२०८३, १६ आश्विन शनिबार

तरकारीमा आर्गेनिक मल प्रयोग गर्ने कृषक बढ्दैँ

तरकारीमा आर्गेनिक मल प्रयोग गर्ने कृषक बढ्दैँ


काभ्रे/अत्याधिक विषादी प्रयोग गरि तरकारी फलाउने गरेको आरोप खेपेका काभ्रेपलाञ्चोक जिल्लाका कृषकहरुले पछिल्लो समय आर्गेनिक मलको प्रयोगलाई बढाएका छन् । बढी तरकारी उत्पादनहुने पाँचखाल, धुलिखेल, बनेपा, खोपासी, नाला, मण्डनदेउपुर लगायतका ठाउँमा आर्गेनिक मलको प्रयोग बढेको हो । जिल्ला कृषिविकास कार्यालयले विगत दुईवर्ष देखि रसायनिकमल र विषादीको मात्रा कम गर्ने उद्देश्यले अनुदानमा आर्गेनिक मल वितरण गर्न थालेपछि कृषकहरुले आर्गेनिक मलको प्रयोगलाई बढाएका हुन् ।

कार्यालयले चालु आर्थिक वर्षमामात्रै ३ सय मेक्ट्रीटन अर्थात ३ हजार केजीआर्गेनिक मल वितरण गर्न लागेको बालीविकास अधिकृत थर्क बहादुर जिसीले जानकारी दिए । “अहिले जिल्लामा तरकारी खेतीगरिरहेका कृषकहरुले आर्गेनिकमलको प्रयोगलाई निकै बढाएका छन्, उनले भने “अझयसलाई ब्यापकता बनाउन जरुरी छ ।” जिल्लामा ९ हजार ६ सय २ हेक्टर क्षेत्रफल जमिनमा बार्षिक १ लाख ६२ हजार ७ सय ५२ मेक्ट्रिटन तरकारी उत्पादनहुदैँ आएका छन् । जिल्लाबाट मौसमीतथा बेमौसमि गरी दैनिक १ करोड ९ लाखको तरकारी बिक्रीका लागि बजारमा आउने गरेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । आलु, लौका, गिरौला, खुर्सानी, गोलभेडा, बोडी, भिन्टी, काक्रो, सिमी, काउली, बन्दा जस्ता मौसमी तथा बेमौसमी तरकारीमा कृषकले आर्गेनिकमलको मात्रा बढाएका हुन् ।

करिब तीनवर्षअघि कालीमाटी तरकारी बजार स्थित ‘विषादी अवशेष द्रुतविश्लेषण प्रयोगशाला’ माग गरिएको रिएको परीक्षणमा जिल्लाको तरकारी खान अयोग्य भनेपछि कार्यालयले तरकारी उत्पादक कृषक र एग्रोभेट सञ्चालकहरुलाई विभिन्न चरणमा अभिमूखिकरण गर्दै आइरहेको छ । प्रतिबोरा ४० देखि ६० रुपैयाँसम्म अनुदानदिइएको बालीविकास अधिकृत जिसीले बताए । जिल्लाको कुल तरकारी उत्पादनमध्ये पाँचखालको तरकारीले मात्रै २५ प्रतिशतबजार हिस्साओट्ने गरेको छ । काभ्रेमा तरकारी बिक्रीबाट मात्रै बार्षिक ४ अर्ब रुपैयाँभित्र्ने गरेको सरकारी तथ्याङ्क छ । विषादी रहित तरकारी, फलफूल र खाद्यन्नउत्पादनगर्ने उद्देश्यले आर्गेनिक मल वितरण गर्न लागेको धुलिखेलमा रहेको जनजागृती कृषि सहकारी संस्थाका अध्यक्ष प्रताप तामाङले बताए । “वस्तुभाउनपाल्ने कृषकहरुले आर्गेनिक मलको माग बढी गर्ने गरेका छन्, उनले भने “रसायनिक मलको विकल्प खोज्न जरुरी भइसक्यो ।”

मौसमी तथा बेमौसमी गरी सरदर दैनिक ४ सय भन्दा बढी मेक्ट्रिटन तरकारी बजारमाआउने गरेको छ । जिल्लाबाट उत्पादित तरकारी मध्ये ९२ प्रतिशत जिल्ला बाहिर खपत हुन्छ, भने ८ प्रतिशतमात्रै जिल्लामा रहने गरेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । राष्ट्रिय जनगणना २०६८ ले जिल्लामा १० वर्षभन्दामाथिका ४४ प्रतिशतनागरिक कृषि पेशामा संलग्न रहेको देखाएको छ ।जिल्लामाब्यवसायीक तरकारी खेतीमालागेका ६ सय र मौसमी खेतीगर्दै आएका ३ हजार कृषक प्रत्यक्ष रोजगारीमा संलग्नछन् ।

प्रकाशित मिति : २०७४, १२ कार्तिक आईतबार  ५ : ०४ बजे

उपल्लो डोल्पाबाट बजारतर्फ लैजाँदै च्याङ्ग्रा फोटो फिचर

उपल्लो डोल्पाका हिमाली बस्तीमा पालिएका च्याङ्ग्राहरू अहिले दशैँ–तिहारको बजारलाई लक्षित

घर बनाउन सरकारले सामग्रीदेखि सहुलियत ऋणसम्म दिने

काठमाडौं । सरकारले पहिलोपटक घर बनाउने नागरिकदेखि विपन्न तथा मध्यम

२ महिनामै १०० को सेयर ८०० कसरी? कामाख्या फिनकर्पलाई कम्पनी रजिस्ट्रारको ७ दिने स्पष्टीकरण

काठमाडौं । कम्पनी दर्ता भएको दुई महिनामै कामाख्या फिनकर्प प्रालिको

यात्रुवाहक बस पल्टिँदा ६ जनाको मृत्यु, १० घाइते

नवलपरासी । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को बिनयी त्रिवेणी

‘गुट होइन नीति, पद होइन जिम्मेवारी’ : महामन्त्रीका आकांक्षी महरले अघि सारे कांग्रेस रूपान्तरणका एजेन्डा

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको पूर्वसन्ध्यामा महामन्त्री पदका उम्मेदवार