२०८३, १० असार बिहीबार

काभ्रेमा काँग्रेसबाट निर्वाचित वडाध्यक्षको घरमै चोरीको विद्यूत

काभ्रेमा काँग्रेसबाट निर्वाचित वडाध्यक्षको घरमै चोरीको विद्यूत


काठमाण्डौ, २१ चैतकाभ्रेको पनौती नगरपालिका वडा नम्बर ११ का वडाध्यक्ष विद्यूत चोरीमा संलग्न भएको पाइएको छ ।

नेपाल विद्यूत प्राविधिकरण बनेपा शाखाको टोलीले वडाध्यक्ष तारामान लामाको घरमा चोरी गरेको विद्यूतबाट सञ्चालन गरिरहेको सामग्री बरामद गरेको हो ।

उनको घरबाट फ्रिज र मिटरबक्स निय्रन्त्रणमा लिएको प्राधिकरणका इन्जिनियर नरेश मानन्धरले जानकारी दिए । तर नगरपालिकाको अध्ययन भ्रमणक्रममा महेन्द्रनगरबाट खबरघरसँग कुरा गर्दै उनले आफ्नो घरमा प्राविधिकरणको टोली पुगेको बारे आफुलाई कुनै जानकारी नभएको बताए ।

वडाध्यक्ष लामाको घरबाट बरामद भएको फ्रिज

तपाईले चोरी गरेको विद्यूत बाल्दै आइरहनु भएको थियो हो ? भन्ने हाम्रो प्रश्नमा उनले भने बत्ती बालेको हो, होइन भन्न त मिल्दैन् ।

गाउँमा विद्यूत चुहावट भएको गोप्य सुचनाको आधारमा प्राविधिकरणको टोली वडा नम्बर ११ पुगेको थियो । उनी नेपाली काँग्रेसबाट निर्वाचित वडाध्यक्ष हुन ।

वडाध्यक्ष लामाले धेरै पहिलो देखि विद्यूत चोरी गरेर घरमा विद्यूत बाल्दै आएको हुन सक्ने अधिकारीहरुले अनुमान गरेका छन् । सर्भिस केबल मिटरबक्समा नजोडि उनले सिधैँ बत्ती बाल्दै आएको भेटिएको हो ।

तर परिवारले भने भूकम्पपछि मात्रै यसरी बत्ती बालेको दाबी गरेका छन् । ‘हामीले भूकम्पछि पैसा तिरेको बील देखाउन भन्यौ, इन्जिनियर मानन्धरले भने ‘तर उहाँहरुले देखाउन सक्नुभएन् । त्यसैले चोरी धेरै अघिदेखि भएको हुन्छ सक्छ, हामी अनुसन्धान गरिरहेका छौँ ।’

बडाध्यक्ष लामा उपर विद्यूत चोरी ऐन २०५९ अनुसार कारबाही गरिने विद्युत प्राविधिरण बनेपा शाखाले जनाएको छ । ऐन अनुसार एकवर्ष खपत यूनिट रकम बराबरको जरिवाना र बाँकी बक्यौता तिर्नु पर्ने हुन्छ । यदि विद्यूत चोरी गरेको पुष्टिभएको ३५ दिनभित्र विद्यूत प्राविधिरणमा सबै बक्यौता नतिरे ६ महिनासम्म कैद हुने कानुनी ब्यवस्था छ ।

प्रकाशित मिति : २०७५, २१ चैत्र बिहीबार  ७ : ४२ बजे

रास्वपा महाधिवेशनः बिहान ७ बजेसम्म १८ सय प्रतिनिधिले गरे मतदान

चितवन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनअन्तर्गत राति १२ बजेदेखि

सिन्धुलीगढी युद्ध पर्यटनः आर्थिक उपार्जनको आधार

सिन्धुली जिल्लाको सदरमुकाम रहेको कमलामाई नगरपालिका प्राकृतिक, धार्मिक, ऐतिहासिक तथा

रास्वपाको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (राष्ट्रिय स्वतन्त्र पार्टी) को सभापतिमा

रास्वपा महाधिवेशनमा ८० विद्युतीय मेसिनबाट मतदान, केन्द्रीय सदस्य चयन प्रक्रिया अघि बढ्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (राष्ट्रिय स्वतन्त्र पार्टी) को महाधिवेशनमा

मनसुन कमजोर, तराईमा तातो लहरको जोखिम

काठमाडौं । देशमा मनसुन भित्रिए पनि कमजोर अवस्थामा रहेकाले तत्काल