्वित हुने अपेक्षा गरिएको छ ।

कतारको मन्त्रीपरिषद्को बुधबार बसेको बैठकले आप्रवासी कामदारको न्युनतम तलव तोक्ने निर्णय गरेको हो । यसले लाखौं श्रमिकलाई फाइदा पुग्ने विविसीले समाचार लेखेको छ । यसअघि कतारले रोजगारदाता र श्रमिकबीच कति तलवमा काम गर्ने भन्ने निक्र्यौल गर्ने अधिकार भएको भन्दै आफ्ना रोजगारदातालाई सुविधा दिंदै आएको थियो । यसले नेपालले कतार जाने कामदारका लागि न्यूनतम तलव तोकेपनि सो लागु हुन सकेको थिएन ।

कतार सरकारको पछिल्लो निर्णयलाई श्रमिकहरुको विश्वव्यापी यूनियन आईटीयूसीले स्वागत गरेको छ । आइटीयूसीकी महासचिव सरण बरोले यसको स्वागत गरेकी छन् । विज्ञप्ती मार्फत उनले कतारको यो निर्णय अविलम्व लागु हुने अपेक्षा प्रकट गरेकी छन् ।

प्रकाशित मिति : २०७४, १२ कार्तिक आईतबार  ५ : ३३ बजे

सिन्धुली रास्वपाको ‘क्यान्डिडेट क्लब’मा २ जनाको मात्रै निवेदन

सिन्धुली । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट स्थानीय तहको निर्वाचनमा

भैरहवाको बदलिँदो पहिचान : गाउँबाट व्यापारिक सहर,

रुपन्देही । कुनै समय ढुंगैढुंगाका बाटा, फुसका घर, झाडी र

पत्रकार पक्राउ र सञ्चारगृहमाथिको हस्तक्षेपविरुद्ध माइतीघरमा पत्रकारको प्रदर्शन

काठमाडौं । पत्रकार पक्राउ, सञ्चारगृहमाथि धरपकड र न्यूजरुममा प्रहरी हस्तक्षेप

पहिरोले बिपी राजमार्ग अवरुद्ध, पिन्थली र गिम्दीबेँसीमा सडक बन्द

काभ्रेपलाञ्चोक । निरन्तर वर्षासँगै पहिरो खस्दा बिपी राजमार्ग पूर्ण रूपमा

रास्वपाको सचिवालय बैठक आज, बिहान ११ बजे बस्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज सचिवालय बैठक