२०८३, ११ कार्तिक बुधबार

काभ्रेस्थली कृषिसहकारीले मनायो चौथो वार्षिक साधारण सभा

काभ्रेस्थली कृषिसहकारीले मनायो चौथो वार्षिक साधारण सभा

खबरघर
0
Shares

काठमाडौं: काभ्रेस्थली कृषिसहकारी संस्थाले चौथो वार्षिक साधारण सभा मनाएको छ। स्वस्थ कृषि, समृद्ध कृषि र समृद्ध देश भन्‍ने नाराका साथ स्थापना भएको उक्त कृषि सहकारीले लक्ष्मी पूजाको दिन आफ्नो चौथो वार्षिक साधारण सभा मनाएको हो।कार्यक्रमको उद्‌घाटन जेष्ठ नागरिक तथा समाजसेवी तीर्थ ढकालले गरेका थिए।
कार्यक्रममा संस्थाका अध्यक्ष रामसुदन भण्डारीले अब किसानहरुले सहुलियत दरमा कृषिका सामग्री र कृषिका बारेमा जनचेतनामूलक कार्यक्रम पाउने बताए । उनले भने, ‘नेपाल कृषि प्रधान देश हो। यहाँ कृषकहरु समृद्ध भयो भने मात्र देश समृद्ध हुन्छ। त्यसकारण कृषिलाई उद्योगमा स्वस्थ तरिकाले लैजानुपर्छ।’
यस्तै कार्यक्रममा तारकेश्वर नगरपालिका वडा २का अध्यक्ष रविन्द्र केसीले कृषिले देशको मुहार फेर्न मद्दत गर्ने भएकाले सरकारले कृषिमा लाग्‍नेलाई प्रोत्साहन गर्नु पर्नेमा जोड दिए। उनले भने, ‘सरकारी तवरबाट पनि कृषि पेशालाई प्राथमिकतामा राख्‍नुपर्छ। साथै किसानले आफ्नो उत्पादन आफैं बेच्‍न सकून।’
२०७० सालमा स्थापना भएको कृषि सहकारी हाल १४ वटा समूहमा बाडिएर ३५० सदसस्यहरु आवद्ध भइसकेका छन् । सहकारीले किसानलाई बाख्रा वितरण, कृषि औजार तथा बीउ बिजन, मल खाद पशु स्वास्थ्य शिविर, गोठ सुधार कार्यक्रमहरु दिँदै आएको छ।
कार्यक्रममा वडा सदस्य बिना सापकोटा, नमुना माध्यमिक विद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद ओझा लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।

प्रकाशित मिति : २०७४, १२ कार्तिक आईतबार  ११ : ३९ बजे

युवा पलायनले देशलाई उन्नतितर्फ होइन, अवनतितर्फ लैजान्छ : मुख्यमन्त्री थापा मगर

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले बढ्दो युवा

आईजीपी कार्कीले दिए चाडपर्व सुरक्षा निर्देशन, संगठनभित्रका गतिविधिप्रति पनि जनाए असन्तुष्टि

काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले देशभरका प्रहरी कार्यालय

नयाँ प्रविधि : नेपाली कम्युनिस्ट आन्दोलन

विश्व कम्युनिस्ट आन्दोलन इतिहासको एउटा निर्णायक मोडमा उभिएको छ। सन्

स्वस्तिमाको ‘मायालाई के दिऊँ म बैना’ले बनायो ५ करोड भ्युजको रेकर्ड

काठमाडौं । फिल्म ‘लालीबजार’को लोकप्रिय गीत ‘मायालाई के दिऊँ म

ओलीको आक्रामक अभिव्यक्ति : ‘स्वाधीनता खण्डित भयो’, एमालेले आन्दोलन गर्ने

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले देशको स्वतन्त्रता