२०८२, २८ असार शनिबार

कृषकलाई सुविधा, घरमै बसेर मौसम र खेतीपातीको जानकारी

कृषकलाई सुविधा, घरमै बसेर मौसम र खेतीपातीको जानकारी


काभ्रे/काभ्रेपलाञ्चोक जिल्लाका कृषकले घरमै बसी बसी मौसमको जानकारी लिन पाउने भएका छन् । जिल्लाका कृषकलाई मौसम सम्बन्धी जानकारीका लागि रेनगज र थर्मोमिटर प्रदान गरिएको छ । मौसम सम्बन्धी साम्रगी, सिमकार्ड सहितको स्मार्टफोन वितरण गरिएको कार्यालयका सुचना अधिकारी थर्क जिसीले जानकारी दिए । कृषकलाई सुचना प्रविधिले जोड्न सके उत्पादन बढ्ने र ठगिनबाट बच्न भएकाले सामग्री वितरण गरिएको कार्यालयले जनाएको छ ।

सिमकार्ड, मोबाइल फोन, रेनगज र थर्मोमिटर पाउनेमा जिल्लाको अति विकट डाँडापारी क्षेत्रको गोकुले देखि दुर्गम कोशीपारी क्षेत्रको विर्तादेउरालीसम्मका ४३ कृषक समूह र सहकारी रहेका छन् । “कुन समयमा कस्ताखालका खेतीपाती लगाउने भन्ने बारे यो प्रविधिले कृषकलाई जानकारी लिन सजिलो हुन्छ् जिसीले भने “कृषीमा आधारित हाम्रो मुलुकमा यस्तो प्रविधिको ग्रामीण भेगसम्म खाँजो रहेको छ ।”

जलवायु प्रकोप समुन्थान निर्माण आयोजना अन्तर्गत वितरण गरिएको स्मार्टफोनमा कृषक पल सेन्टर नामको एप्प समेत राखिएको छ । जसले कृषकलाई बजार भाउ पत्ता लगाउन सजिलो हुने छ भने मौसमी तथा बेमौसमी खेतीका गर्ने समय, विधि र तरिकाका बारे समेत जानकारी हुने छ । प्रति समूह २५ हजार बराबरको सामान वितरण गरिएको कार्यालयले जनाएको छ । कृषकलाई बाडिएको सिमकार्ड नम्बर जिल्ला कृषि विकास कार्यालयले पनि राखेको छ । यसले कृषकलाई नयाँ प्रविधिका बारे जानकारी गराउन थप सजिलोे हुने कार्यालयले जनाएको छ । काभ्रे जिल्ला तरकारी र अन्न उत्पादनमा आत्मनिर्भर जिल्ला हो ।

प्रकाशित मिति : २०७४, १२ कार्तिक आईतबार  ५ : १९ बजे

प्रधानमन्त्री ओलीद्वारा माई नगर अस्पताल उद्घाटन, २४ घण्टा सेवा सुरु

इलाम । प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार इलामको माई नगरपालिकामा

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी भन्छिन् : ‘जबज केवल राजनीतिक सिद्धान्त होइन, दार्शनिक मार्गदर्शन हो’

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले जनताको बहुदलीय जनवाद (जबज) केवल

नाडा अटो शो २०२५ मा विशेष आकर्षण बन्दै ‘नामी ०६’, बेस्ट–सेलर बन्ने सम्भावना कति ?

काठमाडौं । अन्तर्राष्ट्रिय अटोमोबाइल बजारमा ब्यापक चर्चा बटुलिरहेको चिनियाँ विद्युतीय

राजनीतिक पार्टीहरु वैचारिकरुपमा पूर्नगठित हुन नसके विलय हुन्छन : योगेश भट्टराई

काठमाडौं । नेकपा एमालेका सचिव एवं प्रतिनिधिसभाका सदस्य योगेश भट्टराईले

गणतन्त्रको मेरुदण्ड राजनीतिक दल हुन् : सभामुख घिमिरे

काठमाडौं । सभामुख देवराज घिमिरेले गणतान्त्रिक व्यवस्थाको सफल कार्यान्वयनमा राजनीतिक