२०८३, १४ श्रावण शुक्रबार

कृषकलाई सुविधा, घरमै बसेर मौसम र खेतीपातीको जानकारी

कृषकलाई सुविधा, घरमै बसेर मौसम र खेतीपातीको जानकारी


काभ्रे/काभ्रेपलाञ्चोक जिल्लाका कृषकले घरमै बसी बसी मौसमको जानकारी लिन पाउने भएका छन् । जिल्लाका कृषकलाई मौसम सम्बन्धी जानकारीका लागि रेनगज र थर्मोमिटर प्रदान गरिएको छ । मौसम सम्बन्धी साम्रगी, सिमकार्ड सहितको स्मार्टफोन वितरण गरिएको कार्यालयका सुचना अधिकारी थर्क जिसीले जानकारी दिए । कृषकलाई सुचना प्रविधिले जोड्न सके उत्पादन बढ्ने र ठगिनबाट बच्न भएकाले सामग्री वितरण गरिएको कार्यालयले जनाएको छ ।

सिमकार्ड, मोबाइल फोन, रेनगज र थर्मोमिटर पाउनेमा जिल्लाको अति विकट डाँडापारी क्षेत्रको गोकुले देखि दुर्गम कोशीपारी क्षेत्रको विर्तादेउरालीसम्मका ४३ कृषक समूह र सहकारी रहेका छन् । “कुन समयमा कस्ताखालका खेतीपाती लगाउने भन्ने बारे यो प्रविधिले कृषकलाई जानकारी लिन सजिलो हुन्छ् जिसीले भने “कृषीमा आधारित हाम्रो मुलुकमा यस्तो प्रविधिको ग्रामीण भेगसम्म खाँजो रहेको छ ।”

जलवायु प्रकोप समुन्थान निर्माण आयोजना अन्तर्गत वितरण गरिएको स्मार्टफोनमा कृषक पल सेन्टर नामको एप्प समेत राखिएको छ । जसले कृषकलाई बजार भाउ पत्ता लगाउन सजिलो हुने छ भने मौसमी तथा बेमौसमी खेतीका गर्ने समय, विधि र तरिकाका बारे समेत जानकारी हुने छ । प्रति समूह २५ हजार बराबरको सामान वितरण गरिएको कार्यालयले जनाएको छ । कृषकलाई बाडिएको सिमकार्ड नम्बर जिल्ला कृषि विकास कार्यालयले पनि राखेको छ । यसले कृषकलाई नयाँ प्रविधिका बारे जानकारी गराउन थप सजिलोे हुने कार्यालयले जनाएको छ । काभ्रे जिल्ला तरकारी र अन्न उत्पादनमा आत्मनिर्भर जिल्ला हो ।

प्रकाशित मिति : २०७४, १२ कार्तिक आईतबार  ५ : १९ बजे

चाँगुनारायणमा अब घरदैलोमा आँखा उपचार,मोतियाबिन्दु शल्यक्रिया पनि निःशुल्क हुने

नबराज काफ्ले भक्तपुर, १५ श्रावण  : चाँगुनारायण नगरपालिका–२ दुवाकोट स्वास्थ्य

ब्रड पिक दुर्घटना : ६ नेपाली पर्वतारोही अझै सम्पर्कविहीन, उद्धारमा तीव्र समन्वय

काठमाडौं। पाकिस्तानको ब्रड पिक क्षेत्रमा आएको हिमपहिरोपछि सम्पर्कविहीन भएका नेपाली

गणेश यादवका परिवारलाई भेट्न आज सिरहा पुग्दै गृहमन्त्री गुरुङ, सुरक्षा अवस्थाबारे पनि लिने ब्रिफिङ

काठमाडौं। मधेश प्रदेशमा पछिल्ला दिनमा देखिएको तनावपूर्ण अवस्थाबीच गृहमन्त्री सुधन

आज राष्ट्रियसभा बैठक बस्दै, गृहमन्त्री गुरुङ र शिक्षामन्त्री पोखरेलले सांसदका प्रश्नको जवाफ दिने

काठमाडौं। संघीय संसदअन्तर्गत राष्ट्रियसभाको बैठक आज दिउँसो १ः१५ बजे बस्ने

सुनसरी घटनापछि सरकार-पीडित परिवारबीच सातबुँदे सहमति, मृतकलाई सहिद घोषणा गर्ने तयारी

काठमाडौं। सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा साउन १० गते भएको घटनामा