२०८१, १५ बैशाख शनिबार

नेकपामा नयाँ समीकरण, एक्लिए माधव नेपाल

नेकपामा नयाँ समीकरण, एक्लिए माधव नेपाल


काठमाडौं, भदौ ३: सत्तारूढ नेकपाभित्र पार्टीमा नयाँ धुव्रीकरण देखा परेको छ। पार्टीमा मुख्य तीन धार (केपी ओली, पुष्पकमल दाहाल र माधव नेपाल) भए पनि एजेन्डागत निर्णयमा दुई धार देखिँदै आएको छ। अन्नपूर्ण पाेस्ट दैनिकले खबर छापेकाे छ । नेताहरूले आफ्नो ‘पोजिसन’ ख्याल गर्दै बेलाबेलामा दुई धारको समीकरण बनाउँदै आएका छन्। साउन ३१ र भदौ १ मा बसेको सचिवालय बैठकपछि नेकपाभित्र नयाँ समीकरण निर्माण भएको हो।

बैठकपछि अध्यक्षद्वय केपी ओली, पुष्पकमल दाहाल, वरिष्ठ नेता झलनाथ खनाल, नेताहरू वामदेव गौतम, ईश्वर पोखरेल, महासचिव विष्णु पौडेललगायत नेताहरूको एउटा कित्ता र वरिष्ठ नेता माधव नेपालको एक्लो कित्ता देखा परेको छ। सचिवालयकै नेता नारायणकाजी श्रेष्ठ कतै खुलेका छैनन्। अर्का नेता रामबहादुर थापाले ओली–दाहाल एकतामै जोड गरेका छन्। नौ सदस्यीय सचिवालयको पछिल्लो समीकरणले वरिष्ठ नेता नेपाल एक्लो परेका मात्र छैनन्, १५ महिनादेखि पार्टीमा रहँदै आएको तेस्रो मर्यादाक्रम पनि खोसिएको छ।

‘पार्टीभित्रको शक्ति केन्द्रमा तरलीकृत हुने क्रम विगतदेखि नै भइरहेकै छ। पछिल्लो सचिवालय बैठकबाट पार्टीमा नयाँ समीकरण देखापरेको छ,’ स्थायी समिति सदस्य देवेन्द्र पौडेलले अन्नपूर्णसँग भने, ‘सचिवालयको निर्णयबाट सिनियर नेताहरूले कोस“ग मिल्दा पार्टीभित्र आफूलाई सहज हुन्छ, उतैतिर मिलेर पोजिसन बनाउन खोजेजस्तो देखिएको छ।’

अध्यक्षद्वय ओली, दाहाल र वरिष्ठ नेता नेपालका अलगअलग तीन धार छन्। त्यसमध्ये पार्टी एकतायता नै ओली र नेपालका दुई धार अहिलेसम्म ‘परस्पर विरोधी’ देखिएका छन्। अध्यक्ष दाहालले भने कहिले ओलीसँग त कहिले नेपालसँगको गठजोड गर्दै आएका छन्। पछिल्लो सचिवालय बैठकपछि नेपाल एक्ला देखिएका छन् भने ओली–दाहाल मिलेका छन्।

यो पटक नेकपाभित्रको समीकरण निर्माणमा नयाँ ढंगले धुव्रीकरणको विकास भएको छ। वरिष्ठ नेता झलनाथ खनाल र वामदेव गौतमकै नाफाघाटालाई लिएर धार बनाउने–भत्काउने क्रम चलेको छ। प्रधानमन्त्रीसमेत रहेका ओलीले पछिल्ला दिनमा पार्टी सचिवालयमा आफू अप्ठ्यारोमा परेको ठानिरहेका थिए। अध्यक्ष दाहाल, वरिष्ठ नेता नेपाल, झलनाथ खनाल, वामदेव गौतम सहितका नेताहरूको एउटा धुव्र बनिरहेको विषयमा ओली जानकार थिए।

प्रकाशित मिति : २०७६, ३ भाद्र मंगलबार  ७ : १६ बजे

जंगलको डढेलो गाउँमा, ७० भन्दा धेरै घरगोठ जले

रुपन्देही: लुम्बिनी प्रदेशका पहाडी जिल्ला अर्घाखाँची, गुल्मी, पाल्पा, प्यूठानका वन

विराटनगरको रानीमा झडप: डिएसपीसहित ७ प्रहरी घाइते

विराटनगर: मोरङ प्रशासनले अर्को सूचना जारी नहुञ्जेल भेला, र्‍याली, सभा

काभ्रेमा अज्ञात समूहले काटिदियो बुद्धचित्तको बोट, तीन करोडमा लागेको थियो ठेक्का

काभ्रे । काभ्रेको रोशी–५ नागबेलीमा रहेको ठकुरानी तामाङको घरमा रहेको

मिडिया काउन्सिल विधेयक पारित गर्ने तयारीमा सरकार

काठमाडौं । सूचना सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले मिडिया काउन्सिल

को कतिबेर सुत्छन्, सबैभन्दा लामो निन्द्रा चिनियाँको !

काठमाडौं । कामको धपेडीले गर्दा राम्ररी निदाउन नपाएर लखतरान परिरहने