२०८१, १६ बैशाख आईतबार

सरकार मात्र होइन, प्रणाली नै फेरियो : उपप्रधानमन्त्री पोखरेल

सरकार मात्र होइन, प्रणाली नै फेरियो : उपप्रधानमन्त्री पोखरेल


गाईघाट, ५ फागुन: उप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले गणतन्त्र र सङ्घीयता स्थापना भएसँगै सरकार मात्र फेरिएको नभएर देशको सम्पूर्ण राजनीतिक प्रणाली नै फेएिको बताउनुभएको छ । उदयपुरको सदरमुकाम गाईघाटस्थित त्रियुगा उच्चमाविमा आज आयोजित कार्यक्रममा उहाँले भन्नुभयो, “नेपालमा अहिले पुरानो सरकार भङ्ग भएर दुई तिहाइको नयाँ सरकारमा मात्र फेरिएर आएको हैन, पूर्ण रुपमा हिजोका पुराना राजनीतिक प्रणाली हटाएर नयाँ प्रणाली स्थापना भएको छ ।”

सो अवसरमा उप्रधानमन्त्रीले उदयपुर जिल्लालाई देशको ४८औँ साक्षरता जिल्ला घोषणा गर्नुभयो । उहाँले तीन तहको सङ्घीयता र तीन तहको सरकार भएकाले अधिकारका विषयलाई लिएर अन्योलता देखिएको भए तापनि केन्द्रीय सरकारले नयाँ सङ्घीय कानूनहरु निर्माण गरिरहेकाले चाँडै अन्योलता अन्त्य हुने धारणा राख्नुभयो । उपप्रधानमन्त्री पोखरेलले वर्तमान सरकारले हिजो चुनावअघि जे–जे विषय पार्टीको घोषणापत्रमा राखियो तथा सरकार गठनपछि जे–जे गर्छु भनियो सोही अनुसार सरकार निरन्तर रुपमा अगाडि बढिरहेको दाबी गर्नुभयो ।

उहाँले आगामी आवदेखि वृद्धवृद्धाको सामाजिक सुरक्षा भत्ता प्रतिमहीना प्रतिव्यक्ति पाँच हजारका दरले वृद्धि गर्ने र ५ वर्षभित्र नेपालमा ७५ प्रतिशत प्राविधिक तथा व्यावसायिक शिक्षाको विकासमा पु¥याई शिक्षा विकासको कार्य सम्पन्न गर्नेसमेत नीतिका साथ वर्तमान सरकार अगाडि बढिरहेको धारणा व्यक्त गर्नुभयो । उपप्रधानमन्त्री पोखरेलले सुरक्षा, देशको रक्षा गर्न कटिबद्ध रहेको भन्दै आगामी ५ वर्षभित्र देशमा ५० प्रतिशत युवालाई स्वदेशमा नै स्वरोजगार बनाउने अभियानमा सरकार लागिपरेको उल्लेख गर्नुभयो ।

कार्यक्रममा शिक्षा विभागका महानिर्देशक बाबुराम पौडेलले उदयपुर जिल्लालाई साक्षरता जिल्ला घोषणा भएकामा खुशी व्यक्त गर्दै अब जिल्लालाई सारक्षताबाट शिक्षाको विकासमा अगाडि बढाउनुपर्ने धारणा व्यक्त गर्नुभयो । उदयपुर क्षेत्र नं २ का सङ्घीय सांसद सुरेशकुमार राईले समेत उदयपुर जिल्ला साक्षरता जिल्ला घोषणा भएकामा उदयपुरवासीलाई धन्यवाद दिनुभयो । संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक एवम् सांस्कृतिक संगठन(युनेस्को)को नियमअनुसार ९५ प्रतिशत जनता साक्षर भएपछि साक्षरता घोषणा गर्न सकिने र उदयपुर जिल्लामा अहिले ९६.३२ प्र्रतिशत जनता साक्षर भएको शिक्षा विभागका महानिर्देशक बाबुराम पौडेलले जानकारी दिनुभयो ।
-रासस

प्रकाशित मिति : २०७५, ५ फाल्गुन आईतबार  ६ : ५५ बजे

जंगलको डढेलो गाउँमा, ७० भन्दा धेरै घरगोठ जले

रुपन्देही: लुम्बिनी प्रदेशका पहाडी जिल्ला अर्घाखाँची, गुल्मी, पाल्पा, प्यूठानका वन

विराटनगरको रानीमा झडप: डिएसपीसहित ७ प्रहरी घाइते

विराटनगर: मोरङ प्रशासनले अर्को सूचना जारी नहुञ्जेल भेला, र्‍याली, सभा

काभ्रेमा अज्ञात समूहले काटिदियो बुद्धचित्तको बोट, तीन करोडमा लागेको थियो ठेक्का

काभ्रे । काभ्रेको रोशी–५ नागबेलीमा रहेको ठकुरानी तामाङको घरमा रहेको

मिडिया काउन्सिल विधेयक पारित गर्ने तयारीमा सरकार

काठमाडौं । सूचना सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले मिडिया काउन्सिल

को कतिबेर सुत्छन्, सबैभन्दा लामो निन्द्रा चिनियाँको !

काठमाडौं । कामको धपेडीले गर्दा राम्ररी निदाउन नपाएर लखतरान परिरहने