२०८१, ९ बैशाख आईतबार

जंगलको डढेलो गाउँमा, ७० भन्दा धेरै घरगोठ जले

रुपन्देही: लुम्बिनी प्रदेशका पहाडी जिल्ला अर्घाखाँची, गुल्मी, पाल्पा, प्यूठानका वन क्षेत्रमा लागेको डढेलो शनिबार लागेको हावाहुरीले गाउँघरमा प्रवेश गर्दा ७० भन्दा धेरै घरगोठ जलेर क्षति भएका छन् । पहिलेदेखि वनजंगलमा लागेको डढेको शनिबारको हावाहुरीले गाउँमा सल्केको हो । अर्घाखांचीको भूमिकास्थान नगरपालिकाको धारापानीको रातामाटा, बाँझाखर्क, जामुनडाँडा र फलामखिल्जीको गाउँमा आगलागी हुँदा २० वटा घरगोठ जलेका छन्…